×

NMB BANK
NIC ASIA

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल एयरलाइन्सले गर्‍यो १० प्रशंसनीय काम

काठमाडाैं | माघ १५, २०८०

NTC
Premier Steels

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सन् २०२३ मा सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न १० वटा प्रशंसनीय काम गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले यात्रुमैत्री सेवाका अलावा सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिएको हो । 

Muktinath Bank

जसअनुसार एयरलाइन्सले क्यान्सर बिरामी तथा उनीहरूको कुरुवा ७७० जनालाई पूर्ण तथा आंशिक रूपमा हवाई टिकटमा छुट दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै गरी ज्येष्ठ नागरिक तथा भिन्न क्षमता भएका व्यक्तिहरूलाई हवाई पनि टिकट दरमा ५० प्रतिशत सहुलियत प्रदान गर्दै आएको प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार गत असोज २१ गते हुम्लामा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते नौ जनाको उद्धारका लागि पनि नेपाल वायुसेवा निगमको जहाज हुम्ला पठाइएको थियो । यस्तै प्रधानमन्त्री प्रचण्डको  निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष पहलकदमीमा  गत असोज २५ गते इजरायल तथा हमासबीच भएको द्वन्द्वका कारण समस्यामा परेका २५४ जना नेपाली नागरिकहरूको उद्धारमा पनि नेपाल एयरलाइन्सकै जहाज प्रयोग गरिएको थियो । 

Vianet communication

यसै गरी कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पका घाइतेहरूलाई लक्षित गरेर एयरलाइन्सले  ट्विनअटर विमानमार्फत नेपालगन्ज तथा काठमाडौँसम्मका लागि निःशुल्क उद्धार उडान गरेको थियो । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त राहत सामग्री समेत एयरलाइन्सको जहाजमार्फत रुकुमसम्म निःशुल्क ढुवानी गरिएको प्रवक्ता पौडेलको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै दुर्घटनामा परी जुम्ला अस्पतालमा भेन्टिलेटरमा रहेका दीप बहादुर रावतको उद्धारका लागि समेत आकस्मिक उडान गरिएको निगमले जनाएको छ । 

यसबाहेक मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेर अलपत्र परेका चिकित्सकहरूलाई लिन ६ सेप्टेम्बर, २०२३ मा नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको थियो । 

यस्तै राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाइने महाशिवरात्रीको अवसरमा एयरलाइन्सले पशुपति परिसरमा श्रद्धालु भक्तजनहरूका लागि निःशुल्क पिउने पानी वितरण गरेको थियो । 

यसै गरी बाढी पीडितका लागि १३–१९ अगस्ट, २०२३ सम्म नेपालगन्ज–धनगढी–डोटी–धनगढी–नेपालगन्ज उद्धार उडान सञ्चालन गरिएको थियो । 

यस्तै विभागीय मन्त्री किरातीको अगुवाइमा आयोजित पशुपति, स्वयम्भूजस्ता विश्व सम्पदा सूचीमा रहेका स्थानहरूको तीन महिने बृहत् सरसफाइ अभियानमा  एयरलाइन्स १० मार्च देखि ८ जुलाईसम्म निरन्तर सरिक भएको पनि विज्ञप्तिमा उल्लेख छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x