×

NMB BANK
NIC ASIA

४ दलबीच ८ बुँदे सहमति

सरकारको नेतृत्वमा आलोपालोबारे ८ बुँदे सहमति मौन, प्रचण्डको कार्यकाल कति ?

काठमाडाैं | फागुन २१, २०८०

NTC
Premier Steels

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच सोमवार भएको ८ बुँदे सम्झौता सरकारको नेतृत्वमा आलोपालो गर्ने या नगर्ने भन्नेमा मौन देखिएको छ । सम्झौताको पहिलो नम्बर बुँदामा संयुक्त सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्ने उल्लेख गरिएपनि समय नतोकिएको हो । 

Muktinath Bank

‘राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने । सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने,’ सहमतिको पहिलो बुँदामा उल्लेख गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीका एक प्रभावशाली नेताले प्रतिनिधि सभाको बाँकी अवधिभर प्रचण्ड नै प्रधानमन्त्री बन्ने दाबी गरे । ‘अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच कुनै भद्र सहमति भएको भए बेग्लै कुरा हो, तर आजको सहमतिको आशय प्रचण्ड पूरै कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने नै हो,’ माओवादीका ती नेताले भने ।  


Advertisment
Nabil box
Kumari

२०७४ सालमा चुनावी गठबन्धन गर्दा ओली र प्रचण्डलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको गोप्य पत्र पछि बाहिरिएको थियो । तर, नेकपा एमालेका नेताहरू भने आलोपालो नेतृत्वबारे बोलेका छैनन् । ‘शीर्ष नेताबिच कुनै जेन्टलमेन्ट एग्रिमेण्ट भएपनि आलोपालो नेतृत्वबारे कुनै लिखित सम्झौता भएको छैन,’ एमाले स्रोतले भन्यो ।  

Vianet communication

प्रधानमन्त्रीको कार्यकाल नतोकी राष्ट्रिय सभाको अध्यक्ष पनि माओवादी केन्द्रले पाउने सहमति भएको छ । ‘रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने,’ दोस्रो नम्बरको बुँदामा उल्लेख छ । 

कांग्रेससँगको गठबन्धनमा रहेको समयमा माओवादीले प्रचण्डले प्रधानमन्त्री हस्तान्तरण गर्ने बेला संवैधानिक परिषद्मा आफूहरू शून्य हुने भएकोले अध्यक्ष छाड्न नसकिने बताएको थियो । तर, एमाले सँगको गठबन्धन पछि माओवादीले प्रधानमन्त्री र राष्ट्रिय सभाको अध्यक्ष पनि पाएको छ । 

आइतबार साँझसम्मको छलफलमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर राष्ट्रिय सभाको अध्यक्ष आफूहरूले लिने एमालेको रणनीति थियो । तर, सोमवार साँझ जारी ८ बुँदे विज्ञप्तिमा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउने उल्लेख छ । 

चार दलले जारी गरेको ८ बुँदे सहमतिको ७ औ नम्बर बुँदामा वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने उल्लेख छ । प्रचण्डले सोमवार नै मन्त्रिमण्डल पुनर्गठन गरी तीन जना विनाविभागीय मन्त्री नियुक्त गरिसकेका छन् । गृह, अर्थ जस्ता महत्त्वपूर्ण मन्त्रालयमा सहमति भएपछि मन्त्रिमण्डललाई पूर्णता दिने गठबन्धनमा सहमति भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x