मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सुर्खेत, १४ मंसिर – सुर्खेतको क्षेत्र नम्बर दुई ‘क’बाट प्रदेशसभातर्फ वाम गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा उत्रिएका एमाले नेता यामलाल कँडेलले यसपाली जनताले कांग्रेसलाई रोज्ने अवस्था नरहेको बताएका छन् ।
विहीवार विहान लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै उनले पछिल्लो समयमा कांग्रेसले चालेका कदमहरुको कारणले अहिले वाम गठबन्धनलाई थप सजिलो भएको उनले बताए ।
उनले दलीय प्रणालीमा व्यक्तिभन्दा पनि दलले लिएको नीतिका आधारमा जनताले मतदान गर्नुपर्ने समेत बताए ।
‘व्यक्तिहरु राम्रा हुँदा हुँदै पनि जनताले दलिय प्रणालीमा दलको कार्यदिशा हेर्नुपर्छ,’ उनले भने, ‘कांग्रेस दुई पटकसम्म बहुमतको सरकार चलाउँदा चुक्यो, अहिले उसले मत पाउने अवस्था छैन ।’
दुई पटकसम्म बहुमतमा बसेर पनि कांग्रेसले राम्रो काम गर्न नसकेको उनले बताए । बरु आक्कल झुक्कल बामपन्थीहरुले सरकार बनाउँदा राम्रो काम गरेको बताए ।
‘छोटो समयमा हामीले गरेका काम र पछिल्लो समयमा एमालेले लिएको राष्ट्रवादी अडानको कारण अहिले बाम गठबन्धले चुनाव जित्दैछ,’ उनले भने, ‘सुर्खेतमा पनि मसहित बामपन्थी गठबन्धनका सबै उम्मेदवारले जित्दै छौं ।’
अघिल्ला चुनावहरूमा आमसभाहरुमा ध्यान दिइएकोमा यसपालीको चुनावमा चाहिँ घरदैलो कार्यक्रमलाई विशेष ध्यान दिइएको उनले बताए । घरदैलोमा पनि मतदाताले बाम उम्मेदवारहरुप्रति सकारात्मक धारणा राखेको उनले दावी गरे ।
कंडेलले आफूले यो भन्दा अघि दुई पटकसम्म सांसद र संविधानसभाको चुनाव जितेको कारणले पनि यसपालीको चुनाव आफूले जित्ने दावी गरे । मुलुक नयाँ संरचनामा गएका कारणले पनि आफू प्रदेशतर्फको उम्मेदवार बनेको उनले बताए ।
कंडेलले यो भन्दा अघि सुर्खेतबाट २०५१ र २०६४ सालमा चुनाव जितेका थिए । ०५६ र ७० मा चाहिँ कांग्रेसले चुनाव जितेको थियो । कँडेले संसदीय निर्वाचनहरुमा कांग्रेसका हृदयराम थामीसँग प्रतिस्पर्धा गर्थे । अहिले प्रदेशमा चाहिँ नेपाली कांग्रेसका जिल्ला सभापति कमल रेग्मीसँग प्रतिस्पर्धा गर्दै छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...