×

NMB BANK
NIC ASIA

पश्चिम एसियामा तनाव बढ्ने संकेत

यमनमा हुथी विद्रोहीमाथि अमेरिका र बेलायतको आक्रमण

काठमाडाैं | पुस २७, २०८०

NTC
हुथी सैन्य हेलिकप्टरले लाल सागरमा कार्गो जहाजलाई लक्षित गर्दै गरेको आक्रमण । फाइल तस्वीर: रोयटर्स
Premier Steels

बेलायती र अमेरिकी फौजले यमनका हूथी विद्रोहीविरुद्ध हवाई आक्रमण शुरू गरेका छन् । अमेरिका र बेलायतले लाल सागरमा व्यापारिक जहाजलाई निशाना बनाउने हुथी विद्रोहीविरुद्ध ठूलो कारबाही शुरू गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

Muktinath Bank

दुवै देशका सेनाले यमनका धेरै ठाउँमा हुथी विद्रोहीको स्थानमा हवाई हमला गरेका छन् । यी हवाई हमलाहरूमा हुथी विद्रोहीहरूले ठूलो क्षति बेहोरेको समाचारमा उल्लेख छ । उनीहरूको लुकेका धेरै ठाउँहरू ध्वस्त भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानी सनासहित रेड सी मा हूथीको नियन्त्रणमा रहेको बन्दरगाह र यमनको उत्तर पश्चिमी क्षेत्रमा आक्रमण भएको बीबीसीले जनाएको छ । अमेरिकी युद्धपोतले तोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको र आफ्ना विमानले राजधानी सना सहितका १२ स्थानमा आक्रमण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

साइप्रसको हवाई अखडाबाट आएका चार वटा आरएएफ टाइफुन जहाजले हूथीका दुई वटा निसानामा आक्रमण गरेको अमेरिकी अधिकारीहरूको दाबी छ । सहज व्यापारको अवस्था सुनिश्चितताका लागि थप कदमहरू चाल्न सकिने चेतावनी अमेरिकी राष्ट्रपति बाइडनले दिएका छन् ।

Vianet communication

अमेरिकी राष्ट्रपति जो बाइडनले रेड सी मा हूथी विद्रोहीले गत नोभेम्बरयता पानी जहाजहरूमाथि गरिरहेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन् । हूथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ।  

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आक्रमणको पुष्टि गरेका छन् । रोयल एअर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण गरिएको उनले बताएका छन् । उनले यो हवाई आक्रमण 'सीमित, अत्यावश्यक र आत्मरक्षाको लागि चालिएको कदम' भएको बताएका छन् ।

यमनको अधिकांश क्षेत्र नियन्त्रणमा लिएका हूथीले इजरेलतर्फ जाने पानी जहाजहरूलाई निसाना बनाएर आफूहरूले हमासलाई समर्थन गरेको बताउने गरेका छन् । 

अमेरिका र बेलायतको आक्रमणपछि पश्चिम एशियामा तनाव बढ्ने संकेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन् । 

आक्रमणहरू शुरू भएपछि साउदी अरबले अमेरिका र उसका सहयोगीहरूलाई संयम अपनाउन आग्रह गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देश यी आक्रमणबाट चिन्तित रहेको र स्थितिको निगरानी गरिरहेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x