×

NMB BANK
NIC ASIA

शहीद परिवारको सहयोगका लागि प्रदेश सरकारबाट ‘विशेष व्यवस्था’

भदौ ११, २०७५

NTC
Premier Steels

जनकपुरधाम – मधेश आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका लागि २ नम्बर प्रदेश सरकारले ‘विशेष व्यवस्था’ गरेको छ ।

Muktinath Bank

प्रदेश सरकारले मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ जारी गर्दै सहयोग गर्ने व्यवस्था गरेको हो । शहीद परिवारका सदस्य र घाइतेले पढ्न चाहेको सरकारी विद्यालयमा १२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ । शहीद परिवारका सदस्य र घाइतेलाई दिइने सीपमूलक तालिममा पहिलो प्राथमिकता दिने व्यवस्था गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारको कुनै पनि सरकारी कार्यालयमा कुनै कर्मचारीको दरबन्दी रिक्त भएमा प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति नहुन्जेलसम्म ज्यालादारी तथा करार सेवामा लिइने पदमा योग्यता र कार्यक्षमताको आधारमा शहीद परिवारका सदस्य र घाइतेलाई पहिलो प्राथमिकतामा राख्ने अनिवार्य रूपमा लागू गरिने निर्देशिकामा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

आन्दोलनको नेतृत्व गरेका मधेश केन्द्रीत २ राजनीतिक दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल प्रदेशको सरकारमा छन् । दुवै दलले नेतृत्व गरेका विभिन्न आन्दोलनमा शहीद भएका व्यक्तिका पत्नी, बालबालिकाको अवस्था भने अत्यन्तै दयनीय रहेको छ । तर, प्रदेश सरकारले निर्देशिका जारी गरेका कारण शहीद परिवार आशावादी छन् ।

Vianet communication

महोत्तरी गाउँपालिकाको महोत्तरी गाउँका रामविवेक यादव मधेश आन्दोलनका क्रममा शहीद भएका हुन् । सुरक्षाकर्मीले चलाएको गोली लागेर २०७२ भदौ २३ गते यादव शहीद भएका थिए । स्नातक उत्तीर्ण गरेर गाउँकै एक संस्थागत विद्यालयमा प्रिन्सिपलको रूपमा कार्यरत यादव आन्दोलनमा सहभागी हुनका लागि महोत्तरीको जलेश्वर गएका थिए । मातृकाप्रसाद यादवले नेतृत्व गरेको तत्कालीन नेकपा माओवादीसँग समेत आवद्ध रहेका यादव आन्दोलनमा सहभागी भएका बेला शहीद भएका थिए ।

ईन्दु यादव र ईन्दोदेवी यादवको एक्लै छोरा रामविवेक गुमाउनुपर्दा आमाबुवाको संसार नै सिद्धियो । त्यसभन्दा पनि ठूलो बज्रपात ७ महिनाअघि नै विवाह गरेर घर भित्रिएकी उनकी पत्नी अनिला यादवलाई पर्यो । पति गुमाउँदा अनिलाको कोखमा ६ महिनाको बच्चा उनको गर्भमै थियो । पति गुमाउँदा समस्यामा परेकी अनिलालाई प्रदेश सरकारले सहयोग गरेको छ ।

प्रदेश सरकारको स्थापना भएपछि मुख्य न्यायाधिवक्ताको कार्यालयमा जेठ १६ गते करार सेवामा रहने गरी कार्यालय सहयोगीको रूपमा उनले जागिर पाएकी छन् । मासिक १६ हजार २ सय ३० रुपैयाँको पारिश्रमिकले मात्र घर चलाउन गाह्रो हुने उनले सुनाइन् । ‘करारमा जागिर दिइएको छ, प्रदेश सरकारले कमसेकम स्थायी गरिदिओस्,’ उनले सरकारसँग अनुरोध गरिन् ।

तेस्रो मधेश आन्दोलन शुरू भएको बेला सप्तरी भारदहका राजीव राउत भनिने राजेन्द्र राउत प्रथम शहीद भएका थिए । २०७२ भदौ १ गते राजमार्गमा सुरक्षाकर्मीले चलाएको गोली लागेर राउतको मृत्यु भएको थियो । 

उनको शहादतले बुवा भीम राउत, आमा मधियादेवी राउत, पत्नी निलमदेवी राउत, डेढ वर्षका छोरा आर्यन राउत र कान्छो ३ महिनाकी छोरी आरजुकुमारी राउत सहारा विहीन भएका थिए । तर, अहिले प्रदेश सरकारले रोजगारीको व्यवस्था गरिरहेको छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालयमा कार्यालय सहयोगीको रूपमा निलमलाई पनि प्रदेश सरकारले जागिरको व्यवस्था गरिरहेको छ । करार सेवामा कार्यालय सहयोगीको रूपमा उनलाई नियुक्ति दिने तयारी गरिएको छ । मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भने, ‘निलमदेवी राउतलाई आफ्नै कार्यालयमा कार्यालय सहयोगी पदमा नियुक्ति दिने तयारी गरिएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x