×

NIC ASIA

सरसर्ती २४ घण्टा

कोशीमा अप्रत्याशित नतिजा, माओवादी असन्तुष्ट

काठमाडाैं | माघ १२, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा १९ मध्ये १८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कोशी प्रदेश भने गठबन्धनको मत क्रस हुँदा एक सिटमा अप्रत्यासित नतिजा आएको छ । जसका कारण माओवादी केन्द्र असन्तुष्ट बनेको छ । 

कोशी प्रदेशमा सत्ता गठबन्धनकी माओवादी उम्मेदवार चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइरालाले बाजी मारेकी हुन् । 
गठबन्धनको बहुमत रहेको प्रदेशमा भोट क्रस गराएर एमालेले बाजी मारेको हो । कोइरालाले ५ हजार ८६ मत पाउँदा कार्कीले ४ हजार ९९२ मत मात्र प्राप्त गरिन् ।
माओवादी केन्द्रका नेताहरूले काँग्रेसका केही नेताहरूको भूमिकामाथि प्रश्न उठाउँदै आगामी सहकार्यबारे नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको टिप्पणी गर्न थालेका छन् । उलटपलट नतिजामा काँग्रेस नेता सुनिल शर्माको भूमिकामाथि सबैभन्दा धेरै आशङ्का गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीलाई पटक पटक काँग्रेसले धोको दियो,’ माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ मिक्सोले भने, ‘काँग्रेसले छुरा रोप्ने काम गर्यो । अव हामी सरकारका विषयमा तुरुन्तै निर्णय गरिहाल्छौँ ।’ उनले अब चाँडै बसेर निर्णय गर्ने बताए । उनले इन्द्र बहादुर आङ्वोलाई मुख्यमन्त्री हुन छेक्ने समूहले नै असहयोग गरेको आरोप लगाएका छन् ।
००००
प्रतिनिधि सभा ३२ सीटसहित तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा पहिलो दल बन्ने भएको छ । कुनै समय ठूलो अन्तरसहित पहिलो स्थानमा रहेको एमाले निरन्तर खुम्चिँदै तेस्रोमा झर्ने देखिएको छ । एमालेको स्थान अब आफैंबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीको हाराहारीमा हुनेछ ।
फागुन २० पछि नवनिर्वाचित सांसदहरूले पदभार ग्रहण गर्दा राष्ट्रिय सभामा एमालेका १० र एकीकृत समाजवादीका ८ सदस्य हुनेछन् । 
राष्ट्रिय सभाका १९ सदस्यका चयनका लागि बिहीबार भएको निर्वाचनमा आफ्नो भागबन्डामा परेका ६ मध्ये ५ उम्मेदवारलाई विजयी गराएर माओवादी पहिलो दल बन्ने भएको हो ।
००००
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन्  ।
००००
राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार दुई मन्त्रालय र दुई विभागमा गरेको छड्के अनुगमनमा ७८ जना कर्मचारी अनुपस्थित रहेको तथा ७१ जना कर्मचारी समयभन्दा ढिला पुगेको पाइएको छ ।
केन्द्रका उपसचिव हिरामणि सुवेदीका अनुसार ५३ जना कर्मचारी सीट छड्के (हाजिरी गरेर हिँडेको) र २० जना कर्मचारी तोकिएको पोशाक नलगाई कार्यालय आएको पाइएको थियो ।
००००
मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको प्रकरणमा तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान झा दोषी ठहर भएका छन् ।
उनीहरूलाई विशेष अदालत, काठमाडौले बिहीवार दोषी ठहर गरेको हो ।
००००
घाटामा रहेको राष्ट्रिय ढुकुटीको चाबी बोकेर अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो ६ महिनामा ७ पटक विदेश भ्रमण गरेका छन् ।
सरकारी हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्यांकअनुसार लक्ष्यभन्दा निकै कम राजस्व असुली भएको छ । चालू आर्थिक वर्षको सातौं महिनासम्म आइपुग्दा २० प्रतिशत पनि पूँजीगत खर्च हुन सकेको छैन । सरकारको ढुकुटी रित्तो मात्र होइन, ऋणात्मक छ ।
००००
‘जेरी’ उपनामले परिचित लोकदोहोरी गायिका बबिता बानियाँले ठमेलमा दोहोरी साँझ खोलेकी छन् ।  यो दोहोरी साँझमा ‘जेरी’सहित गायक कमल विष्टलगायतको लगानी छ ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ हजार घुससहित सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार घुससहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई नियन्त्रणमा लिएको हो ।  


Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x