×

NIC ASIA

सरसर्ती २४ घण्टा

सरसर्ती २४ घण्टा : देउवा सशंकित, बालुवाटारमा राष्ट्रियसभा निर्वाचनको समीक्षा

काठमाडाैं | माघ १७, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि दोस्रोपटक दोषी ठहर भएको छ । 
भ्याट बिलमार्फत् कर छली गरेको अभियोग लागेको भाटभटेनीलाई सर्वोच्च अदालतको पूर्ण इजलासले दोस्रोपटक पनि दोषी ठहर गरेको हो ।
न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले मंगलवार भाटभटेनीलाई सफाइ दिन अस्वीकार गरेको अदालत स्रोतले जनाएको छ ।
००००
राष्ट्रियसभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रसलाई सत्ता गठबन्धनमा आबद्ध दलहरूले गम्भीरतापूर्वक लिने निर्णय गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोशी प्रकरणलाई गम्भीरतापूर्वक लिएर समीक्षा गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

बैठकको पहिलो दिन निर्वाचनबारे सामान्य समीक्षा भएको र यसबारे थप छलफल हुने नेताहरुले बताएका छन् । 
यसैबीच अप्ठ्यारो स्थितिमा पनि सत्ता गठबन्धनलाई सौहार्द बनाउँदै आएका कांग्रेस सभापति शेरबहादुर देउवा कोशीको पछिल्लो प्रकरणपछि सशंकित बनेका छन् । प्रधानमन्त्री बन्न आफ्नो पालो कुरिरहेका देउवा राष्ट्रिय सभा निर्वाचनको नतिजाले सशंकित बनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माघ ११ गते अरू ६ प्रदेशमा गठबन्धनको भावनाअनुसार नै नतिजा आएको थियो । तर, मुख्यमन्त्री निर्वाचनदेखि नै पेचिलो बनेको कोशीमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौलाले चुनाव जित्दा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । 


Advertisment
Rupse Holidays
Nabil box

कार्की पक्का जित्नुपर्ने मतभार कोशीमा थियो । तर, गठबन्धन दल कांग्रेसको एक समूहबाट भोट क्रश हुँदा देउवाले सौहाद्र्र बनाउन खोजेको गठबन्धनमा अविश्वासको बिउ रोपिएको छ । 

Vianet communication

००००
जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सार्वजनिक गरेको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।
 न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसलाको पूर्णपाठमा पीडित ‘गौशाला २६’ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।      
अभियुक्त भट्टराईउपर बिगो रु चार करोड ४० लाख १५ हजार नौसय २९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको हो ।
००००
यही माघ २२ गते देशभरका चलचित्र हल बन्द हुने भएका छन् । सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै हल संचालकले आउँदो सोमवार मुलुकभरका चलचित्र हलहरू बन्द गर्ने निर्णय गरेका हुन् । 

हल संचालकको छाता संस्था नेपाल चलचित्र संघले मंगलवार विज्ञप्ति जारी गर्दै साङ्केतिक रूपमा एकदिन हलहरू बन्द गर्ने निर्णय लिइएको जनाएको छ ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताएका छन् । 
अखिल नेपाल महिला सङ्घ समाजवादीको  छैटौँ केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका आदर्शलाई उचाइमा पुर्.याउन अबका दिनमा विभिन्न विचारको बहस हुन जरूरी रहेको बताए ।
००००
राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र सङ्घ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् ।
००००
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्राडा शिवलाल भुसाललाई थप तीन महिना नियुक्त गरेको छ ।
 त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा नियुक्त गरेका हुन् ।
००००
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका– १ का धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका हुन् ।
००००
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई०) २०२३ को सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक सूचीअनुसार नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा छ ।
००००
बाँदर नियन्त्रण गर्न भन्दै रुख काट्ने वडा कार्यालयको अभियानमा पोखरा महानगरपालिकाले रोक लगाएको छ । महानगरपालिकाबाट कुनै निर्णय नभएको भन्दै रुख काट्नेरफाँड्ने काम नगर्न महानगरले निर्देशन दिएको हो । सोहीअनुसार वडाले अर्को सूचना निकालिसकेको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x