×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

सुन तस्करीमा महराको कनेक्सन–पूर्वउपराष्ट्रपतिका पुत्र पक्राउ, आयोगको रिपोर्टले हलचल

काठमाडाैं | चैत ३, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Muktinath Bank

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सुन तस्करीका दोषीलाई कारबाहीको सिफारिस गरेको थियो ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका थिए । आयोगले गृहमन्त्री लामिछानेलाई बिहीवार मात्रै प्रतिवेदन बुझाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले प्रतिवेदन दिएसँगै हलचल उत्पन्न भएको छ । आयोगले संलग्नता देखिएको भन्दै पूर्वसभामुख कृष्ण बहादुर महरासहित विभिन्न व्यक्तिहरुलाई कारबाही सिफारिस गरेको छ।  यस्तै सीआईबीका प्रमुख किरण बज्राचार्यसहितका ४ जना अधिकृतलाई अनुसन्धानमा लापरबाही गरेको भन्दै विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको छ । 
बज्राचार्य कारबाही सिफारिस भएसँगै उनको ठाउँमा सरकारले एआइजी श्यामलाल ज्ञवालीलाई सरुवा गरेको छ । 
००००
शुक्रवार काठमाडौँबाट पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा तथा अखिल क्रान्तिकारीका नेता दीपेश पुनलाई रुपन्देही पठाइएको छ । 
सुन तस्करी प्रकरणमा पक्राउ परेका उनीविरुद्ध रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दा पनि रहेकाले त्यसतर्फ शुक्रवार साँझै पठाइएको प्रहरीले जनाएको छ । उनलाई  जहाजमार्फत भैरहवा पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

यसैबीच विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको झण्डै ६१ केजी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको सुन तस्करी सम्बन्धमा छानबिन आयोगले दोषी ठहर भएका अन्य पनि प्रहरीको उच्च निगरानीमा परेका छन् ।

Vianet communication

आयोगले दोषी ठहर गरेकाहरू भाग्ने आशंकामा बिहीवारदेखि नै प्रहरीले विशेष निगरानी गरिरहेको सुरक्षा स्रोतले जानकारी दियो ।
००००
राजधानीकी एक किशोरीको हत्या आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । केही दिनअघि मृत अवस्थामा भेटिएकी  गोकर्णेश्वर नगरपालिकाकी सुस्मा लामाको हत्या आरोपमा प्रहरीले रुपेन्द्र लामा नाम गरेका युवकलाई पक्राउ गरेको हो।  

प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत लामाको शव प्रहरीले गत फागुन २५ मा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरमा फेला पारेको थियो ।  सोही घटनाको अनुसन्धानका क्रममा युवकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।  
००००
विराटनगरको नोबेल अस्पतालमा कार्यरत २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको नेपाल प्रहरीले आशंका गरेको छ ।
सिरहाको फुल्काहकट्टी घर भएकी नर्स चन्द्रिका विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गस्थित डा धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडि भाडामा बस्ने गरेकी थिइन्  । शुक्रवार दिउँसो हत्या भएको अवस्थामा उनको शव बाथरुममा भेटिएको थियो ।
००००
अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन् । 
मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् । समितिमा राष्ट्रबैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तिय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन् ।
००००
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हठका कारण समीकरण बदल्नु परेको बताएका छन् । 

शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले देउवा हठ मुख्य जिम्मेवार रहेको बताएका हुन् । बैठकबाट पार्टीको विधान अधिवेशनबाट पारित विधानलाई फाइनल गरिएको छ भने राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएपछि नारायण दाहालले पार्टीबाट दिएको राजीनामा स्वीकृत भएको छ । 
००००
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जनालाई पक्राउ परेका छन् । 
काठमाडौंको माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा सोही क्षेत्रमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई बेहोस पार्ने गरी जवाफ दिन तयार रहेको बताएका छन् । 
आफैंमाथि प्रश्न उठाउँदै कांग्रेसले सदन अवरुद्ध गरेपछि रविले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसलाई बेहोस पार्ने गरी जवाफ दिन तयार रहेको बताएका हुन् । कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक लामिछानेको राजीनामा माग गर्दै अवरुद्ध गरेको थियो । 
००००
रौतहटको परोहा नगरपालिकामा एक जना मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ ।
शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x