×

NIC ASIA

भैरहवामा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा, लगानी ५० करोड रुपैयाँ

बुटवल | फागुन २०, २०८०

Prabhu Bank
NTC
Premier Steels

भारतीय पर्यटकहरूलाई लक्षित गरी सम्राट ग्रुपले भैरहवामा सुविधासम्पन्न चारतारे ल्याण्डमार्क होटल एण्ड रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

काठमाडौं, पोखरा र सौराहापछि सम्राट ग्रुपले आर्थिक तथा व्यापारिक केन्द्र रुपन्देहीको भैरहवामा ५० करोड रुपैयाँको लगानीमा ल्याण्डमार्कको चौथो शाखा विस्तार गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३२ वर्षको ‘हस्पिटालिटी’ (होटल र रेष्टुरेण्ट) क्षेत्रको अनुभवसँगै बेलहिया नाका भएर नेपाल आउने भारत र तेस्रो मुलुकका पर्यटकलाई मुख्य ‘टार्गेट’ गरी होटल सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेले जानकारी दिए ।​​​


Advertisment
Nabil box
Kumari

हस्पिटालिटीको क्षेत्रमा ल्याण्डमार्कको छुट्टै पहिचान छ । पाण्डेका अनुसार होटलमा अहिले डिलक्स, सुपर डिलक्स, फेमिली र जुनियर स्विट गरेर ५० कोठा रहेका छन् ।

Vianet communication

भैरहवाका व्यवसायी आशा गुरुङले निर्माण गरेको भवनमा होटलको व्यवस्थापन जिम्मेवारी ल्यान्डमार्क समूहले लिएर चलाएको हो । होटेलको प्रमुख विशेषता सबै कोठा र शौचालयमा सूर्यको किरण आउने गरी भवन डिजाइन गरिएको छ ।​

null

ल्यान्डमार्क समूहका प्रबन्ध निर्देशक ओमप्रकाश पाण्डेले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धेरै पर्यटक भित्रिने स्थल नाका बेलहिया (सुनौली) भएकोले होटल विस्तार गरेको जनाए ।

होटलमा स्विमिङ पुलका साथै दुई वटा हल रहेका छन् । लगत्तै डेढ बिगाहामा एक हजार जना अट्ने हल, ३० वटा कोठा थप गरिनेछ ।

निकट भविष्यमा बर्दिया र लुम्बिनीसहितका अन्य पर्यटकीय गन्तव्यमा पनि शाखा सञ्चालन गर्ने योजना रहेको सीईओ पाण्डेले बताए ।

अहिले होटलमा १०० कर्मचारी रहेका छन् । ल्याण्डमार्क नेपाल भारत सीमाबाट साढे ३ किलोमिटर नजिक सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा पर्छ ।

पछिल्लो समय भैरहवा लुम्बिनी तारे होटलहरूको हव बन्दै गइरहेको छ ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x