×

NMB BANK
NIC ASIA

काठमाडौं– नेपालको संसदीय इतिहासमा सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका दीपकराज जोशीको सुनुवाइ सबैभन्दा पेचिलो बन्दै गइरहेको छ । 

Muktinath Bank

शैक्षिक प्रमाण पत्र, फैसला र आदेशको विषयमा उब्जिएका प्रश्नले जोशी सुनुवाइ समितिबाट अनुमोदित हुने संभावना कम हुँदै गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संघीय संसदको संयुक्त वैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५’ मा सुनुवाइ समितिको दुईतिहाइ सदस्य संख्याले नाम अस्वीकृत गर्नसक्ने प्रावधान छ । 


Advertisment
Nabil box
Kumari

नियमावलीको नियम २६ को उपनियम ५ मा ‘सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिनेछ,’ भनेर उल्लेख गरेको छ । यसको अर्थ सुनुवाइ समितिमा रहेका कूल सदस्य संख्याको दुईतिहाइ बहुमतले जोशीको नाम अनुमोदन नगर्न सक्छ भन्ने हो । 

Vianet communication

अहिले संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय छ । जसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ९ र अर्को सत्तासाझेदार संघीय समाजवादी फोरमका १ सदस्य छन् । नेकपाका ९ र फोरमको १ सहित समितिमा सत्तापक्षीय सांसदको संख्या १० अर्थात् दुईतिहाइ पुग्छ । 

जोशीको नाम अस्वीकृत हुनसक्छ ? 
 
२०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका दीपकराज जोशीको संसदीय सुनुवाइका क्रममा त्यतिबेला पनि विवाद सिर्जना भएको थियो । सर्वोच्चको न्यायाधिशका लागि नाम सिफारिस गर्दा न्यायपरिषदमा नै जोशीविरुद्ध आवाज उठेको थियो । 

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशका रुपमा न्याय परिषद्को सदस्य रहेका रामकुमारप्रसाद साहले जोशीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने परिषदको निर्णयमा असहमति जनाएका थिए । जोशीमा विषयवस्तुको ज्ञान न्यूनस्तरको रहेको, विभिन्न विवादित फैसला गरेको र माथिल्लो अदालतबाट सचेत गराउँदा समेत सो कार्य दोहोर्याइरहेकाले उनी सर्वोच्चको न्यायाधीश हुन योग्य नरहेको भन्दै साहले परिषदको निर्णयमा ‘नोट अफ डिसेन्ट’ जनाएका थिए । 

जोशीसँग त्यतिबेला ८ जना न्यायाधीशको नाम सिफारिस भएको थियो । तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला नेतृत्वको संवैधानिक परिषदले न्याय परिषदको सिफारिस  अनुमोदन गरी ८ जना न्यायाधीको सुनुवाइका लागि संसदस्य सुनुवाइ विशेष समितिमा सिफारिस गरेको थियो । 

तर समितिमा भने जोशीको अनुमोदनका विषयमा विवाद उत्पन्न भएको थियो । ७२ सदस्य रहेको तत्कालीन संसदीय विशेष सुनुवाइ समितिमा नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्रले जोशीविरुद्ध मतदान गरेका थिए । समितिमा एमालेका १५ र माओवादीका ७ सदस्य थिए । 

सर्वोच्चको न्यायाधीश हुँदा नै विपक्षमा मतदान गरेका एमाले र माओवादी (अहिलेको नेकपा)का सांसद  अहिले पनि जोशीको विपक्षमा छन् । संघीय फोरमसमेत नेकपाकै लाइनमा उभिएपछि समितिमा जोशीविरुद्ध दुईतिहाइ मत पुग्ने निश्चित छ । 

जोशीको नाम अनुमोदन नभए के हुन्छ ? 

संसदीय सुनवाइका लागि सिफारिस गरिएका व्यक्तिको सम्बन्धमा सुनुवाइ समितिले गर्ने निर्णयका सम्बन्धमा संविधानमा स्पष्ट व्यवस्था छैन । यद्यपि २८२ मा ‘संघीय कानून बमोजिम सुनुवाइ’ हुनेछ भनिएको छ । 

सुनुवाइसम्बन्धमा छुट्टै ऐन नबिनिसकेको अवस्थामा अहिले ‘संघीय संसदको संयुक्त वैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५’ बमोजिम सुनुवाइ प्रक्रिया अगाडि बढाइएको छ । सोही नियमावलीमा भएको व्यवस्थाअनुसार जोशीको नाम दुईतिहाइ बहुमतले अस्वीकृत हुनेसक्ने केही कानूनविद्हरु बताउँछन् । 

तर, कतिपय कानूनविद भने न्याय परिषद् र संवैधानिक परिषद्बाट सिफारिस गरिएका व्यक्तिलाई बीचमा हटाउन पाउनेसम्बन्धमा संविधानमा कुनै व्यवस्था नभएकाले जोशीको अनुमोदन गर्नेपर्ने तर्क पनि राख्छन् । 

कानूनविद् डा. युवराज संग्रौला भने संसदीय सुनुवाइ संसदको विशेषाधिकार अन्तर्गत पर्ने भएकाले सोसम्बन्धमा संसदले निर्णय गर्न पाउने बताउँछन् । ‘संविधानले स्पष्ट रुपमा सुनुवाइको व्यवस्था गरेको छ । जो संसदको विशेषाधिकार पनि हो,’ डा. संग्रोला भन्छन्, ‘सुनुवाइ गर्ने अधिकार पाएको निकायले निर्णय गर्ने अधिकार स्वतः पाइहाल्छ ।’

यद्यपि जोशीका हकमा भने उनका सम्पूर्ण शैक्षिक प्रमाणपत्र पूर्ण रुपमा ‘भेरिफाइ’ गरेर मात्रै निर्णय लिइनुपर्ने डा. संग्रौलाको भनाइ छ । ‘समितिले जोशीको नाम स्वीकृत गर्यो भनेपनि पब्लिकले भोलि नक्कली प्रमाणपत्र भएको व्यक्तिलाई प्रधानन्यायाधीश भयो भन्ने छन्,’ संग्रोलाले भने, ‘भोलि कुनै व्यक्ति जोशीका प्रमाणपत्र नक्कली भएकाले कारबाही गनुपर्यो भन्दै अनशन पनि बस्न सक्छन् ।’

जोशीका प्रमाण पत्रको फोरेन्सिक जाँच गरेर तथ्यगत प्रमाणका आधारमा निर्णय गरे मात्रै सुनुवाइ समितिको निर्णयमा नागरिकले विश्वास गर्ने वातावरण बन्ने संग्रौलाको भनाइ छ । 

जोशी नभए को ?  

संसदीय सुनुवाइ विशेष समितिले जोशीको नाम प्रधानन्यायाधीशमा अनुमोदन नगरे उनको सिफारिसको निर्णय संवैधानिक परिषदमा फिर्ता हुन्छ । न्याय परिषदको सिफारिसका आधारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने संवैधानिक परिषदले न्याय परिषदबाट प्रधानन्यायाधीशका लागि पुन नाम पठाउन पनि परिपत्र गर्न सक्छ । 

यद्यपि जोशीको नाम सिफारिस गर्दा न्याय परिषदले अन्य दुई जना वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम समेत सिफारिस गरेकाले संवैधानिक परिषदले सोहीमध्ये १ जनाको नाम सुनुवाइका लागि समेत सिफारिस गर्न सक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x