×

NMB BANK
NIC ASIA

सहकारी समस्या

४४ वर्ष पुरानो सहकारीको बिजोग: १७ वर्षदेखि भएन साधारणसभा, जोखिममा बैंकको ऋण

काठमाडाैं | माघ २२, २०८०

NTC
Premier Steels

मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीस्थित साझा सहकारी संस्थाको डेढ दशकदेखि साधारण सभा हुन सकेको छैन । सहकारीले १७ वर्षदेखि साधारण सभा गर्न नसकेको हो । ४४ वर्ष पुरानो सहकारीको साधारण सभासमेत गर्न नसकेर बिजोग भएपछि कृषि विकास बैंकको ३ करोड रुपैयाँ ऋणसमेत जोखिममा परेको छ । सहकारीले तत्कालीन अवस्थामा बैंकबाट तीन करोड ऋण लिएको थियो । 

Muktinath Bank

सहकारी ऋण तिर्न नसक्ने अवस्था पुगेको छ । सहकारीको सम्पत्ति बेच्दासमेत ऋण तिर्न नपुग्ने सहकारीका सञ्चालकहरू बताउँछन् । सहकारीको होक्लाबारी, रँगेली नगरपालिकाको बबिया तथा बेलबारी नगरपालिकाको बाहुनीमा जग्गा छ । तीनै ठाउँको जग्गा बेचे पनि ऋण तिर्न नपुग्ने अध्यक्ष झापटबहादुर कुँवरले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन अध्यक्ष भूपनारायण गच्छदारले नेतृत्व गरेकै बेलादेखि सहकारीको अधोगति सुरु भएको सदस्यहरू बताउँछन् । ‘यो सहकारीले पहिला मल पनि एक्लै बेच्थ्यो,’ होक्लावारीका एक तत्कालीन जनप्रतिनिधिले भने, ‘पछि सहकारी संस्थाहरू थपिए । उनीहरूले पनि बेच्न थाले । यो डुब्दै गयो ।'


Advertisment
Nabil box
Kumari

हाल सहकारीको अध्यक्ष कुँवर र व्यवस्थापकमा टिकाराम लुइँटेल छन् । अध्यक्ष कुँवर पनि ती जनप्रतिनिधिको कुरामा सहमत छन् । पूर्वअध्यक्षहरू गच्छदार र देवी संग्रौलाहरूको पालामा नै सहकारी डुबेको उनको दाबी छ ।  सहकारी निष्क्रिय भएपछि मात्रै आफू अध्यक्ष बनेको उनले बताए । 

Vianet communication

null

सहकारीबाट तत्कालीन अवस्थामै २२ जनाले ऋण लिएका थिए । २०४० सालमा २२ जनाले ५ हजारका दरले साँवा ऋण लिएको र अहिलेसम्म नतिरेको सहकारीले जनाएको छ । 

अहिले ब्याजसमेत असुल गर्दा ९५ हजार पुग्ने उनको भनाइ छ । त्यसबेला सावा मात्रै साढे ३ लाख हाराहारीमा ऋण लगानी गरेको सहकारीले अहिले ब्याज, हर्जाना गर्दासमेत बैंकको ऋण तिर्न पुग्ने अवस्था छैन । अहिले ब्याजसहित १९ गुणा बढी असुल गर्दा पनि बैंकको ऋण तिर्न नपुग्ने अवस्था नरहेको स्थानीयको भनाइ छ । 

अबको एक हप्तामा सहकारीको विस्तृत अडिट गरेर साधारण सभा गर्ने अध्यक्ष कुँवरले बताए । शेयर सदस्यहरूले भने संस्थाको कारोबार, अडिट रिपोर्ट र माइन्यूटको अवस्था सार्वजनिक हुनुपर्ने माग गरेका छन् । सहकारी २०३६ सालमा स्थापना भएको हो । सहकारीमा ५ सय बढी शेयर सदस्य रहेका थिए । 

२०६३ सालको अडिट रिपोर्टमा २१ लाख रुपैयाँ ऋण लगानी गरेको उल्लेख गरे पनि त्यसयता लथालिङ्ग रहेको जग्गा दाता गोपाल कार्कीले बताए । कार्कीले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । होक्लाबारीमा भएको ३ कट्ठा जग्गामध्ये २ कट्ठा जग्गा दानबाट पाएपछि अर्काे १ कट्ठा जग्गा सहकारीले नै खरिद गरेको थियो ।

उक्त भवन र जग्गामा प्रहरी चौकी राख्न गाउँपालिकाले सिफारिस गरेपछि सेयर सदस्यहरू आन्दोलित भएका हुन् । हिसाब सार्वजनिक भएपछि मात्रै चौकी राख्न दिने सेयर सदस्यहरूको भनाइ छ । 

स्थानीयले सहकारीको हिसाब किताबबारे छानबिनको माग गर्दै यसअघि नै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए । सहकारीको हिसाबकिताब छानबिनका लागि प्रदेश रजिस्ट्रार कार्यालयमा पठाइएको कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले बताए । 

यता प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने सहकारीको हिसाब किताब पारदर्शी बनाउन अध्यक्ष र व्यवस्थापकलाई बोलाएर छलफल गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x