माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पुस महिनामा वैदेशिक रोजगारीका लागि ६५ हजार ८१३ जना बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार जसमध्ये २६ हजार ७२३ जना मेनपावर कम्पनीबाट गएका छन् भने व्यक्तिगत तबरबाट ६ हजार ३९८ जना गएका छन् । यस्तै अन्य भने पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको भनाइ छ । गत आर्थिक वर्ष २०७९÷८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशीएका थिए ।
विभागका अनुसार पुस महिनामा १०५ मुलुकमा नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये सबैभन्दा धेरै पुनः श्रमस्वीकृति समेत गरी १६ हजार ३८५ जना वैदेशकि रोजगारीमा गएका छन् । पुस महिनामा यूएई जानेको संख्या नै सबैभन्दा धेरै रहेको विभागले जनाएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध उजुरी परेको छ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईसँगै लामिछानेविरुद्ध पनि उजुरी परेको हो । ग्यालेक्सी टीभीका तत्कालीन एमडी लामिछानेविरुद्ध पनि ठगीको विषयमा सहकारी विभागमा उजुरी दर्ता भएको हो । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।
००००
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षाको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले बुधवार एक विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिएको हो ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थललगायतको सुरक्षा प्रबन्ध गर्न आयोगले भनेको छ ।
००००
अवैध सवारी चालक अनुमति पत्र (लाइसेन्स)का विषयमा छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिले यातायात व्यवस्था विभाग र यातायात कार्यालयका कर्मचारीहरूको संलग्नता रहेको निष्कर्ष निकालेको छ ।
मन्त्रालय स्रोतका अनुसार १० पृष्ठको प्रतिवेदन र १ हजार पृष्ठको अनुसूची माघ २ गते नै मन्त्रालयका सचिव केशवकुमार शर्मालाई बुझाइएको छ । ‘सम्बद्ध यातायात कार्यालय र यातायात व्यवस्था विभागको सम्बद्ध शाखाका कर्मचारीको संलग्नताबेगर अवैध लाइसेन्स जारी हुन सक्दैन । यस विषयमा थप छानबिन गर्नुपर्ने आवश्यकता देखिन्छ भन्ने कुरा प्रतिवेदनमा उल्लेख छ,’ स्रोतले लोकान्तरसँग भन्यो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी बिहीबार बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा वडाध्यक्ष नृपेश बादेलाई बुधबार साँझ भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
००००
पछिल्लो निर्णयअनुसार विमानस्थलमा चेकजाँचमा खटिएका सशस्त्र प्रहरीले शंका लागेको खण्डमा जुत्ता समेत खोलेर चेकजाँच गर्न थालेका छन् । विमानस्थलमा ओर्लिएर भन्सार हुँदै एक्सरे मशिनबाट बाहिरिनुपर्छ ।
मशिनमा हरियो बत्ती नबलेसम्म बाहिर निस्किन दिइँदैन । आवश्यक परेको खण्डमा शरीरमा भएका सबै सामानहरू र ब्यागेजमा भएका सामान पनि चेकजाँच भइरहेको छ ।
‘शंका लागेको खण्डमा हामीले तलदेखि माथिसम्मका सबै कपडाहरू खोल्न लगाएका छौं । अधिकांशको जुत्ता समेत खोल्न लगाएका छौं । त्यो शंका लागेका व्यक्तिहरूलाई हो, सबैलाई भने होइन,’ सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीले भने ।
विमानस्थल भन्सारका प्रमुख भन्सारक टोकराज पाण्डेका अनुसार अहिले आउने यात्रुहरूको चेकजाँचका लागि ४ वटा मशिन चालू अवस्थामा छन् ।
००००
सरकारले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा भने रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसैगरी सरकारले २७ जना सहसचिवहरूको सरुवा गरेको छ ।
००००
गौशाला २६ को फोटो सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाका केशरमान राई छन् ।
उनलाई साइबर ब्यूरोको टोलीले संखुवासभाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
००००
कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा साढे दुई वर्षपछि फेरि आफ्नै निजी निवासमा सरेका छन् ।
२०७८ असार २९ ग ते प्रधानमन्त्री भएपछि २०७९ पुस १० सम्म प्रधानमन्त्री निवास बालुवाटारमा र त्यसपछि एक वर्ष भाडाको घरमा बसेपछि देउवा आफ्नै निजी निवासमा सरेका हुन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।
नेप्से परिसूचक बुधबार १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार सबैभन्दा धनी मुख्यमन्त्री देखिएका छन् भने गरिब भौतिक पूर्वाधार मन्त्री देखिएका छन् ।
मुख्यमन्त्री केदार कार्कीको जतासुकै जग्गा रहेको देखिन्छ भने भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जबेगुले लैनो गाई, गोरूदेखि बाख्रासम्म सम्पत्ति विवरणमा देखाएका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् । यस्तै प्रधानमन्त्रीले प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन, सहकारी समस्या समाधान गर्न पनि निर्देशन दिएका छन् ।
००००
नक्कली मदिरा बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको बौद्धबाट नक्कली मदिरा बनाउने गिरोहका ९ जनालाई पक्राउ गरेको हो ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...