×

NIC ASIA

सरसर्ती २४ घण्टा

ललिता निवासको जग्गा खाली गर्न उर्दी, गगनको प्रस्तावमा तीव्र मतभेद

काठमाडाैं | फागुन १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसको महासमिति बैठकमा पाँचवटा प्रस्तावमाथि समूहगत छलफल भएको छ । मंगलवार पाँचवटा प्रस्ताव पेश भएपछि ललितपुरको गोदावरीमा भइरहेको बैठकमा बुधवारबाट समूहगत छलफल भएको हो । 

Muktinath Bank

बैठकको तेस्रो दिन उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा समूहगत छलफल भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि चार वटा हलमा समूहगतरुपमा छलफल भएको छ । 


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमाथि छलफलका लागि कोशी र सुदूरपश्चिमका महासमिति सदस्यहरूलाई गोदावरी हल, कर्णाली र मधेश प्रदेशका लागि विशंखुनारायण हल, बागमती र गण्डकी प्रदेशका लागि फूलचोकी हल र लुम्बिनी र भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूलाई कोन्ज्योसोम हल छुट्याइएको थियो । 

Vianet communication

चारवटै हलमा सम्बन्धित प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले महासमिति सदस्यहरूको सुझावहरूलाई टिपोट गरेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यले आ–आफूले प्रतिनिधित्व गर्ने प्रदेशबाट समूहगत छलफलमा भाग लिएका छन् । 
पहिलो दिन चार वटा हलमा भएको बन्दसत्रको शुरूमा नै सबै जिल्लाका जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू, जनसम्पर्क समितिका प्रमुखहरूले बैठकमा पेश भएका पाँच वटै प्रतिवेदनमा आफ्नो धारणा व्यक्त गरेका छन् ।
प्रस्तावमाथि सदस्यहरूले सुधार गर्नुपर्ने भन्दै सुझाव पेश गरिरहेका छन् ।

छलफलमा गोदावरी हलबाट ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोञ्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरूले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ ।

यसैबीच महामन्त्री गगन थापाले पेश गरेको संगठनात्मक प्रतिवेदनमा सदस्यहरुबीच तीव्र मतभेद देखिएको छ । गठबन्धन नगर्ने भनेर थापाले प्रताव गरेपछि त्यसमा तीव्र मतभेद देखिएको हो । हलमा बोल्ने बहुमत सदस्यले अहिले नै गठबन्धनको विषयलाई नीति बनाउन नहुने भन्दै यो रणनीतिको विषय भएको बताएका छन । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता भएको बताएका छन् ।
बुधवार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 
सरकारले ललिता निवास प्रकरणका दोषीहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता भएको उनको भनाइ छ । राप्रपाले प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको हो । 
००००
पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो ।     

आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल छन् ।     

सो विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि अनुसार उम्मेदवारको आवेदन चाँचबुझ गरी अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अल्पसूची प्रकाशन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
००००
सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गरी जम्मा एक लाख ५८ हजार एक सय ४७ बाँकी फछ्र्योट गर्न बाँकी रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पेस गरेको सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनमा उक्त मुद्दा फछ्र्योट हुन बाँकी रहेको देखिएको हो ।   
००००
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको दोस्रो चरणको वार्ता ३ बुँदे आंशिक सहमतिपछि सकिएको छ । विराटनगरको इस्टनस्टार होटलमा बुधवार दिउँसो ४ बजे शुरू भएको वार्ता आंशिक सहमतिपछि साँझ सकिएको हो ।

प्रदेशको पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्तासम्ममा पहल गर्ने सहमति भएको पहिलो नम्बर बुँदामा उल्लेख छ ।

३ बुँदे सहमतिअनुसार फागुन मसान्तसम्ममा प्रदेश खारेजीको आन्दोलनका क्रममा घाइते भएकाहरूको तथ्यांक संकलन गरिने भएको छ । जसका लागि सरकार र आन्दोलनरत पक्षबाट २–२ जना प्रतिनिधिसहित कार्यदल बनाइने छ ।
००००
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । खड्काले आफूलाई लामा लगायतले अपहरण गरेको आरोप लगाउँदै विज्ञप्ति जारी गरेका थिए । 

तर,  लामाले विवाद जग्गा कारोबारसँग सम्बन्धित रहेको बताए । ज्ञानेन्द्रले ‘यो जग्गा मलाई पास गरिदिनुुस्, ३ महिनापछि पैसा दिन्छु’ भनेपछि आफूले २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको लामाले बताए ।
००००
नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समितिबाट पनि प्रतिनिधिहरू नेपाल आएका छन् ।
ललितपुरको गोदावरीमा ७ फागुनदेखि जारी महासमिति बैठकमा सहभागी विभिन्न देशका सहभागीहरूले वीपीको आदर्श र सिद्धान्तमा जन्मिएको पार्टी व्यापारीको कब्जामा पुगेको र पैसामा बिकेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
००००
बुधवार बिहान करिब ७ देखि ८ बजेबीचमा काठमाडौंको सीतापाइलामा हृदयबिदारक घटना भयो । सोलुखुम्बु निवासी काजी भनिने राजु घिमिरेले नार्गाजुन नगरपालिका–६ भैरव टोलमा आफ्नै परिवारका ३ जनाको हत्या गरे । उनले आफ्नी श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ (विक), ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी सिवानाको सामुहिक हत्या गरेका हुन् । हत्यापछि उनले पनि आत्महत्या गरेका छन् । विवाहेत्तर सम्बन्धका कारण यो घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 
००००
गत आर्थिक वर्ष २०७९र८० को दूरसञ्चार राजस्व बुझाएका बुझाएका ३१ कम्पनीमध्ये सबैभन्दा धेरै रोयल्टी एनसेल र एनटीसीले बुझाएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत वर्ष आर्थिक वर्ष २०७९।८० मा रोयल्टी मात्र १ अर्ब ४७ करोड रुपैयाँ बुझाएको छ भने आरटीडीएफवापत बुझाएको रकम ७३ करोड ७५ लाख रुपैयाँ छ ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा दुईखाले सदस्यताको व्यवस्था गर्न नेतृत्वलाई सुझाव दिएका छन् । काठमाडौंमा जारी ७ औं केन्द्रीय समिति बैठकअन्तर्गत दोस्रो दिन भएको समूहगत छलफलमा उनीहरूबाट यस्तो सुझाव आएको हो ।
००००
काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत भएको सरकारी सम्पत्ति संरक्षण गर्ने भन्दै उक्त क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गरेको छ ।
विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएकाले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न महानगरले आग्रह गरेको हो । यससँगै महानगरले बुधबारदेखि नै माइकिङ थालेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x