×

NIC ASIA

सरसर्ती २४ घण्टा

दुर्गा प्रसाईंले राप्रपासँग एकता नगर्ने, अमेरिका सपना देखाएर बन्धक

काठमाडाैं | फागुन ३, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अमेरिका पठाइदिने भन्दै ३ महिनादेखि बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई नेपाल प्रहरीले उद्धार गरेको छ ।
स्थानीयको सूचनाका आधारमा बुधवार काठमाडौं प्रहरीले उनीहरूलाई उद्धार गरेको हो । उद्धार भएका धेरैजसो भारतीय भएको बताइएको छ । 
००००
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दाको फैसला बिहीवार आउने भएको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार बुधवार नै फैसला सुनाउने तयारी गरिएको भए पनि अबेर भएकाले मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।
०००००
नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा प्रतिनिधिहरूले पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ ।
आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशलाई थप अधिकार दिनुपर्ने सुझाव पेश गर्नुपर्ने सुझाव दिए । यस्तै अन्य केही समूहबाट पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने पनि सुझाव दिइएको छ । 
००००
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगरकमिटिले आयोजना गरेको बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी भनेकै घर भएको उल्लेख गरे ।  
००००
उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित नेकपा (एमाले)को टोलीले बुधवार सिंहदरबारमा मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिहरूसँग छलफल गरेको छ । 
मध्यपहाडी सङ्कल्प यात्राका क्रममा तयार भएको र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र कार्यान्वयनका लागि अनुगमनको सिलसिलामा उनीहरूसँग छलफल भएको उपाध्यक्ष पौडेलले जानकारी दिएका छन् ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्न गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन् ।
००००
चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा देशभर संचालन भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत कुल २० लाख ६२ जना नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । यस अवधिमा जम्मा १ सय वटा शीर्षकमा देशभर ४९ हजार ३२६ वटा सामुदायिक कार्यक्रमहरू सञ्चालन भएका थिए ।
००००
राजसंस्था र हिन्दूराष्ट्र फर्काउने अभियानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन सम्झौताको बाटोबाट देशलाई अघि बढाउन व्यापक जनदबाबको सिर्जना गर्ने उद्घोष गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधवार साँझ सामाजिक सञ्जालमार्फत अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प खोजिने उद्घोष गरेका हुन् । 
यसैबीच राप्रपाले दुर्गा प्रसाईंसँग एकताको पहल गरेको भएपनि उनले अस्वीकार गरेका छन् । प्रसाईंले राप्रपासँग एकतामात्रै होइन आफ्ना आन्दोलनमा राप्रपालाई सहभागी समेत नगराउने बताएका छन् । 
००००
नेपाली कांग्रेसले फागुन ७ गतेदेखि शुरू हुन लागेको महासमिति बैठकमा प्रस्तुत हुने ५६ पृष्ठको नीति प्रस्ताव तयार भएको छ ।
उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्ने राजनीतिक, आर्थिक, सामाजिकसहितका गतिविधिसहितका विषय समेटिएको प्रस्ताव तयार भएको  प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
००००
सरकारले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । २०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको सूची बुधवार गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।
वर्षभरि हुने ५३ शनिवारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरिएको गृहले जनाएको छ ।
००००
विदेशमा सुनका गहना पठाउने भन्दै ७ करोड ७७ लाख रुपैयाँ ठगेको आरोपमा ४ जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले हालै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–३ का ३३ वर्षीय कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका–४ की ४२ वर्षीया मिना दमै, सिन्धुली गोलन्जोर गाउँपालिका–४ खनियाँखर्कका वर्ष ४३ का रवीनकुमार थापा र सप्तरी नगरपालिका–६ बोहोचेका ३९ वर्षीय दिलीपकुमार लाभ छन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् । त्यस अवसरमा उनले  सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरे ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ ।
बुधबार नेप्से परिसूचक ५ दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो ।


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x