×

NIC ASIA

सरसर्ती २४ घण्टा

शालिन पोखरेल मृत्युबारे गहिरो अनुसन्धान गर्न प्रतिपक्षी दलको माग, गृहलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं | फागुन २०, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकार र आन्दोलनरत केन्द्रीय दुग्ध सहकारी सङ्घबीच  पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा शनिबार भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको हो ।
००००
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका कार्यकर्ताले नगर प्रहरीमाथि आक्रमण गरेको दाबी गरेका छन् । 

Muktinath Bank

 गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेको उनको दाबी थियो । एमालेका कार्यकर्ताले आक्रमण गरेपछि नगर प्रहरीले आफ्नो आत्मरक्षा मात्रै गरेको उनले दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले समाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् ।  
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एक विद्यालयको छात्रावासमा मृत्यु भएकी १४ वर्षीया छात्रा शालिन पोखरेललाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

उनले शनिवार साँझ सामाजिक सञ्जालमार्फत यस्तो प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आफूले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको पनि जानकारी गराएका छन् ।   
००००
जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्राको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

Vianet communication

००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनस्थित विद्यालयको छात्रावासमा शालिन पोखरेलको घटना हत्या वा आत्महत्या के हो गहिरो अनुसन्धान गर्न माग गरेका छन् । 

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै ओलीले घटना गम्भीर रहेको भन्दै हत्या वा आत्महत्या के हो विश्वसनीय अनुसन्धान गर्न माग गरेका हुन् ।
००००
सत्तारुढ दल नेपाली कांग्रेसले चितवनको रत्ननगरमा १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनाका विवरणहरू शंकास्पद रहेको भन्दै गहन छानबिन गर्न माग गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार विज्ञप्ति जारी गर्द स्कूलको होस्टलमा मृत्यु भएको घटना गम्भीर भएकाले गहन अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेका हुन् । 
००००
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलअन्तरले पराजित भएको हो ।  
००००
नेपालले हङकङमा त्रिदेशीय टी–२० क्रिकेट श्रृंखला खेल्ने भएको छ । उक्त श्रृंखला आउँदो साता हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
ती खेलहरू फागुन २६ देखि ३० गतेसम्म हङकङमा हुनेछन् । श्रृंखलामा नेपालसहित आयोजक हङकङ र पपुवा न्यू गिनी (पीएनजी) सहभागी हुनेछन् । 
००००
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले  भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताए।
००००
त्रिदेशीय टी–२० सिरिजमा नेपालले नेदरल्याण्ड्सस्विरुद्ध सहज जीत हात पारेको छ ।
नेपाली बलरको उत्कृष्ट प्रदर्शनपछि पाएको १२१ रन सामान्य लक्ष्य १५।२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै सहज जीत हात पारेको हो ।

सिरिजको नेपाल नेदरल्याण्ड्स र नामिबियासँग एक खेल हारेपछि दुवै टिमलाई लगातार हराउन सफल भएको हो । शुक्रवार नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x