×

NIC ASIA

गंगालाल अस्पतालमा बिरामीको बेहाल, एउटै शय्यामा २ जना, गोडा दोबारेरै सेवा लिँदै बिरामी

जेठ ९, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ९ जेठ –बाँसबारीमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्रवेशद्वारबाट देब्रेतर्फ करीब १०० मिटर अघि बढेपछि आकस्मिक सेवा विभाग आउँछ । त्यहाँ जाने बाटो नै बिरामीहरू आवतजावत गर्न समेत नमिल्ने किसिमको छ ।

Muktinath Bank

बुधवार हामी त्यहाँ पुग्दा बिरामी र तिनका आफन्तहरू पालैपालो  आवतजावत गर्दै थिए । आकस्मिक सेवा विभागको बिरामी राखिएको कक्षमा पुग्दा त्यहाँका शय्याहरूमा दुई–दुई जना बिरामी राखिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आकस्मिक सेवाको शय्यामा बिरामीहरूको अवस्था असहज देखिन्थ्यो । बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि लेख्नमा व्यस्त चिकित्सकहरू सागुँरो शय्यामा असजिलो मान्दै बसिरहेका बिरामीको असहजातालाई नजरअन्दाज गरिरहेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यहीँ एक शय्यामा ८३ वर्षीया चन्द्रमाया अधिकारी मुखमा अक्सिजन लगाइएको अवस्थामा सुतिरहेकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आफन्तहरूले बुधबार बिहान ११ बजे गंगालाल हृदय केन्द्रको आकस्मिक कक्षमा पुर्‍याएका थिए । अर्की एक बिरामी महिला पनि उनीसँगै सुतिरहेकी थिइन् । अस्पताको सानो शय्यामा ठाउँ नपुगेर होला अर्की महिला कोल्टे परेर गोडा दोबारेर सुतेकी थिइन् ।

Vianet communication

अस्पतालमा शय्या खाली नभएको भन्दै अर्को बिरामी सुतिरहेकै शय्यामा राखिदिएको उनलाई कुर्न अस्पतालमा आएकी उनकी नातिनी गोमा बस्नेतले बताइन् ।

‘सास फेर्न गाह्रो भएर इमर्जेन्सीमा ल्याएको, हेर्नुस् न यहाँ त दुई–दुई जना राख्ने रैछन्,’ गोमाले लोकान्तरसँग भनिन्, ‘बिरामीलाई यताउता फर्किन पनि अप्ठ्यारो हुन्छ नि भन्दा त डाक्टरले उल्टै होटल हो र आनन्दले सुत्न! ४ जनासम्म पनि राख्नु पर्नसक्छ, पो भन्नुभयो ।’

उनले अघि भनिन्, ‘डाक्टर आफैँले बुझ्नुपर्ने कुरा हो, अस्पतालले बेड थप्नुपर्ने, राख्ने ठाउँ नपुगेपछि अब के गर्नु, हामीलाई त हाम्रो आमालाई निको भइदिए पुग्थ्यो ।’

अस्पताल प्रशासन भने बिरामीको चाप बढेकोले शय्या अभाव हुँदा एउटै शय्यामा दुईजना बिरामी राख्न बाध्य भएको जनाउँछ । अस्पतालका प्रशासन महाशाखा प्रमुख दीपेन्द्र खड्काले बिरामीको चाप बढ्दै गएकोले अस्पतालले आकस्किम तथा ओपीडी भवन बनाउँदै गरिएको जानकारी दिए ।

‘हामीले पनि देखेका छौं, कुनामा छ, अध्यारो छ, ठाउँ सानो छ, बिरामीको चाप धेरै छ, शय्या कम छ, दुई–दुई जना बिरामी एउटै शय्यारा राख्नुपरेको छ,’ खड्काले भने, ‘आगामी असोज महिनासम्ममा आकस्मिक र ओपीडी सेवा नयाँ भवनबाट दिन्छौं, त्यसपछि एउटै शय्यामा दुईजना बिरामी राख्नुपर्ने समस्या समाधान हुन्छ ।’

अस्पतालले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल साउनदेखि आकस्किम र ओपीडी भवन निर्माण थालेको थियो । ५१ करोड लागतमा निर्माण शुरु भएको भवनको ८० प्रतिशत काम पूरा भएको खड्काले जानकारी दिए ।

उनले भने, ‘हामीले नयाँ भवनमा राख्नुपर्ने भौतिक सामाग्रीहरू तयारी अवस्थामा राखेका छौं, ठेकेदार कम्पनीले दशैंअघि हामीलाई भवन हस्तान्तरण गर्ने बताएको छ, हामीले दशैंअघि नै नयाँ भवनबाट आकस्मिक सेवा शुरु गर्छौं ।’

नयाँ बन्ने भवनमा आकस्मिक सेवा र इमर्जेन्सी अब्जर्भेसनमा राख्नुपर्ने बिरामीका लागि ४० शय्यासहित ओपीडी समेत सञ्चालन गरिने उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x