×

NIC ASIA

कवि भूपी शेरचनले ‘मेरो चोक’ शीर्षकमा एउटा कविता लेखेका थिए । मलाई अहिलेसम्मको सबैभन्दा मन परेको, मन छोएको कविता नै यही हो । यो कविताको एक हरफमा बडो दिलचस्पी जगाउने भाव छ जसले मनको गंगा तारेर कता कता पुर्‍याउँछ । भूपीले कवितामा ‘साँघुरो गल्लीमा मेरो चोक छ’ भनेका छन् । मलाई यस्तो लाग्छ, त्यो चोक भनेको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालय हो ।

Muktinath Bank

रातभरि उपियाँले टोक्छ,
दिनभरि रुपियाँले टोक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कविताको यो भावसँग नेपाली युवाको एकमुठी प्राण र सजीव सपनाहरूको मिठास छ । भनिन्छ, सपना त्यो हो जो निदाएको बेला हैन, ब्युँझेको समयमा देखिन्छ ।


Advertisment
Nabil box
Kumari

यस्तै ब्युँझिएका हजार सपनाहरूको माया लागेर त होला हजारौंको लामो लाइन यो पुसमाघको मुटु काँप्ने जाडोमा खडा हुन्छन् श्रम स्वीकृतिका निवेदनहरू बोकेर । जब रातभरि उपियाँले टोक्छ, दिनभरि रुपियाँले टोक्छ, हाम्रा युवा के के गर्नसम्म बाध्य हुँदैनन् ? मुरलीको धुनमा व्यस्त शासकहरूलाई के थाहा ?

Vianet communication

यही ताहाचलको साँघुरो गल्लीमा एउटा चोक छ । यो चोक युवाको रगत पसिना बेच्नका लागि आतुर भएर बसेको हुन्छ हरेक बिहान । श्रम विभागका कर्मचारीहरूको एक सहीछापको लागि घण्टौंसम्म लाइनमा खडा हुनुपर्छ देशको काँध भनिएका लक्का जवानहरू । मानौं कि ताहाचाल चोकमा सबथोक छ । त्यहाँ असङ्ख्य रोग छन् । अनि केवल हर्ष छैन, त्यसमाथि रोक छ । मानिसले एक अर्कालाई धिक्कार्दै एकसाथ पुर्पुरो ठोक्छन् त्यही साँघुरो ताहाचलको गल्लीहरूमा ।

यिनै नरमाइला गल्लीहरूको क्यानभासमा भासिएको छ, नेपाल सरकार नामक एउटा कर्पोरेट हाउस । यो कर्पोरेट हाउसले घोषणा गर्न बाँकी त के नै छ र ? अब चन्द्रमामा पानीजहाज चलाउने घोषणा गर्न मात्र बाँकी छ । कुन समयमा के चीज घोषणा गर्ने भन्ने कुरा यिनीहरूलाई सिकाउनुपर्दैन । आजभोलि घोषणा अलिक कम हुँदै गएका छन् किनभने चुनावको मिति अलिक वर्षका निम्ति धकेलिएको छ । 

फिरन्ते बिचौलियाको कुरा छाडौं, सोल्टीमोडमा जीवन बीमा गर्नेदेखि श्रमको अन्लाइन फारम भर्ने पसलहरू छ्यापछ्याप्ती छन् । तिनले मनलाग्दी पैसा असुल्ने गर्छन् । बार्गेनिङ गर्‍यो भने प्रहरी बोलाउँछन् ।

यस्तै घोषणाहरूको राज्यमा ३ पुस २०७३ मै अनलाइनबाट श्रम स्वीकृति लिन सकिने घोषणा भएको थियो । केही दिनअगाडि फेरि पनि टोकन सिस्टमको घोषणा भयो । तर ताहाचाल चोकमा गएर हेर्नुहोस् हाम्रा युवाहरूको पीडा र महसूस गर्नुहोस् न तिनको मुहारको आक्रोश । सजाय दिएको जस्तो गरेर घण्टौंसम्म लाइनमा खडा गरिएका तिनका पैतालाको दुखाइ महसूस गर्नुहोस् । के सोच्छन् होला तिनले आफ्नै देशका बारेमा । कुन मनोदशा बोकेर ती जहाजको सिटमा बस्छन् होला ।

हिमालको पानी बेच्छौं भन्छन् शासकहरू तर श्रम विभागको गेटबाटै बेच्न शुरू गरिन्छ हाम्रा नौजवानको आँसु । कति खानुपर्छ तिमीहरूलाई घूस ? सयौं वर्षदेखि यो देशको सपनालाई चिहान त बनाएकै छौ । सयौं वर्षदेखि यस देशको पौरखी हातहरूलाई चिहानघाटमा भेटिने हड्डीको टुक्रा जस्तो बनाएकै त छौ । देशमा रोजगार दिन सकेनौ, युवाको भरोसा बन्न सकेनौ । बरू उल्टै कर्णधारहरूको मलामी बन्यौ । अरे यार, कम्तीमा श्रम स्वीकृति त सहज तरिकाले देऊ ।

ती भेडाबाख्रा हैनन् जसले श्रम स्वीकृतिको भिख मागिरहेका छन् । ती साउदी कतार बनाउने युवाका जोश हुन्, रगत पसिना हुन् । रुखको छेल पारेर टुँडिखेलमा मुत्नेहरूलाई के थाहा स्मार्ट सिटी भनेको के हो ? कार्यालयको भित्तामा पानपरागको र्‍याल थुक्नेहरूलाई के थाहा विकास भनेको कुन चराको नाम हो । हो, ती युवा भेडाबाख्रा हैनन्, ती त खाडीलाई हराभरा बनाइदिने सुन्दर हत्केलाहरू हुन् ।

हावा र हचुवाको भरमा काम गर्ने यस सरकारका मन्त्री कहिलेकाहीँ छड्के जाँचमा हिँडेर सस्तो चर्चा कमाउन खोज्छन् । शरम करो, ये कौन सा बडा काम करलिया आपने, भैयाजी ? गएर हेर, ताहाचलस्थित श्रम कार्यालयमा लाइन लागेका युवाको भीड । श्रमजीवीहरूको सम्मान कहाँ छ ? भेडाबाख्रालाई भन्दा तल्लो स्तरको व्यवहार गरेर युवालाई श्रम स्वीकृतिको कागज बुझाउनकै लागि घनघोर रातको २ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता किन ? 

युवाहरूले विदेश पुगेपछि दुःखकष्ट त पाउँछन् नै । तर स्वदेशबाटै शुरू गरिन्छ तिनलाई सजाय दिन । श्रमजीवीहरूको अपमान भइरहेको छ । यो जाडोको याममा यसरी घण्टौं लाइन बस्दा उनीहरूलाई निमोनिया हुन सक्छ । दम, खोकी जस्ता समस्याले सताउन सक्छ । यस्ता कुरा लेख्दा कतिपयलाई मजाक लाग्न सक्छ । के त्यो सजाय, त्यो कष्ट अमानवीय हैन ? कुन युगमा बाँचिरहेका छौं हामी ? उनीहरूलाई एक कप तातो चिया उपहार दिँदा यो सरकार ढल्छ ?

हो, अनलाइन सिस्टम वा टोकन सिस्टम प्रभावकारी हुन सक्लान् । तर आजको मितिसम्म यो लागू हुन सकेको छैन किनभने बिचौलिया र माफियाहरू सरकारभन्दा बलिया छन् । यति बलिया छन् कि यिनीहरू मन्त्रीको क्वार्टरमै पुगेर बातचित गर्न सक्छन् । फलना युनियनको मान्छे, फलना पातकी संगठनको नेता, चुनावमा फलना जगामा झोला बोकेर भोकै हिँडेको पातकी यी सबैले मन्त्रीको मन जितेका छन् त देश कसरी उँभो लाग्छ ?

हामीहरू दैनिक हजारौं युवालाई खाडीतिर धपाइरहेका छौं । गाँउघर सुनसान छ । चरम अस्थिरताका कारण देशमा बस्ने वातावरण छैन । देश धराशायी बन्दै गइरहेको छ । तर खै कति हजार पर्यटक आएकोमा मन्त्रीले केक काटेर आफैं खान्छन् । हाँसो लाग्छ । मरुभूमि हेर्न करोडौं पर्यटक पुग्छन् । यहाँ सगरमाथा छ तर हजार पर्यटकको गणना गर्छन् । रेमिट्यान्सका कारण देश चलेको कुरा अर्थविद्हरू बताउँछन् तर श्रम स्वीकृति लिन जाने युवाले चरम पीडा पाइरहेको चाल पाउँदैनन् । 

श्रम विभागमा धेरै लामो हुन्छ लाइन । भूलवश लाइन बिग्रिएमा प्रहरीहरूले लट्ठी चलाउँछन् । त्यो पनि एकदमै घटिया तरिकाले युवाहरूको टाउको टाउकोमा लट्ठी नचाउँछन् । ए, यता लाइन लाग्, उता लाइन लाग्, आँखा देख्दैनस् ? पढेलेखेको छैन ? यस्ता प्रश्नहरू गरेर लट्ठीले लुगामा घोच्छन् । कर्मचारीहरूको पनि व्यवहार निकै अमानवीय देखिन्छ । यी को हुन् र ? सस्ता कामदार न हुन् भन्ने मानसिकता देखिन्छ । हुने काम पनि नहुने बनाइदिन्छन् जब तिनले चियाखर्चको नाममा घूस घिच्न पाउँदैनन् ।  

मंसिर १२ गते पोखराकी ३० वर्षीया पार्वती गुरुङ श्रम स्वीकृति लिन ताहाचाल पुगेकी थिइन् श्रम विभागको गेटमा । तर उनको काम नभएको तीन दिन भइसकेको थियो । उनी तनावग्रस्त र विचलित अवस्थामा देखिन्थिन् । उनको हातमा एकथान पासपोर्ट र आवश्यक सबै कागजपत्रहरू भएपनि शाखा अधिकृत छत्र शाहको उर्दी थियो, ‘तपाईंको काम हुन्न, गर्न मिल्दैन । गर्नेभए विभाग जानुस् ।’ तिनको रुखो आदेशमा भाँचिएको थियो पार्वतीको कोमल मन ।

यो विभाग भनेको के हो ? कहाँ हो ? कस्तो हुन्छ ? पार्वतीलाई थाहा थिएन । घरबाट आउँदा ल्याएको खर्च समेत सकिएको थियो । ट्याक्सीमा ओहोरदोहर गर्दा मात्रै उनको आधी रकम खर्च सकियो । सार्वजनिक बसमा यात्रा गर्दा एक दिनको काम दुई दिन लाग्ने । उनी बेखर्ची बन्दै थिइन् तर श्रम स्वीकृति पाउन सकिनन् । उनी बिहान ३ बजेदेखि लाइन लागेर करीब ११ बजे कर्मचारीको अगाडि थकित मुहार लिएर पुगेकी थिइन् । तर उनको काम बन्न सकेन ।

अर्का थिए, धनगढीका श्याम ओली । उनको त्यही दिन बेलुकी ६ बजेको उडान थियो कतारका लागि । भिसा, टिकट सबै तयार नै थियो । उनी बिदामा आएका थिए । श्रम स्वीकृतिका लागि उनले दुई दिनदेखि अनवरत प्रयास गरिरहेका थिए तर कर्मचारीहरूको आलटालका कारण श्रम स्वीकृति पाउन सकिरहेका थिएनन् । अन्ततः ४ बज्यो, भोकाएका कर्मचारीहरू घर जान हतार गर्न थाले । बिचरा श्याम ओलीको जहाज छुट्यो । त्यस दिन श्रम स्वीकृति नमिलेकै कारण उनको ४० हजार रुपैयाँ चुना लाग्यो । 

श्रम स्वीकृतिमा यस्तै लापरवाही गर्दा वा सिस्टममा काम नहुँदा हजारौं युवा मारमा परेका छन् । कहिलेकाहीँ ती आक्रोशित पनि हुन्छन् । तर आक्रोशित भएर के गर्ने भन्या ? श्रम विभागको गेटमा तैनाथ छन् दर्जनांै प्रहरीहरू । झगडाको स्थिति बन्न लाग्यो भने उनीहरू लट्ठीले खेद्न थाल्छन् । सेवाग्राहीहरूको भागाभाग हुन्छ । यो यस्तो देश हो जहाँ सेवाग्राहीहरूको भागाभाग हुन्छ । भागभाग पनि यस्तो हुन्छ कि नेसनल ज्योग्राफी च्यानलमा बाघले हरिण लखेटे जस्तो ।

बिचौलियाहरूको मुहार हेर्दा यस्तो लाग्छ कि यो देशको सिङ्गो शासनप्रणाली तिनले आफ्नो थोत्रे झोलामा बोकेर हिँडिरहेका छन् । फिल्मी गुण्डाको शैलीमा चुरोट पिउँछन् ती, जतिसुकै तातो चिया किन नहोस् बहुत छिटो पिउँछन् । 

सेवाग्राहीको भागाभाग हुनुमा, उनीहरूको काम सहज रूपमा नहुनुमा, कर्मचारीहरूले मन लगाएर काम नगरिदिनुमा केही कारणहरू छन् किनभने ताहाचल चोकमा बिचौलियाहरूको चहलपहल उदेकलाग्दो छ । ती बिचौलियाहरूको मुहार हेर्दा यस्तो लाग्छ कि यो देशको सिङ्गो शासनप्रणाली तिनले आफ्नो थोत्रे झोलामा बोकेर हिँडिरहेका छन् । फिल्मी गुण्डाको शैलीमा चुरोट पिउँछन् ती, जतिसुकै तातो चिया किन नहोस् बहुत छिटो पिउँछन् । 

सोल्टीमोड चोकमा कामदार युवाहरू पुग्नेबित्तिकै बिचौलियाहरू बडो हर्षित हुँदै प्रश्न गर्छन्, ‘श्रम गर्न आउनुभएको हो ? यो श्रम तपाईंले गर्न त गाह्रो हुन्छ । हामी गरिदिन्छौं । ८,९ हजारमा काम खतम । हजुर उभिन पनि परेन । टेन्सन नै खतम । बरू यसो काठमाडौं घुम्नुहोस् । जाने बेला भएको रहेछ । काम हामी गरिदिउँला । भित्र कुरा गर्नुपर्छ ।’ भित्र कससँग कुरा मिलाउनुपर्छ ? के काम बिग्रिएको छ र कुरा मिलाउने ? यी सबै विषय अमूर्त छन् । तर भित्र हुन्छन् जनताकै पसिनाबाट पालिएका कर्मचारीहरू । श्रमजीवीलाई नो एन्ट्री, बिचौलियालाई सम्मानका साथ एन्ट्री । 

एकबारको जुनीमा कतिपय बिचौलियाहरू बडो छाडा हुन्छन् । किधर किधर से आते हैं यै लोग और कहाँ कहाँ रहते हैं । बडो बाठा पनि हुन्छन् । तिनले दिदीबहिनीकै पनि हात नै च्याप्प समात्न आइपुग्छन् । कतिपयले झोला समातेर तान्छन् । मानौं कि यो श्रम विभाग हैन, रेड एरिया हो । तेस्रो लिंगीको शैलीमा मान्छेका हात समात्न आउँछन् ।

यी फिरन्ते बिचौलियाको कुरा छाडौं, सोल्टीमोडमा जीवन बीमा गर्नेदेखि श्रमको अन्लाइन फारम भर्ने पसलहरू छ्यापछ्याप्ती छन् । तिनले मनलाग्दी पैसा असुल्ने गर्छन् । बार्गेनिङ गर्‍यो भने प्रहरी बोलाउँछन् । यहाँभन्दा लामो त के लेखौं र हजुर, ब्लड प्रेसर हाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x