×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

हेलिकप्टरबाट सुन तस्करीदेखि कर्मचारीको कोटामा मन्त्रीका छोराको विदेशमा मस्तीसम्म

काठमाडाैं | माघ २४, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जिल्ला अदालत काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
     
न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त प्रकरणमा अन्य ६ जनासँग अदालतले धरौटी माग गरेको छ ।
००००
सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी पठाएको सरकारको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
 न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी पठाएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै युवा तथा खेलकुद मन्त्रालयको पत्र यथास्थितिमा राख्न आदेश दिएको छ ।
००००
सर्वोच्च अदालतले फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ । मंगलवार साँझ सूचना जारी गर्दै सर्वोच्चले यस्तो घोषणा गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते ‘जनयुद्ध’को नाममा सशस्त्र युद्ध शुरू गरेको थियो ।  अहिले उनै प्रचण्ड प्रधानमन्त्री छन् ।
००००
सरकार विस्तारमा ढिलाइ गरिरहेको कोशी प्रदेश सरकार बेमौसमी कर्मचारी सरुवामा भने अगाडि देखिएको छ । 
आन्तरिक मामिला तथा कानूनमन्त्रालयअन्तर्गत रहेका यातायात कार्यालयहरूमा यतिबेला सरुवाको चलखेल भइरहेको छ । सामान्यतय आर्थिक वर्ष शुरू भएपछि दुई वर्ष पुगेका तल्लो तहका कर्मचारीलाई सरुवा गर्ने प्रचलन छ । 
००००
कर्मचारी कोटामा छोरा सुनिल अधिकारी (यादव)लाई विदेश भ्रमणमा पठाएका खानेपानी मन्त्री महिन्द्रराय यादवलाई राष्ट्रिय सतर्कता केन्द्रले स्पष्टीकरण सोधेको छ ।
मन्त्री यादवका छोरा सुनिल गत माघ ३ देखि ८ गतेसम्म कर्मचारी कोटामा मन्त्रालयका कर्मचारीसँगै भारतको उडिसा प्रदेश पुगेका थिए । मन्त्री यादवले सुनिललाई उपसचिव सरहको सेवा सुविधामा स्वकीय सचिव नियुक्त गरेका छन् ।
००००
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको संयुक्त सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार पद्म प्रसाद पाण्डेलाई संसद्को महासचिव नियुक्त गरेका छन् ।
००००
नेता–कार्यकर्ताबीच कुटाकुट भएपछि रोकिएको नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन फेरि सुचारु हुने भएको छ ।
नवौं जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलवार विज्ञप्ति जारी गर्दै माघ २१ मा रोकिएको उक्त अधिवेशन फेरि शुरू हुने जानकारी दिएका छन् ।
००००
नेपालका उत्तरी नाकाबाट बिरामी उद्धारको बहानामा समेत सुन तस्करी हुने गरेको तथ्य खुलेको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको विद्युतीय चुरोट (भेप) र ६०.७१६ केजी  सुन तस्करीको विषयमा जाँचबुझ गर्न बनेको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग’ले गरेको अनुसन्धानमा यस्तो तथ्य खुलेको हो ।
विशेष गरी उत्तरी नाका नजिकबाट हुने हवाई उद्धारका क्रममा सुन तस्करी गरेको तथ्य खुलेको आयोगका अध्यक्ष तथा पूर्व न्यायाधीश डिल्लीराज आचार्यले बताए ।
००००
नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम स्थगित गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्वसामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिएका हुन् ।
००००
विदेशमा काम गर्ने नेपालीले पठाउने रकम विप्रेषण (रेमिट्यान्स) गत वर्षभन्दा यस वर्ष बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवार जारी गरेको देशको वर्तमान आर्थिक र वित्तीय स्थितिको प्रतिवेदनअनुसार देशको विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको हो ।
००००
चितवनको भरतपुरस्थित कृषि क्याम्पसको जग्गामा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेर छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले साढे ५२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । रंगशाला निर्माणका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले जानकारी दिए ।
००००
नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाज बिक्री गर्न पुनः टेन्डर आह्वान गरेको छ । पहिलो सूचनाअनुसार टेन्डर नपेरपछि २ वटा एमए ६० र ३ वटा वाई १२ जहाज बिक्री गर्न निगमले पुनः टेन्डर आह्वान गरेको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x