कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडाैं | बैशाख ६, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको समाजवादीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८०औं सचिवालय बैठकले सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
तर, सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेका कतिपय नेताहरु अनिच्छुक रहेको बताइएको छ भने नागरिक उन्मुक्ति पार्टी पनि एकमत नरहेकाले अन्योलता कायमै छ। सबै विषय मिलाएर मुख्यमन्त्री बन्न सोडारीलाई चुनौती छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो ।
००००
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा बबन्डर भएको छ । मुख्यमन्त्री केदार कार्की र निवर्तमान सचेतक भूपेन्द्र राईबीच बुधवार हात हालाहालको अवस्था आएको हो ।
राईलाई कुट्न मुख्यमन्त्री कार्की सुर्किएर गएका थिए । त्यसपछि राईले पनि उसै गरेर मुख्यमन्त्री कार्कीमाथि जाइलाग्न खोजे । तर उनलाई अरुले छेकेकाले कुटाकुट हुन नपाएको एक सांसदले बताए ।
बिहान १० बजे बोलाएको बैठक १२ बजेपछि मात्रै बसेको थियो । मुख्यमन्त्री कार्की कुम्भ मेलामा गएर आएपछि बैठक लम्बिएको थियो । यसले गर्दा उनी दिउँसो साढे ३ बजेतिर बैठकमा गएका थिए । बैठकमा कार्की नेतृत्वको सरकार बचाउनु हुँदैन भन्ने आवाज संस्थापन र कृष्णप्रसाद सिटौला पक्षका सांसदले गरेका थिए । यसको जवाफ मुख्यमन्त्री कार्कीले दिन थालेपछि हात हालाहालको स्थिति आएको एक सांसदले बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको उपनिर्वाचनमा धेरै पैसा खर्च नगर्न प्रतिस्पर्धी दललाई सुझाव दिएका छन् ।
इलाममा सत्ता गठबन्धनका साझा उम्मेदवार सुहाङले जित्ने उनले दाबी गरे । इलामको मंगलवारेमा बुधवार चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सुवास नेम्वाङले पटक पटक चुनाव जितेको क्षेत्रमा जनता झुक्याउन नभई विकासको एजेन्डा लिएर आएको बताएका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
उनीहरूबीच बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।
००००
नेपाल विद्यार्थी सङ्घ आरआर क्याम्पस इकाईले बुधवार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । सो क्रममा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला दहन तथा मार्सल जुलुससमेत निकालेका थिए ।
गृहमन्त्री लामिछानेले राजीनामा नदिएसम्म आन्दोलनको कार्यक्रम जारी रहने विद्यार्थीहरूको भनाइ छ ।
००००
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । उनको साथबाट स्रोत नखुलेको केही रकम समेत बरामद भएको छ ।
पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।
००००
ललितपुरको बालकुमारी–ग्वार्को सडक ६ रात पूर्णरुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले बिहीबारदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
ललितपुरका एसएसपी शेखर खनालले सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधनका साथै पैदल यात्रीलाई समेत हिँड्न निषेध गरिएको छ । फ्लाई ओभर निर्माण गर्न सडक नै बन्द गर्न लागिएको छ । ग्वार्को फ्लाइओभरको काम धमाधम भइरहेको छ ।
००००
नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन सारेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधवार बसेको ८०औं सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने तय भएको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारिएको हो ।
००००
पाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ ।
पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधवार विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएकामा असन्तोष जनाएका हुन् ।
००००
ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणका खेलमा नेपालले लगातार चौथो खेलमा जीत निकालेको छ ।
अल अमरात क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएसँगै ४ खेलमा शतप्रतिशत जीत निकालेको हो ।
००००
लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधवार पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई पेप्सीकोलामा गाडीमा सवार रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
००००
५० करोड रुपैयाँ हाराहारी पुँजीगत बजेट हुने युवा तथा खेलकुद मन्त्रालयमा ५० अर्बभन्दा बढी रकमका योजनाको माग गर्दै निवेदन परेका छन् ।
सभामुखदेखि मन्त्री, सांसद र स्थानीय तहसहित विभिन्न संस्थाका व्यक्तिसम्मले रंगशाला र खेलकुद मैदान निर्माणका लागि अर्बौं बजेट माग गर्दै निवेदन दिएका हुन् ।
प्रायले रंगशाला, खेलकुद मैदान र कभर्ड हल निर्माण गरिदिन, खेलकुद मैदान स्तरोन्नति गरिदिन र खेलकुद प्रतियोगिताका लागि बजेट छुट्याइदिन भन्दै निवेदन दिएका छन् ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...