×

NMB BANK
NIC ASIA

शिवरात्रिको साँझ पूरा वनारस भाङको नशामा झुमेको थियो । शिवभक्तहरू कोही शिवधुनी लगाउनमा व्यस्थ थिए, कोही शिवबुटी गाँजा र भाङमा मस्त । हरे ! मानिसको स्वभाव पनि कस्तो ? आफूजस्तो छ भगवान्लाई पनि त्यस्तै बनाउने, त्यस्तै बनाउन चाहने, त्यस्तै हुन बाध्य पार्ने । आफूलाई मन परेको चिज भगवान्लाई पनि मन पर्छ भन्ने, मन पर्नुपर्छ भन्ने, अनि उनकै नाम लिएर आफ्नो इच्छा पूरा गर्ने । मानिसले बनाएका भगवान्ले त के गर्छन् कुन्नि, तर भगवान्ले बनाएका मानिसले भगवान्लाई आफू अनुकुल बन्नुपर्छ वा हुनुपर्छ भन्न बाँकी राखेका छैनन् । थाहा छैन, बाबा विश्वनाथले गाँजाभाङ खान्थे कि खान्नथे । उनलाई बनाउने मानिसले नै खान्थे भनेका कुरा हुन् । लौ मानौँ एक छिनलाई खान्थे नै रे, त्यसै हो भने पनि आफू विश्वनाथ हो, विश्वनाथ भएको नाताले लोकलाई बचाउनुपर्छ भनेका होलान्, अनि उनीहरूलाई फाइदा नगर्ने चिज आफूले लिइदिएका होलान्, तर मानिसले भने उल्टो बुझे । हुन सक्छ, कतिले उल्टो बुझेको अभिनय गरेका पनि होलान् । जे होस्, उनले खान्थे मात्र भनेनन्, शिवजीको प्रसाद हो, खानैपर्छ, नत्र प्रसादीको अपहेलना हुन्छ र दण्ड पाइन्छ भन्नसमेत बाँकी राखेनन् ।  

Muktinath Bank

सङ्गतको प्रभाव भन्छन् । पूरा वनारस गाँजा र भाङमा झुमेको बेला गोपाल मात्र किन अछुतमा पथ्र्यो र ? खायो उसले पनि छात्रसङ्घको कार्यकक्षमै बसेर । साथीहरूका साथमा खायो । खाँदै गयो, शायद शरीरले थाम्न सक्नेभन्दा बढी नै खयो । तर, नशाले तत्कालै कुनै सङ्केत देखाएन । त्यसैले साथीहरूजस्तै उसले पनि मलाई पनि केही भएको छैन भन्यो, भनिरह्यो । हुन सक्छ, बाँकी बचेको भएको भए त्यो पनि खान्थ्यो होला, तर भाङको भाँडो रित्तिसकेको थियो । थप खोज्न जाने सोच पनि नबनाएको होइन, तर बजार भाङको नशामा निदाइसकेको थियो । त्यसैले कोठामा गएर च्यवनप्रास खायो । च्यवनप्रास त हिजोअस्ति पनि खान्थ्यो, तर एक चम्चा मात्र । त्यस दिन खोइ कुन्नि किन हो, शायद तैपनि नशाले छुन्छ कि भनेर होला तीन चम्चा बजायो र साथीहरूको साथमा आएर नाचगानमा रमाउन थाल्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिस्तारै भाङले करामत देखाउन थाल्यो । आखिर नशालु चिज नै थियो, करामत देखाउन किन बाँकी राख्थ्यो र ? एकैछिन अघिसम्म केही पनि भएको छैन भनेर हाँस्दै गरेको मानिस एकै छिनपछि बस्न नसक्ने भएँ, सुत्छु है भन्दै कोठातिर लाग्यो । पहिलो कुरा फाइदा नगर्ने चिज खाएको थियो, त्यसमाथि शरीरले धान्नेभन्दा बढी । त्यतिले पनि नपुगेर गुलियो पदार्थ तीन चम्चा च्यवनप्रास बजाएको थियो भने नतिजा राम्रो खोजेर कहाँ पाइन्थ्यो र ? एकै छिनपछि उसलाई औडाहा र छटपटी हुन थाल्यो । शरीर तातेर यसरी पोल्न थाल्यो कि मानौँ आगाको कोइला नै बोकेर हिँडेको छ । त्यसपछि रुन थाल्यो, कराउन थाल्यो, चिच्याउन थाल्यो, बर्बराउन थाल्यो । संयोगवश एक जना साथी आइपुगे कोठामा । शायद बाबा विश्वनाथले नै पठाइदिएका हुनुपर्छ, नत्र भाङको नशामा नाचिरहेका मानिस किन पो कोठामा छिर्थे होलान् र ? उनले भनेपछि अन्य साथीहरू पनि लौ के भयो भन्दै आइपुगे । त्यतिबेलासम्म उसको हाल बेहाल भइसकेको थियो । साथीहरूले आत्तिएर प्राचार्यलाई बोलाए । विचरा प्राचार्यले पनि के गरुन्, आखिर थिए भाङ कहिल्यै नचाखेका मानिस । तैपनि ‘मर्ता क्या नहीँ कर्ता’ भनेजस्तो तल छिँडीमा रहेको पानीको कुवामा चोपल्न लगाए ।  


Advertisment
Nabil box
Kumari

एक त हिउँद यामको वनारसी चिसो, त्यसमाथि मध्यरातको समय । एकछिन कुवाको चिसो पानीमा डुबेपछि केही राहत महसुस गर्‍यो । अब त ठीक हुन्छ होला भनेर साथीहरूले कोठामा ल्याएर सुताए, तर भनेजस्तो किन हुन्थ्यो र ? एकै छिनपछि अघिको भन्दा पनि बढी हर्कत देखाउन थाल्यो । के–के भन्यो भन्यो । भन्नु पनि भन्यो, नभन्नु पनि भन्यो । भन्दाभन्दै म त मर्ने नै भएँ । घरमा खबर गरिदिनु तर भाङ खाएको कुरा चाहिँ नभनिदिनुहोला, बाबा रिसाउनुहुन्छ, आमाले यस्तो कुरा पचाउन सक्नुहुन्न, आदि–आदि पनि भन्न भ्यायो, जुन कुरा साथीहरूले सुनाएका थिए पछि ।

Vianet communication

जे होस्, गोडाचारेक पटक कुवाको पानीमा चोपल्दै ल्याउँदै गरेपछि केही राहत मिलेजस्तो गर्‍यो । त्यसैले साथीहरूले कोठामा ल्याएर सुताइदिए । त्यसपछि के भएछ कुन्नि ऊ यति बढी काम्न थाल्यो कि दुईवटा सिरक खापेर त्यसमाथि मानिस सुत्दा पनि थाम्न गाह्रो पर्‍यो । यस्तै अत्यधिक तातो र चिसोसित कुस्ती खेल्दाखेल्दै कति बेला निदाएछ कुन्नि पत्तै भएन । त्यसपछि तीन दिनसम्म इन्तु न चिन्तु सुत्यासुत्यै गर्‍यो । साथीहरूले बोलाउँदा हुँहुँसम्म गथ्र्यो, उठ्ने तरखर गर्दैनथ्यो । मध्यरातमा चारपटक कुवामा चोपलिँदा उसलाई रुघाले नछोएको होइन, तर शरीरमा यति बढी गर्मी जमेको रहेछ कि एकैरातमा पाक्न समेत भ्याएको थियो ।  तीन दिनपछि उठ्न त उठ्यो तर कमजोरी भनिसाध्ये थिएन, मानौं तीन महिना थलिएर उठेजस्तो देखिन्थ्यो । त्यसपछि उसलाई विषम ज्वरोले समात्यो । कैयौँ वैद्यलाई देखायो, कविराजलाई देखायो, तर ज्वरो ठीक भएन । त्यसैले साथीहरूले हावापानी बदलिएपछि ठीक हुन्छ कि भनेर घर पठाइदिए । 

घरमा आएर एक महिना बसेपछि बल्ल ठीक भयो । बस्न त अझै चाहन्थ्यो, तर वार्षिक परीक्षा नजिकै आइसकेको थियो । त्यसैले बस्न सकेन र दोमन लिएर वनारस फक्र्यो । निश्चित समयमा परीक्षा भयो, तर परीक्षफल चाहिँ भनेजस्तो भएन । जेनतेन पासाङ्कसम्म ल्यायो । सम्पूर्णान्द संस्कृत विश्वविद्यालयले लिने परीक्षामा यसअघि सधैँ पहिलो हुँदै आएको मानिसले यसपटक पासाङ्कमा चित्त बुझाउनुपर्‍यो । 

पढाइ सकेर स्वदेश फर्केपछि साथीहरू सबै आ–आफ्ना काममा लागे । लामो समयसम्म कसैसँग भेटै भएन । झण्डै १२ वर्षपछि रत्नपार्कतिर घुम्न गएको बेला झापा बरगाँछीतिरका एक जना साथी भेटिए । उनले त्यस रातको घटना अझै बिर्सेका रहेनछन् । भेट हुनासाथ त्यही कुरा निकाले । उनको कुरा सुन्नासाथ ऊ लाजले यति बढी रातोपीरो भयो कि टाउको उठाएर हेर्नसम्म सकेन । 

पहिलो कुरा त फाइदा नगर्ने चिज खाएको थियो, त्यसमाथि पाइयो भन्दैमा शरीरको क्षमता नै विचार नगरी खाएर खाद्यपदार्थको दुरुपयोग गरेको थियो । आफ्नो भनेको पेटमा गएजति मात्र हो, त्यो पनि पचाउन सक्ने जति । बढी भए प्रकृतिले फिर्ता लिन्छ, चाहे जुनसुकै तरिकाले होस् । गोपाललाई पनि यस्तै भएको थियो । बढी खाएपछि चिनी पनि तीतो हुन्छ भन्छन्, उसले त भाङ खाएको थियो । बल्ल उसले थाहा पायो, सकेसम्म यस्ता नशालु चिज खाँदै नखानु, खानै मन लाग्छ भने पनि त्यति मात्र खानु जति पचाउन सकिन्छ । होइन भने अरूको अगाडि मुखै देखाउन गाह्रो पर्दोरहेछ भन्ने कुरा ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x