×

NIC ASIA

सरसर्ती २४ घण्टा

संकटमा सत्ता गठबन्धन, कांग्रेससँग किन रुष्ट छ माओवादी ?

काठमाडाैं | फागुन १९, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Muktinath Bank

राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्रले नै पाए पनि वर्तमान सत्ता समीकरण जोगिन मुस्किल देखिएको छ । गठबन्धनभित्रको विवाद पेचिलो बन्दै गएका बेला कांग्रेससँग माओवादी उम्मेदवारबाहेकको विकल्पमा छलफल समेत नहुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट स्रोतले लोकान्तरसँग बतायो । माओवादी पछिल्लो पटक कांग्रेसको व्यवहारबाट रुष्ट देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी ठूलो दल भएको हिसाबले स्वाभाविकरूपमा हाम्रो उम्मेदवार हुन्छ । कांग्रेससँग यो विषयमा छलफल गर्नु आवश्यक नै छैन, हाम्रो उम्मेदवारलाई मत दिनुस् भनेर सहयोगसम्म माग्न सकिन्छ,’ स्रोतले भन्यो । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीसँग निकै निकट रहेको उक्त स्रोतले थप्यो, ‘गठबन्धनका कारण पहिलो दल भएको कुनै रियलाइजेसन कांग्रेसमा छैन । उल्टै गठबन्धनले गर्दा मत घट्यो, अब गठबन्धन गर्दैनौं भनिसकेपछि ऊसँग जिहजुरी गरेर बसिरहने कुरा हुँदैन । माओवादी जनयुद्धलाई हिंसात्मक आन्दोलन भन्ने, २०४७ कै संविधान ठीक थियो, माओवादीले बिगारे भन्ने कुरा महासमिति बैठकबाटै पारित भएपछि कसरी सँगै रहन सकिन्छ ?’
००००
फागुन २० गतेदेखि कार्यकाल सकिँदै गरेका गणेश तिमल्सिना राष्ट्रिय सभा अध्यक्षको कुर्सीबाट बिदा भएका छन् । अध्यक्षको रूपमा अन्तिमपटक उनले शुक्रवार राष्ट्रिय सभा बैठक सञ्चालन गरे । 

Vianet communication

२०७४ फागुन ३० गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका तिमल्सिनाले ६ वर्षको अवधिमा ३९८ बैठकको अध्यक्षता ग्रहण गरेका छन् । २०७४ फागुन ३० गते अध्यक्ष निर्वाचित भएपछिका ३ सय ३६ दिनमा उनले ३८९ बैठकको अध्यक्षता ग्रहण गरेका हुन् । 

यो बीचमा सभाका १५ वटा अधिवेशन सम्पन्न भएका छन् । सभामा राखेको बिदाइ मन्तव्यमा उनले सहमतिमा सभा चलाएको दाबी गरे ।
००००
सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलहरूले संसद्मा उठाएका विषयमा फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई पुनः रुलिङ गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा सरकारको जवाफ माग गर्दै प्रतिपक्षी दलले संसद् अवरोधको चेतावनी दिएपछि सभामुखले अर्को रुलिङ गरेका हुन् । यसैबीच प्रधानमन्त्रीले फागुन २१ मा संसदमा जवाफ दिने पत्र संसद सचिवालय पुगेको छ ।
००००
चितवनमा १३ वर्षीया बालिकाको मृत्यु प्रकरण रहस्यमयी बनेको छ ।

यही फागुन १२ गते शनिवार पूर्वी चितवनको रत्ननगर नगरपालिका– १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालीन पोखरेल झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीका अनुसार बालिकाको शव विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।
००००
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा घरेलु हिंसा सम्बन्धी ८ हजार २०८ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ४ हजार ९७ उजुरी फछर्यौट भएका छन् ।
सो अवधिमा घरेलु हिंसाबाट जम्मा ८ हजार २१४ जना पीडित भएका छन् । तीमध्ये ७ हजार ४०१ जना महिला र ८१३ जना पुरूष छन् । जम्मा पीडितमध्ये काठमाडौं उपत्यकामा १ हजार २२३, कोशी प्रदेशमा ८८२, मधेश प्रदेशमा २ हजार ७३७, बागमती प्रदेशमा ६३८, गण्डकी प्रदेशमा ३२८, लुम्बिनी प्रदेशमा १ हजार ३६७, कर्णाली प्रदेशमा ३९९ र सुदूरपश्चिम प्रदेशमा ६४० रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन् ।

भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताएका हुन् ।
००००
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरेकी छन् । सङ्घीय संसद् भवनमा  सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट गरिन् ।

आफ्नो पार्टीको स्थायी समिति बैठकमा राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको जानकारी दिँदै नेपाल सरकारको प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आफूहरुका कारण गठबन्धन नटुट्ने बताइन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बनेकाले अध्यक्षमा दाबी गर्नु स्वभाविक भएको उनले बताइन् ।
००००
विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ ।
 विश्व बैङ्कको कार्यकारिणी समितिको आजको बैठकले सो निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैङ्कले जनाएको छ ।
००००
त्रिदेशीय टी–२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले रोमाञ्चक जीत दर्ता गरेको छ । १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले पूरै ओभर खेल्दा ७ विकेटको क्षतिमा १७७ रन बनायो ।
००००
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वीकृत कार्यक्रमअनुसार आगामी चैत २४ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x