×

NIC ASIA

सरसर्ती २४ घण्टा

त्रिविको दीक्षान्तमा विश्व रेकर्डदेखि बालेन हिँड्दा प्रचण्डलाई ‘इरिटेसन’सम्म

काठमाडाैं | पुस ३, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताए ।
००००
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले रु एक अर्ब रुपैयाँ निकासा गरेको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये  सोमबार रु  ९३ करोड सम्बन्धीत  जिल्लामा पठाइएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्नेभएको छ ।
  राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित सोमबार बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो ।
००००
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गरेका छन् । हेटौँडामा प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेराबन्दी भएको बताए ।
००००
अखिल नेपाल फुटबल संघको प्रमुख कार्यकारी अधिकृतमा इन्द्रमान तुलाधर नियुक्त भएका छन् ।
सोमवार बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव तुलाधरलाई सीईओ र सहायक कोषाध्यक्षमा प्रवीण कुमार यादवलाई नियुक्त गरेको हो ।
००००
बाराको जीतपुर सिमरा उपमहानगर–३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले ५ लाख घुससहित सोमवार दिउँसो पक्राउ गरेको हो ।
००००
संयुक्त अरब इमिरेट्स (यूएई) पठाउने भन्दै साढे २ करोडभन्दा धेरै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ७ का कोमलराज उपाध्यय छन् । उनलाई इन्टरपोलको सहयोगमा मंसिर २९ गते दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार उच्च अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । 
००००
लुम्बिनी प्रदेशसभाका संसदीय समितिको निर्वाचन पुस दोस्रो साता हुने भएको छ । प्रदेशसभा शुरू भएको एक वर्षसम्म गठन हुने नसकेका विषयगत समितिको नेतृत्व चयनका लागि यही पुस १७ गते निर्वाचन हुने भएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डमा जनताले भोग्नुपरेका समस्याको अन्त्य गर्न निर्देशन दिएका छन् ।


Advertisment
Rupse Holidays
Nabil box

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट सोमवार दिउँसो निर्माणाधीन दुई सडकखण्डको भर्चुअल निरीक्षण गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
००००
त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने बताएका छन् ।

Vianet communication

सोमवार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएका हुन् । त्रिविको दीक्षान्त समारोहमा १२ हजार भन्दा बढी दीक्षित भएका थिए । 
००००
समाजवादी मोर्चा नेपालले आफ्नो घटकका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको दुई सातापछि मोर्चाका संयाजेक माधव नेपालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
००००
यसैबीच त्रिविले ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमवार भएको समारोहमा त्रिविले २६ हजारभन्दा बढी विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको हो । 

सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान कामय गरेकोमा अफिसियल वल्र्ड रेकर्ड–ओडब्लुआरले त्रिविलाई प्रमाणपत्र प्रदान गरेको छ ।
र यो पनि....
काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो कुरा सुन्दै नसुनेर हिँडेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आक्रोश व्यक्त गरेका छन् । ललितपुर महानगरको स्थापना दिवसको अवसरमा सोमवार आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका प्रचण्डको कुरा नसुनी बालेन हिँडेका थिए । 

पहिला बोल्ने र प्रमुख अतिथिको कुरा नसुन्नेसँग आफूलाई इरिटेसन हुने प्रचण्डले बताए । ‘बालेन्द्रजी हिँड्नुभयो, पहिला बोलेर हिड्नेसँग अलिअलि इरिटेसन हु्न्छ, आफैंले भन्ने कुरा भनिहाल्ने, तर त्यसको जवाफ सुन्न बस्दै नबस्ने गर्नु हुँदैन । बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने समयसम्म बस्नु पर्छ’ प्रचण्डले भने । 

सम्बोधनका क्रममा बालेनले बागमतीमा अतिक्रमण गरेर बसेका सुकुम्बासी समस्या समाधान तथा उपत्यकाको फोहोर समाधानमा सरकारले सहयोग नगरेको आरोप लगाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x