×

NIC ASIA

प्रचण्ड र जनार्दनको एकैस्वर– जाजरकोट र रुकुम पश्चिममा ७२ सालको भन्दा फरक पुनर्निर्माण गर्नुपर्छ [भिडियोसहित]

काठमाडाैं | पुस १८, २०८०

Prabhu Bank
NTC
Premier Steels

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा २०७२ सालको भन्दा फरक किसिमले पुनर्निर्माण हुनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (माओवादी केन्द्र)मा उपमहासचिव जनार्दन शर्माले जोड दिएका छन् । 

Muktinath Bank

बुधवार ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तक्र्रिया कार्यक्रममा उनीहरूले यस्तो जोड दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अबको पुनर्निर्माणमा २०७२ सालको  भूकम्पको भन्दा केही फरक हुनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘गोरखाको लाप्राकमा एनआरएनएको सहयोगमा एकीकृत बस्ती त बन्यो तर जनताले चाहिँ त्यहाँ बस्न रुचाएनन्, पहिला भत्केको आफ्नै घरका करेसाबारी, कुखुरा र बाख्रा हेर्न रुचाए,’ उनले भने, ‘त्यसैले सामाजिक संरचनालाई विकसित गर्न सक्ने जनचेतनाको खाँचो छ । त्यसोभयो भने मात्र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिन्छ ।’ 

Vianet communication

विपत्को बेला स्थानीय सरकार र प्रादेशिक सरकारको महत्व देखिएको भए पनि जनतासम्म प्रभावकारी सेवा जति पुर्याउनुपर्ने हो त्यसमा चुकेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

null

‘कोभिड महामारी होस् या अहिलेको जाजरकोट भूकम्पको बेला । विपत्को समयमा स्थानीय सरकार र प्रादेशिक सरकारको महत्व देखियो, तर जति प्रभावकारी सेवा पुग्नुपर्ने हो त्यो भने कहीँ–कहीँ चुकेको पाइएको छ,’ उनले थपे ।

त्यस्तै राज्यको संरचना परिणाममुखी भन्दा पनि प्रक्रियामुखी रहेकाले अहिलेसम्म पीडितले पाउनुपर्ने ५० हजार रुपैयाँ नपाएको उनले स्पष्ट पारे । 

‘स्थानीय तहमा पैसा २ घण्टामा पुर्याइदिन निर्देशन दिइएको थियो । तर अहिलेको डिजिटल जमानामा पनि ५० हजार पीडितको खातामा अझै पुगिसकेको छैन,’ उनले भने, ‘कारण, हाम्रो राज्य संरचना परिणामकेन्द्रित छैन, प्रक्रियामुखी छ । प्रक्रिया मिलाउँदा–मिलाउँदै जहाज डुबिसक्छ । म यसलाई बदल्दैछु । ऐनमा संशोधन गरेर भए पनि सिधै परिणाम निकाल्नतिर लाग्दैछु ।’ 

केन्द्र सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० अर्बको कोष खडा गरिएको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । थप नपुग रकम विदेशी दात्री निकायसँग माग्न आह्वान गरिने उनले बताए । 

त्यस्तै कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भूकम्पप्रभावित क्षेत्रमा पुनर्निर्माणमा खटिँदाका अनुभव र समस्याबारे कार्यक्रममा उजागर गरेका थिए ।

null 

नेता शर्माले विद्यालयको पुनर्निर्माण नहुँदा बालबालिकालाई पढ्ने समस्या भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । यस्तै विद्यालयलाई मर्ज गरेर पुनर्निर्माण गर्नुपर्नेमा पनि उनको जोड थियो । जनताको आर्थिक पक्ष, सामाजिक, पुरातात्विक र वातावरणीय पक्षलाई  ध्यान दिएर मात्र पुनर्निर्माण गर्नुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराएका थिए । 

२०७२ सालको भूकम्पपछिको पुनर्निर्माणले यसको प्रभावकरिता माथि नै प्रश्न उठेकोतर्फ नेता शर्माले सरकारको ध्यानाकर्षण गराए ।

‘७२ सालको भूकम्पपछि पुनर्निर्माण भएका कतिपय बस्ती आज उपयोग भइरहेका छैनन् । त्यसैले अबको पुनर्निर्माणबारे नयाँ ढंगले छलफल गर्नुपर्ने आवस्यकता भएको छ,’ उनले भने, ‘स्थानीय उत्पादनको पवृत्ति र पुनर्निर्माणको मोडालिटीबीचको तालमेल भएन भने समग्र पुनर्निर्माण अभियान अपेक्षा गरेजस्तो उपयोगी नहुने कुरा हाम्रो अनुभवले शिक्षा प्राप्त गरेका छौं । त्यसैले अबको पुनर्निर्माणमा परम्परागत शैली र आधुनिक एकीकृत बस्तीको समायोजन गर्नुपर्छ ।

पुनर्निर्माण पछिको संरचनामा मौलिकता देखिनुपर्ने उनको भनाइ थियो । ‘डोको र पोको राख्नेका साथै गोठ र भकारो पनि हुनुपर्ने संरचनामा तालमेल कसरी गर्ने भन्ने प्रश्न आजको दिनमा महत्वपूर्ण छ,’ उनले थपे ।

नेता शर्माले सिन्धुपाल्चोक र लाप्राकका बस्ती जीवनउपयोगी नभएकाले जाजरकोट र रुकुम पश्चिममा फरक संरचनामा जोड दिनुपर्ने स्पष्ट पारे । 

null

त्यस्तै कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माण, अस्थायी आवास, दैनिक आवश्यक बस्तु पुर्याउन सरकार लागिपरेको जानकारी दिए । 

‘नियम–कानून र ऐनले पनि केही समस्या गरेको छ, तर पनि सरकार सहयोग पुर्याउन लागिपरेकै छ,’ उनले भने ।

तत्कालीन सेल्टरका लागि भनेर ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत सरकारले गरेको अर्थमन्त्री महतले जानकारी दिए । 

null

‘जिल्ला विपत् कोष व्यवस्थापनमार्फत स्थानीय सरकार (वडा तहसम्म) पुर्याउने काम भइरहेको छ । यद्यपि, केही ढिलासुस्ती भने भइरहेको छ,’ उनले थपे, ‘सरकारले आफ्नै साधन–स्रोतले रकम जुट्छ होला भनी तत्काल १० अर्बको राहतस्वरुप घोषणा गर्याैँ। तर धेरै क्षति हुन्छ होला भन्ने आकलन हामीले गरेनाैँ र मित्र राष्ट्र र दातृ निकायलाई आव्हान गरेनौं ।’ 

पछिल्लो समय सरकारले थप रकम जुटाउनका लागि दातृ निकायसँग अन्तरक्रिया गरेको अर्थमन्त्री महतले जानकारी दिए । ‘हामीलाई शुरूमा धेरै क्षति भएको छैन भन्ने भयो । त्यसैले आफ्नै स्रोत जुटाएर राहत र पुनर्निर्माण गर्छौं भन्ने लाग्यो र दातृ निकायको सहयोग मागेनाैँ । तर प्रारम्भिक अध्ययनको नतिजा भने फरक आयो,’ उनले भने, ‘हामीले सोचेको भन्दा धेरै क्षति भएको रहेछ, हाम्रो स्रोतले पनि नपुग्ने भयो । तपाईंहरूको सहयोग आवस्यक पर्ने रहेछ भनेर अनुरोध गर्यौं । उहाँहरूले सहयोगको तत्परता पनि देखाउनुभएको छ ।’ 

दातृ निकायको सहयोग जुन रुपले आउँछ सोहीअनुरुप भूकम्पपछिको पुनर्निर्माण गरिने अर्थमन्त्री महतले जनाए ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले ५५ करोड अमेरिकी डलर जुटाउनुपर्ने आकलन गरेको उनले जानकारी दिए ।

त्यस्तै अबको पुनर्निर्माण २०७२ सालको भन्दा पनि ठूलो भूकम्प आउँदासमेत थेग्न सक्ने भौतिक संरचना निर्माण गरिने अर्थमन्त्री महतले बताए ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो । जाजरकोटमा मात्रै १०१ जनाको मृत्यु भएको थियो भने सयाैँको संख्यामा घाइते भएका थिए । भूकम्पले ३५ हजार १४० घरमा क्षति पुगेको छ । यस्तै कृषिमा १ करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले दिए । 

यस्तै सो जिल्लामा हालसम्म ५७ हजार ब्ल्यांकेट तथा ४६ हजार त्रिपाल वितरण रहेको उनले बताए 

सो अन्तरक्रियामा विभिन्न वक्ताले जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रमा गोलो ढुंगाले बनाएका, माटोको गाह्रो लगाएका र गह्रौ छत भएका घर भएकाले भूकम्पमा धेरै क्षति पुगेको औँल्याएका थिए ।

कार्यक्रममा अधिकांश वक्ताले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएन)लाई अधिकारसम्पन्न गराइ स्थानीय तहसँग सहकार्य गरेर पुनर्निर्माण गर्नुपर्नैमा जोड दिए ।

तथ्याङ्कमा हेरौंः 

nullnullnullnullnullnullnullnull

हेरौं भिडियोः

​    

   
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x