कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | माघ २७, २०८०
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कोशी प्रदेशका नवनियुक्त ४ मन्त्री र २ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदीप सनुवार – स्वास्थ्य, राजेन्द्र कार्की –सामाजिक विकास, रामकुमार खत्री-उद्योग, कृषि तथा सहकारी, नारायणबहादुर बुर्जा मगर –खानेपानी, सिंचाइ तथा ऊर्जा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनीहरूलाई शुक्रवार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सुनिताकुमारी गुरुङले पनि शपथ लिएका छन् ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रदेश सरकारप्रति असुन्तुष्टिका चाङहरू देखा पर्न थालेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कार्कीले शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका थिए । तर शपथ ग्रहण सकिएलगतै उनकै दल कांग्रेस र सत्ता गठबन्धनकै दल नेकपा (एकीकतृ समाजवादी) ले नै विरोध जनाएका छन् ।
कांग्रेसको इतर पक्षका नेता डा शेखर कोइरालानिकट मानिने मुख्यमन्त्री कार्कीले शुक्रवार गरेको मन्त्रिपरिषद् विस्तारप्रति पार्टीकै संस्थापन पक्ष असन्तुष्ट बनेको हो । संसदीय दलका नेतासमेत रहेका उद्धव थापासहित कांग्रेसका सांसदहरूले शपथ ग्रहण नै बहिस्कार गरेका थिए ।
कार्की कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बन्दा साथ दिएका सांसदसमेत शपथमा अनुपस्थित रहे । मन्त्री हुने बाहेकका कोही पनि कांग्रेसका सांसद शथपमा नगएका हुन् ।
००००
सरकारले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । उनीहरूलाई गृह मन्त्रालयले शुक्रवार सरुवा तथा काजमा पठाएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
नेकपा माओवादी केन्द्रले आफ्ना पार्टी कमिटी जम्बो भएको भन्दै १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने विषयलाई मुख्य प्राथमिकता दिएको छ । फागुन १ गतेदेखि शुरू हुने विधान सम्मेलनका लागि विधान मस्यौदा समितिमार्फत प्रस्ताव तयार गर्ने र छरितो संरचना बनाउनेबारे शुक्रवारको स्थायी कमिटी बैठकमा आवाज उठेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
००००
यूएईमा कार्यरत नेपाल एसोसिएसन–एनआरएनए यूएइले दुबई पुलिसको नाममा ठगी गर्ने कार्य भइरहेको पाइएको भन्दै सचेत रहन नेपाली समूदायलाई आग्रह गरेको छ ।
नेपाल एसोसिएसन–एनआरएनए यूएईका अध्यक्ष विकास शाहीका उनका अनुसार अहिले युएईमा ठगी गर्ने कार्यमा संलग्नहरुले दुवई पुलिसको नाम लिएर मोवाईलमा फोनकल तथा विभिन्न सञ्जालहरु ईमो, बोटिम, ह्वाटसप, फेसबुक म्यासेन्जर, मोवाईल म्यासेज गर्ने गरेको पाइएको छ ।
जसको माध्यमबाट ईमिरेष्ट आईडीको विवरण, बैंक डेबिट तथा क्रेडिट कार्डको नम्बर तथा कार्डको पछाडि हुने ३ अंङ्कको सिभिसी नम्बर माग्ने र उक्त नम्बर लिई सकेपछि रजिष्टर मोवाईलमा आउने ओटिपी नम्बर समेत मागेर खातामा रहेको सम्पूर्ण रकम चोरी गर्ने कार्य भएको पाइएको उनको भनाइ छ ।
००००
प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।
सहायक हबल्दार हेमराज एलजीको गएराति सवा ११ बजे काठमाडौंको बलम्बुमा ड्युटी सकेर फर्किँदै गर्दा भ्यानबाट खसेर मृत्यु भएको थियो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । यस्तै भरतराज पौडेल क्यानडाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घर बाटो सिफारिश गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा यही माघ ३ गते पक्राउ परेका बादेविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसको सम्मेलनले देशैभरि म्यासेज दिनुपर्ने बताएका छन् ।
काठमाडौंको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले राजधानी रहेको काठमाडौंको सम्मेलन सबैका लागि महत्त्वपूर्ण हुने बताएका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।
आठौं नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने बताएका हुन् । राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै उनले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताए ।
उनले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भइरहेको बताए ।
००००
काठमाडौंको चावहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ । विसं २०५२ सालदेखि सञ्चालनमा रहेको हल फागुन १ गतेदेखि बन्द हुने भएको हो ।
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कर्मचारी जान नमान्ने गरेका बताएका छन् ।
शुक्रवार अध्यागमन विभागको ई–भिसाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले अध्यागमनमा कर्मचारी जान मान्दैनन् । पहिला त्यहाँ जान लाइन हुन्थ्यो’, गृहमन्त्री श्रेष्ठले भने । ई–भिसा सुरु भएसँगै अब विदेशीले अनलाइनबाटै आवेदन दिन सक्नेछन् । यस्तै भुक्तानीलगायतका सेवा पनि अनलाइनमै हुनेछ ।
००००
कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । बिहीबारदेखि विराटगरको एक होटेलमा भएको वार्तामा शुक्रबार दिउँसो पाँच बुँदे सहमति भएको हो ।
पुन: नामकरणका विषयमा सहमति हुने वातावरण बनाई दुवै पक्षबाट संविधान सम्वत् राजनीतिक एवं छलफल अगाडि बढाउने उल्लेख छ ।
००००
न्याय सेवा आयोगले रिक्त ४३ जना जिल्ला न्यायाधीश पदका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले आन्तरिक खुला, खुला तथा समावेशीगरी ४३ जनाका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।
आयोगले आन्तरिक खुलातर्फ २१, खुल्ला १२, महिला ४,आदिवासी–जनजाती २, मधेशी २, दलित र अपांग एक–एक जनाका लागि दरखास्त मागेको छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...