×

NMB BANK
NIC ASIA

रोकिएन टिप्पर आतंक

टिप्परको त्रास: पाइलैपिच्छै दुर्घटना, मृत्यु अनिवार्य !

काठमाडाैं | पुस १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ३० गते दाङको तुलसीपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा प्यूठानका दुई युवाको मृत्यु भयो । मृत्यु हुनेमा झिमरुकका १७ वर्षीय विशाल जिसी र नौबहिनीका १८ वर्षका सागर केसी (मामाभाञ्जा) थिए ।

Muktinath Bank

त्यसपछि पुस ६ गते पाल्पाको रिब्दीकोटमा लोडसहितको टिप्पर तीव्र गतिमा हुइँकिएर पल्टिँदा ३० वर्षका विष्णु ढकालको ज्यान गयो । मंसिर १८ मा पाल्पाकै रैनादेवी छहरा र निस्दीमा टिप्परको ठक्करबाट रिब्दीकोटका २४ वर्षीय शीरबहादुर पालुङ्गे र पूर्वखोला गाउँपालिकाकी १९ वर्षीया दिलमाया आलेको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठ बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका अनुसार पछिल्लो तीन वर्षमा लुम्बिनीमा भएका ४ हजार १४३ दुर्घटनामध्ये १६५ वटा टिप्पर दुर्घटना भएका छन्, जसमा ४५ जनाको मृत्यु भएको छ भने ५५ जना गम्भीर घाइते बनेका छन् । टिप्परका कारण ज्यान गुमाउनेमा मोटरसाइकल र स्कुटर चालक तथा पैदलयात्रु छन्, जसमध्ये अधिकांश युवा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले चालकको चरम लापरबाही र तीव्र गतिका कारण टिप्पर दुर्घटना नरोकिएको बताउँछन् ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

‘संख्यात्मक हिसाबले अहिले धेरै त मोटरसाइकल दुर्घटना भएको देखिन्छ,’ एसपी प्रसाईंले लोकान्तरसँग भने, ‘तर, टिप्पर दुर्घटना भयो भने मृत्यु नभएको घटना नै छैन । ओभर स्पीड, योङ चालक, वातवरणीय अवस्था र यान्त्रिक संरचनाको कारण टिप्पर दुर्घटना भइरहेका छन् । हामीले टिप्परलाई ‘टाइम कार्ड’ पनि लागू गरेका छौं । गत वर्षभन्दा ९०० गुणा ‘अवारनेस’ बढाएका छौं, तर दुर्घटनामा कमी आउँदैन ।’

लुम्बिनीमा प्रतिघण्टा टिप्पर ९० देखि १०० को गतिमा दौडिएका हुन्छन् ।

null

प्रसाईं थप्छन्, ‘ट्राफिकमा जनशक्ति अभाव छ । उपकरणको उस्तै समस्या छ । १२ जिल्ला रहेको लुम्बिनीमा सवारीको गति मापन गर्ने उपकरण (राडर गन) जम्मा २ वटा मात्र छ । दुर्घटना प्रहरीले मात्र काम गरेर नियन्त्रण हुँदैन, चालक स्वयं कन्सर्न हुनुपर्छ ।’

पछिल्ला वर्षमा सडक र सवारी दुवै बढेका छन् । ‘हेभी भेइकल’ मा पर्ने टिप्परजस्ता ठूला सवारीको हकमा अन्य मुलुकमा गति निर्धारण गरिएको हुन्छ । तर, नेपालमा टाइम कार्ड लागू गरिए पनि कार्यान्वन हुँदैन । टिप्पर मात्रै नभई, खाली सडक देखेको खण्डमा सबै ‘भेइकल’ इन्जिनको क्षमताले भ्याएसम्म कुदाउने गरेको देखिन्छ । ट्राफिक प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) शोभा पाण्डेले पनि समग्र दुर्घटनाको प्रमुख कारण तीव्र गति नै भएको बताइन् । ‘अनुभव नभएका चालक र मर्मतसम्भार नगरिएका टिप्परका कारण दुर्घटना भइरहेको देखिन्छ,’ डीएसपी पाण्डेले भनिन् । 

हेभी टिप्पर भए पनि शक्तिशाली हाइड्रोलिक इन्जिन, तुरून्तै गति लिनसक्ने क्षमता आदिका कारण टिप्पर चलाउनमा युवाहरूको आकर्षण छ । ६० प्रतिशत टिप्पर चालक २० देखि ४० वर्ष उमेर समूहका रहेको प्रहरीको तथ्यांकमा देखिन्छ । 

ठूला दुर्घटना हुँदा सामाजिक सञ्जाल र न्यूनीकरणका उपायबाट विभिन्न क्षेत्र ताते पनि विस्तारै सेलाउँदै जाँदा दुर्घटना सेलाउन सकेको छैन । दुर्घटना कहाँ, कसरी, कति बेला र कसको हुन्छ भन्ने कुनै अनुमान गर्न नसकिने भए पनि ट्राफिक नियमको पालना गरे धेरै दुर्घटना कम गर्न सकिन्छ । 

नेपाल प्रहरीको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा हरेक दिन दुर्घटनामा सरदर २ जनाको मृत्यु भइरहेको छ । विभिन्न अध्ययनका अनुसार नेपालका रोडमा टिप्पर दुर्घटनाको महत्त्वपूर्ण कारण गाडीमा हुने यान्त्रिक खराबी पनि पर्छ । गाडीको बनावट ठीक नहुँदा पनि दुर्घटना हुने गरेका छन् । 

null

टिप्पर सडकबाट माथिसम्म ४ फिट अग्लो हुन्छ, जसले गर्दा दुर्घटना हुँदा मोटरसाइकल टिप्पर भित्र छिर्ने गरेको पाइन्छ । यात्रुबहाक बस, ट्रक, जीप, कार र भ्यानको उचाइ कम हुन्छ । अर्को सवारी वा मानिसलाई ठक्कर दिँदा बाहिरै फालिदिन्छन् ।

टिप्परको उचाई धेरै भएकै कारण बाइक, स्कूटर र मान्छे भित्रै छिर्ने गर्छन् । त्यसैले नेपालमा गुडिरहेका टिप्परलाई राजमार्गमा गुड्न अयोग्य मानिएको छ । टिप्परले दुर्घटना बढाएपछि रातिमा मात्र गुड्न दिने बहस भए पनि अधिकांश स्थानमा त्यसको कार्यान्वयन हुन सकेको छैन । लुम्बिनीमा झण्डै २ हजार ४०० टिप्पर प्रयोगमा छन् । चलेका टिप्परमध्ये ९० प्रतिशतले विशेषगरी सिमेन्ट उद्योगका लागि खानीबाट चुनढुंगा बोक्ने गर्छन् ।

‘अफरोड चल्ने हुँदा टिप्परमा शतप्रतिशत फलामको स्टक्चर हुन्छ,’ टिप्पर व्यवसायी विष्णु पाण्डेयले लोकान्तरसँग भने, ‘हेभी लोडसहित तीव्र गतिमा चल्दा टिप्पर दुर्घटना भएका देखिन्छ । सचेत गराउँदा गराउँदै लामो ‘डिस्टेन्स’, अप्ठ्यारो बाटो, ‘रङ साइड’बाट ओभरटेक जस्ता कारणले दुर्घटना भएका छन् ।’

टिप्परबाट हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिकले विभिन्न प्रयास गरिरहेको छ । कहिले रातिमात्र गुड्न दिने त कहिले टाइमकार्ड लागू गर्ने विषय उठान भए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

दुर्घटना कम गर्न ट्राफिक प्रहरीले बजार क्षेत्रमा प्रतिघण्टा २० किलोमिटर गति हुनुपर्ने बताउँदै आए पनि फराकिलो बाटो देख्नेबित्तिकै चाकलले टिप्पर हुइँक्याउँछन् । टिप्परले ओभरलोड बोकेर हिँडदा सडकहरू पनि बिग्रिएका छन् । सडक दुर्घटना न्यूनीकरणमा ठूलो धनराशी खर्च गरे पनि त्यसले परिणाम दिन नसकेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलको बुझाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x