×

NMB BANK
NIC ASIA

राजा महेन्द्रले ६ वटा डुंगा जोडेर नारायणी नदीमा कवि सम्मेलन गराए

कात्तिक २०, २०७४

NTC
Premier Steels
पञ्चायत कालमा नेपालमा गीत लेख्न, गाउन तथा साहित्य रचना प्रकाशन गर्न त्यति सहज थिएन । काठमाडौंका केही स्थानीय युवाको जमातले नेपाली साहित्यको काँध थाप्न खोजिरहेका थियौं ।

२०१२ सालको वरिपरि नेपाली साहित्य तथा गीत संगीतको क्षेत्र अत्यन्तै साँघुरो थियो । गीतको अभावले गर्दा नेपालका कतिपय गायकले हिन्दी गीत गाउँथे । नेपालमा गीतकारको संख्या कम थियो । यही कुरालाई बुझेर मैले आफ्नो देशका लागि कुनै न कुनै माध्यमबाट देशको सहयोग गर्नुपर्छ भनेर साहित्य तथा गीती लेखनको यात्रा शुरु गरेको थिएँ ।

काठमाडौंका केही युवाले नेपाली गीतको उत्थानमा भूमिका खेल्न त्यति सहज थिएन । त्यस समयमा गीत लेखेर एक पैसा पनि कमाउन सकिने स्थिति थिएन । साहित्यिक पत्रिका बिक्री हुँदैनथे । गीत लेखिसकेपछि गीत सेन्सर हुन्थ्यो । सेन्सरकै कारणले कति गीत त रेकर्ड पनि हुन पाएनन् । रेकर्ड भएका पनि बजेनन् होला ।
नारायणगोपालले एक दिन मलाई तन्नेरी रमझममा भुलेकोे गीत लेख्न आग्रह ग–यो । मैले एउटा गीत लेखेर उसलाई दिएँ ।

हाँस्छौं, गाउँछौं, वसन्त ल्याउँछौं प्रेमको अनुरोधमा
धन्न लिन्नौं हामी केही उनको विरोधमा

पञ्चायतले यो गीतमा लेखिएको शब्द ‘उनको’ ले माथिल्लो निकायलाई प्रहार गर्न खोजेको भनेर गीत नै बन्देज गरिदियो । यसरी धेरै गीत शहीद भएका छन् त्यो जमानामा ।

त्यसबेलाका आफ्ना समकालीन साथी नारायणगोपाल, प्रेमध्वज प्रधान, माणिकरत्न, भूपि शेरचन लगायतका साथी चर्चामा थिए । तर कुनै पनि गायकलाई मैले ‘गीत गाइदिनुस् न’ भन्नुपरेन ।

त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाऊँ लैजाऊँ लाग्छ ।

माणिकरत्नले गाएको मेरो यो गीत धेरैपटक रेडियोमा बज्यो । उसले मलाई एकदिन भनेको थियो, ‘तिम्रा दुई गीतले मलाई कहाँबाट कहाँ ल्याइदियो ।’ उसले दिल खोलेर भनेको थियो यो कुरा ।

रेडियो नेपालले बन्देज लगाएका कतिपय गीतहरू यसैखेर गए । त्यसबेलामा सञ्चारको माध्यम भनेको रेडियो नेपाल मात्रै थियो । रेडियो नेपालका पूर्णकालीन र आंशिक कर्मचारीले गाएका, रचना गरेका गीतहरूले आफ्ना सृजना राख्ने मौका पाउँथे । हाम्रा कविता तथा गीतले कमै मौका पाउँथे रेडियो नेपालमा ।

तत्कालीन राजा महेन्द्र मलाई एकदमै दूरदर्शी राजा लाग्छन् । उनले नेपाली साहित्य र संगीतको क्षेत्रमा ठूलो योगदान पु–याएका छन् । एकपटक केही कविहरूलाई जम्मा गरेर उनले चितवनको रामपुरमा नेपालभरिको कवि सम्मेलन गराए । ६ वटा डुंगा जोडेर नारायणी नदीमा कवि सम्मेलन गराएका थिए । तर त्यस सम्मेलनमा मलगायत केही कवि जान पाएनौं ।

सम्मेलनमा सहभागी हुन नपाएका कविहरूलाई महेन्द्रले भेट्ने कार्यक्रम राखे । हामी उनलाई भेट्नलाई लाइनमा बसेका थियौं । छेउमा थिए, तत्कालीन यातायातमन्त्री खड्ग बहादुर सिंह । महेन्द्रलाई चिनाउनका लागि अर्का पात्र पनि थिए, कवि केदारमान व्यथित ।

मभन्दा अगाडि गणेश भण्डारी थिए । कोशी अञ्चलका कवि । मेरो पालो आयो । केदारमान व्यथितले मलाई कवि रत्न शमशेर थापा भन्दै चिनाए ।

व्यथितले नाम उच्चारण गर्नासाथ महेन्द्र बोले, ‘नाउँ त धेरै सुनेको हुँ । चिनें, खुशी लाग्यो ।’
त्यसबेलाका हामी साहित्यकारहरूको जोडी खुबै जम्थ्यो । हामी टुँडिखेलमा जम्मा हुन्थ्यौं । न्युरोडको बीच बाटोमै आरामले हिँड्न मिल्थ्यो । फाट्टफुट्ट मात्र सवारी साधनहरू चल्थे ।

नारायणगोपाल, भूपि शेरचन, गोपाल योञ्जन, द्वारिका श्रेष्ठ लगायतका साथीहरू हामी कसरी साहित्य सृजनामा लाग्न सकिन्छ भन्ने विषयमा छलफल गर्थ्यौं ।
काठमाडौंबाहिर नेपाली साहित्य तथा संगीतको माहौल त्यति फैलिन पाएको थिएन किनकि सबैलाई काठमाडौं आएर रेडियो नेपालमा स्वर परीक्षण गराउन सम्भव हुन्थेन । गीत रेकर्ड गर्न महिनौं लाग्थ्यो । फेल भयो भने गुनासो गर्ने कुनै निकाय थिएन । वर्षौं कुर्नुपर्थ्यो ।

रेडियो नेपालले गीत संगीतका लागि राम्रो स्थान दिएको हो । हामीलाई समेत रेडियो नेपालमा गीत प्रवेश गराउन सकस थियो ।

साहित्यमा सबैभन्दा ठूलो भूमिका कल्पनाले खेल्छ । मैले समालोचनाबाहेक साहित्यका सबै विधामा कलम चलाएँ । समालोचना लेख्न नसकेर नलेखेको होइन । नेपाली कवि तथा साहित्यकारहरू नकारात्मक टिप्पणी पचाउन सक्दैनन् । अहिलेका साहित्यकारमा पनि यो समस्या छ । कसैले राम्रो लेखेको छ भन्नुभयो भने चिया खुवाउँछन् । प्रवृत्ति ठम्याउन नसकेको फुच्चेले समीक्षा ग–यो भन्ने आरोप समेत पाइन्थ्यो । त्यसैले पनि मैले समीक्षा लेख्न आँट गरिनँ ।

हामीले विदेशीको दाँजोमा कसरी नेपाली साहित्यलाई स्तरीय बनाउन सकिन्छ भन्नेबारेमा नै छलफल गर्थ्यौं । हामीले त्यतिखेर पत्रिका पनि चलाउने योजना बनायौं ।

पञ्चायतले नेपाली साहित्यलाई माथि उठ्न दिएको थिएन । अञ्चलाधीशले स्वीकृत गरेका साहित्यले मात्र प्रकाशन हुने मौका पाउँथे । हामीले पञ्चायतको थिचोमिचोबाट मुक्ति पाउने आशाले पत्रिका चलाउने योजना बनायौं । ‘अम्लेख’ नामक पत्रिका प्रकाशनको स्वीकृति माग्यौं । तर नेपालीले यो नाम नबुझ्ने भन्दै हामीलाई यो नाम दिइएन ।

त्यसपछि हामीले पाँच अंकसम्म ‘सिउँडी’ प्रकाशन ग–यौं । पाँच अंकपछि पैसा नभएर यो पत्रिकाले पनि निरन्तरता पाउन सकेन । साहित्यिक पत्रिका बेचेर पैसा कमाउन सक्ने स्थिति थिएन नेपालमा ।
यहीबेला मलाई नेपाली साहित्यका अर्का हस्ती विश्वेश्वर प्र्रसाद कोइरालाको सम्झना आउँछ । उनले नेपाली साहित्यको क्षेत्रमा जुन योगदान पु–याएका छन्, त्यो योगदानको हामीले जति चर्चा गरेपनि कमै हुन्छ ।

उनीसँग त्यति धेरै लामो संगत त हुन पाएन । त्यस्तै दुईपटक जति भएको थियो होला । हामी त्यसबेलामा कवि तथा गीतकारका रूपमा उदाएका थियौं । विश्वेश्वर प्रसाद कोइरालाले एकपटकको भेटघाटमा भनेका थिए, ‘म धेरै वर्ष जेल बसेकाले नेपाली साहित्य कुन धारमा जाँदैछ, थाहा छैन । म भारतमा उपचार गरेर आउँछु, त्यसपछि हामी भेटेर छलफल गर्नुपर्छ ।’

तर त्यसपछि उनीसँग मेरो भेट भएन । क्यान्सरले उनलाई जित्दै गएको थियो । पहिलो भेटमा उनले भनेको कुराले अझै पनि मेरो चेतनालाई जोडले हिर्काउँछ । उनले भनेका थिए, ‘म राजनीतिज्ञ हुँ । साहित्यकार पनि हुँ । तर राजनीतिभन्दा साहित्य धेरै माथि छ । राजनीतिले समाजको एउटा पाटो समेट्छ भने साहित्यले सबथोक समेट्छ ।’

त्यसबेलाको समाज हाम्रा लागि मात्र होइन । पछिल्लो पुस्ताका लागि पनि स्मरणीय हुनेछ । ऊबेलामा गाएका कतिपय गीत हामीसँग छैनन् । मैले लेखेका अन्य कृति कता छन् भन्ने कुराको त म आफैंलाई हेक्का छैन । कुनै गीत रेकर्ड भएर पनि हराए । कुनै गीत रेकर्ड हुन नपाएर हराए ।

तपाईंलाई म एउटा सम्झना सुनाउँछु । मेरो गीत ‘स्वर्गकी रानी’ श्रोताको फर्माइसमा दशौंहजारपटक रेडियो नेपालबाट बजेको थियो रे ! तर मैले त्यो गीतबाट समेत एक पैसा पाइनँ ।

जे भएपनि मलाई आफ्ना कालजयी गीतले चिनाएका छन् । भात र दाल खान पुगेकै छ ।

(कवि तथा गीतकार रत्नशमशेर थापासँग लोकान्तरका अर्घेलो थापाले गरेको कुराकानीमा आधारित)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x