कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
इतिहास हेर्दा बितेको बिसौं शताब्दीको बाल्यकालदेखि नै विश्वले आधुनिक वामपन्थी दृष्टिकोणको तीब्रतालाई बुझ्न र अवलम्बन गर्न आरम्भ गरेको थियो । यसै क्रममा १९१७ मा त रुसमा लेनिनले राम्रैसँग पहिलो कम्यूनिस्ट क्रान्तिको झण्डा फहराएका थिए । त्यसले विश्वव्यापीरुपमा ठूलो र दूरगामी प्रभाव पारेको र विश्वलाई नै नयाँ मोड दिएको थियो ।
वास्तवमा बिसौं शताब्दीले आफ्नो बाल्यकाल र किशोरावस्थामा जस्तो प्रकारका संस्कारहरू पायो र ग्रहण ग¥यो, तिनले बृद्ध अवस्थासम्म आफ्नो भाग्य निर्माण गर्दै रहे । यसरी लामो समयसम्म विश्व २ किसिमको देखिँदै रह्यो । विकसित हुँदो वामपन्थी प्रभाव र बिलाउँदो दक्षिणपन्थी प्रभाव । पहिलो त्यस्तो विश्व जसले वामपन्थी दिशा ग्रहण गर्न चाहन्थ्यो र त्यसै अनुरुप विश्वलाई बदल्न, विकसित गर्न र त्यसमा बाँच्न चाहन्थ्यो । अनि, दोस्रो त्यो विश्व जसले आफूलाई यो वामपन्थी दिशाको प्रवेशबाट बचाउन चाहन्थ्यो, जोगाउन चाहन्थ्यो र विद्यमान यथास्थितिलाई नै जसैतसै कायम राखेर चल्न चाहन्थ्यो ।
तर, गति र दिशा जे–जस्तो भएपनि वामपन्थको कुनै न कुनै पक्ष सबैको सारतत्त्वमा सामेल हुन बाध्य थियो । अर्थात्, वामपन्थको कुनै न कुनै रुपमा प्रभाव दक्षिणपन्थमा पनि सामेल थियो । खासगरी साम्यवादी देशहरू र विश्वभरिका कम्यूनिस्ट पार्टीमा त यो वामपन्थ थियो, हुने नै भयो । त्यसका अतिरिक्त हामी देख्न सक्छौं कि मिश्रमा नासेर पनि, लिबियामा कर्णल कद्दाफी पनि, इण्डोनेशियामा सुकार्णो पनि, बर्मामा आङ्ग सान, सुडानमा हिलेसे लासी र बेलायतमा लेबर पार्टी लगायत विश्वमा विभिन्न किसिम र रंग रुपका आफूलाई ‘समाजवादी’ पार्टी भन्ने दल पनि देखा परे ।
सबैको उल्लेख गर्ने हो भने यो सूचि अझ धेरै लामै हुन्छ । अफगानिस्तानमा पनि तालिवानी शासन सत्ताभन्दा पहिला सोभियत समर्थक वामपन्थी दल नै सत्तामा थियो । सोभियत संघको बेचैनी र अमेरिकाको प्रतिशोधले अफगानिस्तानलाई आज अर्कै अनन्त संकटको स्थितिमा धकेलिदिएको छ । यसरी कतै वामपन्थ एउटा व्यवस्था थियो, कतै–कतै कल्याणकारी राज्यको नाममा पूँजीवादी राज्यसँगको एउटा मिश्रण थियो, त कतै केवल राष्ट्रियकरण मात्र थियो, कतै आरोप लगाउने र विरोध गरिने मसला मात्रै पनि ।
यस स्थितिमा अरु त अरु अमेरिकाको डेमोक्र्याटले कुनै अलिक कडा र जनपक्षीय कुरा गर्न खोजे भने मात्र पनि उनीहरूले ‘वामपन्थ’ ल्याउन चाहेको आरोप लाग्ने गर्दथ्यो, गर्दछ । भारतकै पनि कुरा गर्ने हो भने नेहरुले अर्थतन्त्रलाई ‘कमान्डिङ हाइट’ नाम दिएर राज्यको नेतृत्वमा अर्थतन्त्रका अरु रुपहरूलाई चलाउने कुरा गरेका थिए भने इन्दिरा गान्धीले बैंकको राष्ट्रियकरण र सामन्ती अवशेषको रुपमा रहेका ‘पिभी पर्स’ जस्ता राजा रजौटालाई समाप्त पार्ने कदम चालेकी थिइन् ।
विश्व धूरीमा सोभियत संघतर्पm ढल्केर २० वर्षे सम्झौता पनि गरेकी थिइन् । नेपालमा पनि सामन्ती राजतन्त्रले शोषणरहित समाजको सिर्जनाको कुरा सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाकालमै उठाएको थियो । तर, आज २१ औं शताब्दीमा आएर धेरै कुरा बदलिएका छन् । बितेको शताब्दीको विपरीत विश्व आज दक्षिणपन्थको बाटोमा प्रतिगामी दिशामा बढिरहेको देखिन्छ ।
बितेको शताब्दीको अन्तिम २ दशकसम्म के लाग्दथ्यो भने विश्वले स्वयम्लाई विचलनकारी वामपन्थी जकडबन्दीबाट मुक्ति खोजिरहेको हो कि ! तर, त्यसो नभएर त्यो त विपरीत दिशाको प्रतिगामी यात्राको तयारी रहेछ । जुन वास्तवमा यसै शताब्दीको दोस्रो दशकदेखि आरम्भ भएर पो निस्क्यो । यतिबेला यूरोपका ३९ वटा देशमध्ये २६ देशमा त प्रष्टैसँग दक्षिणपन्थी सरकार छन् । जहाँ सिधै यस्ता सरकार छैनन्, त्यहाँ पनि तिनै दक्षिणपन्थी प्रवृत्ति र प्रभाव तीब्ररुपले बढिरहेको देखिन्छ ।
कतिसम्म भने स्वीडेनमा सधैं किनारामा रहने गरेको दक्षिणपन्थी दल यतिबेला तीब्ररुपले अघि बढिरहेको छ । सबैभन्दा राम्रो उदाहरण त स्वयं बेलायत छ, जहाँ बितेकै वर्ष मात्र दक्षिणपन्थी कन्जरभेटिभ पार्टीलाई जनताले सत्ता सुम्पिए । तर, बे्रग्जिट मुद्दामा अहिले त्यही कन्जरभेटिभ पार्टी आफूभन्दा पनि अझ बढी दक्षिणपन्थी इन्डिपेन्डेन्ट पार्टीबाट पराजित हुन पुग्यो । जर्मनीकी चान्सलर एन्जिला मर्केल पनि दक्षिणपन्थकै प्रतिनिधि हुन् । यद्यपि, शरणार्थीको मुद्दामा घोर दक्षिणपन्थी नेता फ्राउके पीटरीले उनलाई आच्छु–आच्छु पारिरहेका छन् ।
फ्रान्स र अस्ट्रेलियामा पनि यस्तै भइरहेको छ । रुस आदि देशमा त भइ नै सकेको छ । कुरा केवल यूरोपको मात्रै छैन र होइन । गत वर्ष एउटा प्रसिद्ध बृटिश पत्रिका ‘न्यू स्टेटमेन्ट’ले ४३ वटा एंग्लो–सक्सेन देशको सूचि बनाउँदा ती सबैमा दक्षिणपन्थी सरकार नै रहेको देखाएको छ । यतिबेला मानिसले भेनेजुएलाका ह्यूगो चाभेजको नामै समेत बिर्सन थालिसके ।
क्यूबा र चीनले आफूलाई आफ्नै किसिमको समाजवादको निर्माणमा लागेको भन्ने गर्छन् । तर, आधा शताब्दी अघिको परिभाषाका आधारमा हेर्ने हो तिनलाई पनि मानिसले वामपन्थी भन्नु हुने हो कि होइन ? आज सन्देहको नजरले हेर्छन् । यद्यपि, तिनले जनताका समस्या हल गर्न चालेका अनेक कदमले ती वामपन्थकै बाटोबाट आफूलाई प्रस्तुत गर्न कसरत गरिरहेको प्रष्ट देखिन्छ ।
विश्वमा दक्षिणपन्थी राजनीतिको यो डढेलो कस्तो किसिमले फैलिँदै गएको छ, यसलाई अमेरिकाको उदाहरणबाट निकै राम्रोसँग बुझ्न सकिन्छ । स्वतन्त्रता संग्राम पछिदेखि अमेरिकाको मुख्य धाराको राजनीति कहिले पनि वामपन्थी रहेको छैन । त्यहाँ त वामपन्थी शब्द प्रायः विरोधीलाई गाली गर्नका निमित्त मात्र प्रयोग गरिन्छ । यद्यपि के पनि सत्य हो भने त्यहाँको राजनीतिमा कहिले पनि त्यत्ति उग्रदक्षिणपन्थी दल वा नेताको आवश्यकता परेको देखिएन, जत्तिको गत वर्षको चुनावमा राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई परेको देखियो । यही उनको दक्षिणपन्थी सोचका कारण उनकी प्रमुख प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले के वक्तव्य दिनु समेत प¥यो कि – यदि इरान परमाणु सम्झौताबाट विमुख हुन्छ भने उसविरुद्ध सैनिक कारवाही हुन्छ ।
दक्षिणपन्थी दबाबको यसै राजनीतिको परिणाम नै थियो कि उदार मानिने बर्नी सेन्डर्स हिजो अमेरिकी राष्ट्रपति पदको चुनावी दौडबाट कतिबेला बाहिरिएर कसैलाई अत्तोपत्तै भएन । अमेरिकामा मात्रै होइन, यो उग्रदक्षिणपन्थी राजनीतिको सरुवा रोग संसारभरि नै तीब्र गतिमा फैलिँदै गएको छ । यसको दुष्परिणाम के–के हुने हुन् ? यतिबेला गम्भीर प्रश्न खडा भइरहेकै छ ।
विश्व यसरी नराम्रो किसिमले दक्षिणपन्थको बाटोमा किन हिँड्यो ? यो बुझ्न निकै कठिन छ । त्यसैले यस कुरालाई बुझ्न बितेको शताब्दी वामपन्थमा किन प्रवेश गरेको र चलेको थियो, त्यसमा के कसरी विचलन आयो भन्ने कुरा केलाउनुपर्ने हुन्छ । औद्योगिक क्रान्तिपछि विश्वले ती दुःख कष्टबाट मुक्ति खोजेको थियो, जुन दुःख कष्टमाथि क्रान्तिको भवन निर्माण भएको थियो ।
मजदूर वर्गका अधिकारको मागका साथ जुन आन्दोलन आरम्भ भएको थियो, त्यो केवल ती मागमा मात्र सीमित थिएन र रहेन । तिनले आफ्नो एउटा सम्पूर्ण दर्शन नै तयार गरे र भावी संसार मजदुर वर्गको संसार हुनेछ भन्ने आकर्षक सपना पनि सजाए । यो सोच र सपनाले सारा संसारलाई वामपन्थी बनाइदियो । यो कुनै आश्चर्यको कुुरा पनि थिएन । तर, आश्चर्यको कुरा के अवश्य हो भने यतिबेला जुन संसारको दक्षिण गमन भइरहेको छ, त्यसको न कुनै स्पष्ट र महत्वपूर्ण सोच छ, न त कुनै सुन्दर भविष्यको सपना छ । यदाकदा बरु यसबारे बौद्धिक दिवालियापन निश्चय नै देखा पर्दछ र के–के न गरेजस्तो गरी बाहिर आउने गर्दछ ।
निश्चय नै यसको एउटा कारण अफगानिस्तान, पश्चिमा एशिया र विश्वका अन्य क्षेत्रमा हुर्किरहेका या हुर्काउँदै गरिएको आतंकवाद पनि हो । आतंकवादी त्रूmरताको तुलनामा मानिसलाई दक्षिणपन्थी हठधर्मी अबुझजस्तो देखिने वामपन्थी उदारताभन्दा कडा र बढी प्रभावकारी लाग्ने गर्दछ । आर्थिक संकट पनि एउटा महत्त्वपूर्ण कारण हुन सक्छ । केही वर्ष पहिला जब विश्वमा आर्थिक मन्दीको निकै ठूलो झट्का आयो, त्यतिबेला आफ्नो निन्द्राबाट ब्यूँझिएका वामपन्थीले के भन्न बाँकी राखेनन् भने पूँजीवादी व्यवस्था खोटो सिक्का सावित भइसकेको छ र अब यो त्यत्ति धेरै दिन चल्ने छैन । तर, त्यसयता पनि सारा संसारमा खोटा सिक्का सबैभन्दा पहिला वामपन्थ नै हुन पुगेको र तिरष्कृत पनि भएको देखिँदै आएको या त्यस्तो खोटा सिक्का तुल्याउने क्रम जारी रहेको छ ।
यो बेग्लै कुरा हो कि जे भयो, त्यो पनि कुनै राम्रो कुरा भएन । भिसा नियमलाई कडाइ गर, आप्रवासन रोक, शरणार्थीलाई लखेटजस्ता संकीर्णता देखाउने धारा नै अहिले अगाडि आइरहेका देखिन्छन् । एउटा सत्य के पनि हो भने वामपन्थलाई कसैले परास्त गरेको होइन । त्यो आफ्नो बौद्धिक तथा व्यावहारिक अन्तरविरोधकै शिकार हुन पुग्यो । अनि त्यसले गर्दा जुन खाली ठाउँ उत्पन्न भयो, त्यसमा विस्तारै दक्षिणपन्थले खुट्टा घुसा¥यो ।
अझै पनि प्रष्टसँग के भन्न सजिलो छैन भने विश्वमा आज जे भइरहेको छ, किन भइरहेको छ ? त्यसका अनेक कारण छन् । मात्र के भन्न सकिन्छ भने त्यो पनि एउटा समय थियो, जतिबेला वामपन्थले दुनियाँलाई जगाएको थियो, झक्झकाएको थियो र उठाएको थियो । तर, अहिले दक्षिणपन्थ छ यसले त्यो जन जागरणलाई मार्दैछ र आफ्नो शिकारमा विश्वभरिका आम जनतालाई नै किनारामा पार्दैछ । त्यसैले विश्वभरिका जनता पहिलेभन्दा गम्भीर र जागरुप बन्नुपर्ने समयको दबाब र पुकार छ । यसको विकल्प छैन, छ भने त्यो केवल दक्षिणपन्थ र अन्ततः विनाश मात्रै हो !
(सुवेदी नेपाल कम्यूनिस्ट पार्टीका उपाध्यक्ष हुन्।)
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...