×

NIC ASIA

सरसर्ती २४ घण्टा

अदालतको आदेशले दुर्गा प्रसाईंलाई राहत, थप मेडिकल कलेज सञ्चालक उत्साहित

काठमाडाैं | चैत १३, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– 

Muktinath Bank

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चको आदेशअनुसार प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खुला भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झापाको बिर्तामोडमा बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भए सम्पन्न भएपनि पठनपाठनका लागि प्रसाईंले लामो समययता सम्बन्धन पाउन सकेका छैनन् । सोही कारण प्रसाईंले निरन्तर सरकारको आलोचनाका साथसाथै असन्तुष्टि पोख्दै आएका छन् ।  


Advertisment
Nabil box
Kumari

यही विवादका बीचमा सर्वोच्च अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।

Vianet communication

 न्यायाधीशहरू डा कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेको हो। 
००००
सर्वोच्चको आदेशले यस्तै झमेलामा रहेका थप १३ मेडिकल कलेज उत्साहित भएका छन् । सरकारले मेडिकल कलेज निर्माण गर्न आसयपत्र दिएपनि सञ्चालन अनुमति नपाएका थप १३ मेडिकल कलेज छन् ।  अब ती कलेजलाई पनि प्रसाईंको बीएण्डसी कलेजको फैसला नजिर हुने छ । 
यस्ता मेडिकल कलेजहरुमा नेपाल प्रहरी मेडिकल कलेज, मनमोहन मेडिकल कलेज, काठमाडौँ नेसनल मेडिकल कलेज, पुष्पलाल मेडिकल कलेजलगायत रहेका छन् ।
००००
होली मनाएर रमाइलो गर्दै कर्णाली पुलबाट नदीमा फाल हानेका १७ जना युवामध्ये एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको चिसापानी ३० वर्षीय युवा लोकेन्द्र शाही छन् । 

होली मनाउने क्रममा मदिरा सेवन गरेका युवाहरू पौडी खेल्ने उद्देश्यले कर्णाली पुलबाट फाल हानेका थिए । तीमध्ये एकजना भने बेपत्ता भएका हुन् । उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।
००००
‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले चौविसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनको लागि ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धि अवधारणा पत्र, २०८०’ तयार गरी लागू गरेको छ ।

 अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन मार्फत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली चौविसै घण्टा सीमा गस्तीमा तैनाथ रहनेछ ।  
००००
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन् । 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वाग्मती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पारे । उनले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरश लागू गरिने स्पष्ट पारे ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन कुमार आचार्यले इलाम २ मा हुने उपनिर्वाचनमा आफ्नो दलको उम्मेदवारको सन्दर्भमा सामाजिक सञ्जालमा चलेका हल्लाहरू निराधार रहेको बताएका छन् । 

सोमबार फेसबुकमार्फत उनले रास्वपाको उम्मेदवार छनौट लोकतान्त्रिक मुल्यमान्यता र पारदर्शिताको सिद्धान्तको आधारमा हुने उल्लेख गर्दै आचार्यले हल्लाहरूलाई विश्वास नगर्न सबैलाई आग्रह पनि गरेका छन् ।
००००
चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका छन् ।
परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोका स्थायी समिति सदस्यसमेत रहेका वाङबीच सोमवार बेइजिङमा भएको छलफल आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
००००
काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो ।
००००
पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन शुरू गरेको छ ।
यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन शुरू गरिएको विभागले जनाएको छ ।
००००
नेपाली कांग्रेस कोशी प्रदेशले इलाम २ मा हुने उपनिर्वाचनको लागि ७ आकांक्षीको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशबाट ७ जनाको नाम सिफारिस भएर आएको जानकारी दिए ।
००००
फितलो तयारी र कानूनी जटिलताका कारण यही वैशाख १६ र १७ गते हुने भनिएको तेस्रो लगानी सम्मेलन औपचारिकतामा मात्र सीमित हुने जोखिम बढेको छ । 
यसअघि सरकारले तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतको प्रस्तावमा लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । लगानी सम्मेलनको टुंगो लागेको ६ महिना बितिसक्दा पनि सरकारले पर्याप्त तयारी गर्न सकेको छैन । 
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार  १७ दशमलव ०१ अङ्कले घटेर २ हजार ३१ दशमलव ५५ को विन्दुमा पुगेको छ ।
सोमबार तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ बराबरको कारोबार भएको छ ।
००००
नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन् । उनलाई सोमवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
००००
नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन् ।
कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमवार एक विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x