फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डा. उपेन्द्र देवकोटासँग मेरो पहिलो भेट २०४४ सालमा भएको थियो । त्यतिबेला म काठमाडौं-पोखरा शिखर टुर्स एन्ड ट्राभल्स कम्पनीमा काम गर्थेँ । नेपालमा त्यतिबेला विदेशी पर्यटकहरू आउने लहर चल्दै थियो । काठमाडौंबाट पर्यटक लिएर पोखरा जाँदै गर्दा तनहुँ जिल्लाको डुम्रे बजारमा करीब १५ जना जति विदेशी पर्यटकहरू उतार्नुपर्ने थियो । ती पर्यटकहरूको ग्रुप लमजुङ जिल्लाको बेसीसहर, अन्नपूर्ण पदमार्ग अर्थात् मुक्तिनाथ, जोमसोम र पोखरा हुँदै काठमाडौं फर्कने टोली थियो ।
डुम्रे बजारमा उनीहरू गाडीबाट झर्दै गर्दा एकजना मान्छे चालकको ढोकतर्फ दौडँदै आएको मैले देखेँ । उहाँ बाचश्पती देवकोटा हुनुहुँदोरहेछ । आएर नमस्कार गर्नुभयो । मैले नमस्कार कमरेड ! भनेँ । मैले 'कता हो कमरेड ?' भन्न नपाँउदै बाचश्पति कमरेडले भन्नुभयो- 'हामी गोरखाको गाइखुरबाट पोखराको लेकसाइड जन्ती जान हिँडेको, एउटा मात्र बसमा करीब ८० जनाजति छौं । मेरो भाइ डा. उपेन्द्र देवकोटा भर्खरै अध्ययन सकेर आएका हुन्, बसमा अत्यन्तै कोचाकोच भयो, हामी उभिएर कष्टपूर्ण अवस्थामा यात्रा गरिरहेका छौँ, भाइ (उपेन्द्र)लाई तपाईंको बसमा लगिदिनुपर्यो ।'
बसमा १५ जना जतिलाई लान सकिन्छ भनेपछि डा. उपेन्द्र, कमरेड बाचश्पति लगायत केही साथीहरू बसमा बस्नुभयो । हामी २ घण्टाको यात्रामा कुरा गर्दै पोखरासम्म सँगै गयौं । डा. उपेन्द्र देवकोटासँग भएको मेरो पहिलो भेटमा उहाँको सरल र मिलनसार स्वभाव, फरासिलो बानी र आत्मीय पन, देशप्रतिको प्रेमभावले सबैको मन सजिलै जित्नसक्ने जस्तो लाग्यो । पोखरा पुगेपछि डा. उपेन्द्रले दरो हात मिलाउँदै भन्नुभयो, 'हामी अत्यन्तै कष्टपूर्ण यात्रमा थियौं, तपाईंले सहयोग गरेर ल्याउनुभयो, धन्यवाद ! पछि भेटघाट गरौंला ।'
महत्त्वपूर्ण व्यक्तिहरूलाई सेवा दिने मौका पाएकोमा म निकै खुसी भएँ । धेरै पछिसम्म पनि उहाँको बोलाचाली र सरल व्यवहार मेरो मानसपटलमा खेलिरह्यो ।
निरंकुश शासनविरुद्धको जनआन्दोलन
२०४६ सालमा नेपालमा ३० वर्ष लामो एकदलीय निरंकुश पञ्चायती व्यवस्थाविरोधी जनआन्दोलन निकै उत्कर्षमा थियो । आन्दोलनमा परिवर्तनका पक्षधर मजदूर, किसान, डाक्टर, वकिल, प्राध्यापक, विभिन्न पेशाकर्मी तथा सर्वसाधारणको ठूलो साथ र सहभागिता थियो ।
पञ्चायती शासकहरूद्वारा व्यापक धरपक्कड र दमन बढ्दै थियो । राजनीतिक दलका शीर्ष नेतृत्वलगायत धेरै नेताहरू जेलमा थुनिएका थिए । हामीलाई पनि प्रहरीले व्यापक खोजीरहेको सूचना प्राप्त भएको हुनाले सतर्कतापूर्वक राजनीतिक आन्दोलनमा लागेका थियौं । धेरै नेताहरू कडा भूमिगत जीवन बिताउनु भएको थियो । ४६ साल चैत्र १५ गतेपछि म पनि काठमाडौंकेन्द्रित आन्दोलनमा सामेल भएको थिएँ । मेरी श्रीमती माया अधिकारी धेरै पहिलादेखि टाउको दुख्ने समस्याबाट अत्यन्तै पीडित थिइन् । मैले पहिलो भेटमा नै श्रीमतीको समस्या राखेको थिएँ ।
डा. उपेन्द्रले काठमाडौं लिएर आउनुस्, हेरौंला भन्नुभएको थियो । त्यही बेला हामी दुई डा. उपेन्द्रको उपचार केन्द्रमा पुग्यौं । उहाँले चेकजाँच गरेर ठूलो समस्या छैन, धेरै चिन्ता गर्नुपर्दैन भनेर औषधि लेखिदिनुभयो । करीब २ वर्ष औषधि सेवन गरेपछि सबै ठिकठाक भयो । केही समयपछि डा. देवकोटा पोखरालगायत देशका प्रमुख शहरहरूमा गएर ३-३ महिनामा रोगले पीडित बिरामीहरूको सेवामा (जाँच्न )जानेक्रम चलेपछि धेरै बिरामीहरू काठमाडौं धाउनु परेन । मैले पनि गरीब, विपन्न धेरै नै बिरामीहरूलाई उपचारका लागि रकम कम गरेर सहयोग गर्न सिफारिसका लागि डाक्टरसा'वको सम्पर्कमा जान्थेँ । ऊहाँले उपचारपछि धेरै बिरामीहरूलाई सञ्चो हुन्थ्यो । छोटो अवधिमा नै डा. देवकोटा मेडिकल क्षेत्रमा चर्चाको शिखरमा पुग्नुभयो । पुण्य कर्म गरेर जनजनको मनमा बस्न डा. उपेन्द्र देवकोटा सफल हुनुभयो ।
जनताको सेवामा समर्पित डाक्टर
२०५० सालतिरको कुरा हो । रौतहट जिल्ला चपुरका हरिप्रसाद प्रसाईंले पोखराबाट काँकरभिट्टा रात्रि बस चलाउँथे । एकदिन मध्यरातको समयमा लालबन्दीमा उनले चलाउने बस र विपरीत दिशाबाट आएको ट्रकसंग ठक्कर खाँदा चालक हरि प्रसाईंको टाउको लगायत शरीरका धरै भागमा गम्भीर चोट लागी घाइते अवस्थामा वीर अस्पताल लगेको खबर पाएँ । टाउकोको अप्रेसन गर्ने बिरामीहरूको चाप धेरै भएकाले अप्रेसन गर्ने पालो कुर्दा बिरामी नै चट् हुने अवस्था छ भन्ने खबर आयो ।
उहाँलाई भेट्न म वीर अस्पतामा पुगेँ । मित्र हरिप्रसाईं टाउकाको चोटको कारणले बेहोस अवस्था पनि उफ्रिने, कराउने हुँदा बेडमा बाँधेर लडाएको देखेपछि उनी बाँच्ने आशा मारें । छिट्टै अप्रेसन नभए बाँच्न गरो छ भनेपछि मैले डा. उपेन्द्रलाई भेट्ने कोसिस गरेँ ।
भाग्यवस भेट दिनु भएपछि डा. देवकोटा बिरामी हेर्न आउनुभयो । बिरामीको नाजुक अवस्था देखेर कर्मचारीलाई झपार्दै किन ढिला गरेको ? छिटो अप्रेसन कक्षमा लैजानू भन्ने निर्देशन दिनुभयो । भोलिपल्ट अप्रेसन सफल भएको खबर पाँए, धेरै खुसी लागो । धेरै लामो उपचार पश्चात हरि प्रसाईं पहिलाकै अवस्थामा फर्के, हरि प्रसाईं बारम्बार भन्छन्- 'पहिलो जन्मदाता मेरा मातापिता थिए, दोस्रो जन्मदाता डा. उपेन्द्र देवकोटा हुन् ।
डा. देवकोटाले हरि प्रसाईंजस्ता लाखौं पीडित जनताहरूलाई पुनर्जन्म दिनुभएको छ । आज डा. उपेन्द्रको उपचारबाट नयाँ जीवन प्राप्त गर्ने लाखौं जनताहरू उहाँ नै अत्यन्त गम्भीर तथा जटिल रोग पित्त नलिको क्यानसर (cholangiocarcinoma)सँग संघर्ष गरेको सुन्दा भावविभोर भएका छन् । मर्माहित भएर डा. उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ लाभको कामना गर्दै ईश्वरसँग प्राथना गरिरहेका छन् । लखौंलाख सेवा ग्राहीहरू चिन्ताले तरङ्गित भएका छन् ।
सरकारी न्युरो हस्पिटल बनाउने अधूरो सपना
२०५१ सालमा पहिलो पटक नेपालमा क. मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी सरकार गठन भएको थियो । देशभक्त, प्रगतिशील, वामपन्थी तथा अग्रगामी सरकारको गठनमा डा. उपेन्द्र मात्र होइन, सारा देशवासी नेपाली जनताहरू पनि अत्यन्तै खुसी र उत्साहित थिए । एकपटक हामीसँगको सामूहिक भेटमा डा. उपेन्द्रले 'वीर हस्पिटलमा मैले वार्षिक ६५० जति बिरामीको न्युरोको अप्रेसन (टाउकोको शल्यक्रिया) गर्दछु । त्यत्तिकै संख्यामा बिरामीहरू भारतलगायत विदेशमा उपचारका लागि जान्छन् । नेपालबाट ठूलो रकम उपचारका लागि बाहिरिने गरेको छ । म सरकारलाई छुट्टै न्युरो अस्पताल बनाउने नीतिअन्तर्गत बजेट व्यवस्था गर्न प्रस्ताव गर्छु,' भन्नुभएको थियो । हामीले पनि त्यो प्रस्तावको पक्षमा खुसी व्यक्त गरेर उत्साह थप्ने काम गर्यौँ ।
अल्पमतको भएका कारण सरकार लोकप्रिय रहँदारहँदै पनि अल्पायुमै ढल्यो । डा. उपेन्द्रको छुट्टै सरकारी न्युरो हस्पिटल खोल्ने सपना अधुरै रह्यो । पछि प्रदीप नेपाल स्वास्थमन्त्री भएको समयमा डा. उपेन्द्र देवकोटाले भेट गरेर न्युरो अस्पताल खोल्नका लागि बजेटमा ३ करोड बजेटको प्रस्ताव राख्नुभएको रहेछ । त्यतिबेला मन्त्री नेपालले हुन्छ भनेर आश्वस्त पार्नुभएछ ।
तर बजेट आउने बेलामा पार्टीनजिक रहेका निजी अस्पतालका केही सञ्चालकको घेराउमा परेर मन्त्री नेपालले सरकारी न्युरो अस्पताल निर्माण गर्न बजेट विनियोजन गर्न सक्नुभएन । सरकारी न्युरो अस्पताल खोल्ने उहाँको सपना पुन: धरापमा पर्यो । एमालेप्रतिको आस्था र विश्वासमा समेत तुवाँलो लागेछ । केही समयपछि निरास भएर वीर अस्पतालको सरकारी सेवाबाट नै बहिरिनुपरेको दु:खद् खबर सुन्नमा आयो ।
डा. उपेन्द्रले सरकारी सेवामा रहँदा पनि निष्ठापूर्वक काम गरेर जनताको सेवामा खट्नुभयो । नसा तथा न्युरो विशेषज्ञ डाक्हटररूको ठूलो जमात उत्पादन गरेर जनताको सेवामा लगाएको तथ्यहरू आफैँ बोल्दछन् । अहिले उहाँले निजी प्रयासबाट सञ्चालन गरेको बाँसबारीस्थित न्युरो अस्पताल त्यही सोचको उपज हो । गरीब, विपन्न तथा सर्वसाधारण जनताको पहुँचबाहिर नै भए पनि मध्यम, उच्च तथा सम्पन्न वर्गले देशभित्रै गुणस्तरीय उपचार सेवा प्राप्त गरिरहेका छन् । उपचारका लागि देशबाट बाहिरिने ठूलो रकम रोकिएको छ ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...