×

NIC ASIA

सरसर्ती २४ घण्टा

कांग्रेसमा बढ्दै हिन्दुराष्ट्र पक्षधर, ओली–प्रचण्डबीच अर्थपूर्ण भेट

काठमाडाैं | फागुन ९, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
एमालेको मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । 
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको जानकारी दिए । आज बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने उनले बताए ।  
विभाग प्रमुख गौतमका अनुसार बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् ।
००००
मंगलबारको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीलाई ललिपप देखाएर सत्ता गठबन्धनका नेताले धूर्तखेल खेलेको आरोप लगाएका छन् । तर, आफूहरूले उनीहरूका सर्त अस्वीकार गरेको ओलीले बताए । 

Muktinath Bank

ओलीले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई केही सिट दिने नाममा नाजायज तर्क राखेको बताएका हुन् ।
‘उहाँहरूले हामीलाई लालिपप देखाएर सिद्धान्त, नीति छाड्छौं भन्नेजस्तो धूर्त खेल देखाउनुभयो । प्रचण्ड, देउवाले बोलाएअनुसार गयौं, साक्षीको बिन्दुमा पुगेपछि नसकिने भन्नुभयो’ ओलीले भने, ‘कुनै पनि हालतमा गर्छौं भनेको कुरा अरु सहयोगीले मानेनन् भन्नेजस्तो कुरा राख्नुभयो । हामी आफ्ना नीति र दृष्टिकोणमा प्रष्ट थियौं ।’
ओलीले विरोधीले हल्ला फिँजाएजस्तो आफू नेतृत्वको सरकारको पालामा झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धमा केही तलमाथि नभएको बताएका छन् । मंगलवार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले गिरिबन्धु टी स्टेटबारे किञ्चित चिन्ता नलिन केन्द्रीय सदस्यहरूलाई आग्रहसमेत गरे ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 
प्रधानमन्त्री निवास सिंहदरबारमा मंगलवार साँझ भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो । 
मंगलवार दिउँसो मात्र पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री प्रचण्डको कडा आलोचना गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले आफैँले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका थिए । 
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गरेकै साँझ ओलीले उनैलाई बालुवाटार गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतै फेरि वाम गठबन्धनको खिचडी त पाकेको होइन ? भन्ने आशंका उब्जिएको छ ।
००००
नेपाली कांग्रेसले महासमिति बैठकमा पेश भएका प्रस्तावहरूमा सामूहिक छलफल गर्न चार वटा समूह बनाएको छ । बैठकमा मंगलबार पेश गरिएका प्रतिवेदनमा आजदेखि चारवटा हलहरूमा छलफल हुने भएको हो । 
चार वटा समूहको बैठक विभिन्न हलमा बस्नेछन् । गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोञ्ज्योसोम हलमा लुम्बीनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूको छलफल हुनेछ ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी महासमिति बैठकमा आफ्नो सांगठनिक प्रस्ताव पेस गरेका छन् ।
पार्टी सभापति देउवासँग सोमवार करिब ६ घण्टा भएको छलफल निष्कर्षमा पुगेपछि महामन्त्री थापाले मंगलवार पेस गरेको प्रतिवेदन केही लचिलो बनेर आएको छ ।
सांगठनिक प्रस्तावमार्फत उनले भविष्यमा हुने आवधिक निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
००००
सत्तारुढ दल नेपाली कांग्रेसमा हिन्दूराष्ट्रको माग गर्ने केन्द्रीय सदस्यको संख्या ३६ पुगेको छ ।
ललितपुरको गोदावरीमा मंगलवार जारी महासमिति बैठकमा ३६ जना केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् ।
यसअघि २२ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए । महासमिति बैठकमा प्रस्ताव लानुअघि शंकर भण्डारीको नेतृत्वमा २२ जना केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका हुन् ।
००००
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालन तथा स्थायित्वबारे हाल केही व्यक्ति–समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलवार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले केही दिनयता राष्ट्रिय स्तरको वाणिज्य बैंकमाथि भइरहेको चौतर्फी प्रहारको मुद्दामा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
००००
डान्सबार र रेस्टुरेन्टमा पुगेर मोजमस्ती गर्न, केटी लिएर घुम्न चोरीलाई पेशा बनाएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ का २२ वर्षीय लोकसिंह ठगुन्नालाई प्रहरीले फागुन ३ गते पक्राउ गरेर सार्वजनिक गरेको छ ।
उनले २०७५ सालदेखि चोरी गरेर काठमाडौं, पोखरा, नेपालगञ्जका ठूल्ठूला डान्सबार, दोहोरी साँझ र रेस्टुरेन्टमा मोजमस्ती गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
फ्लाइ दुबईको उडानमार्फत काठमाडौं आएका ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विशेष सूचनाको आधारमा सुनसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x