×

NMB BANK
NIC ASIA

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ महावीर चोकका अजित साहलाई उनका बुवा रामसुन्दर प्रसाद साह चार्टर्ड एकाउन्टेन्ट (सीए) बनाउन चाहन्थे । 

Muktinath Bank

बुवा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत भएकाले व्यापार व्यवसायको शिक्षाका लागि कमर्स पढाएर सीए बनाउने उनको ठूलै चाहना थियो । तर अजित भने सीए बन्न सकेनन् । पढ्नका लागि वाणिज्य संकायमै स्नातक पनि गरे । तर बुवाले चाहेकोजस्तो सीए भने बन्न सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीए बने ठूलो इज्जत, प्रतिष्ठा र सम्मानका साथै राम्रो कमाइ पनि हुने बुझेर उनका बुवाले उनलाई सीए बनोस् भन्ने चाहना राख्नु अस्वाभाविक थिएन । तर अजित त बाल्यकालदेखि नै चित्र बनाउनेतर्फ बढी रुची राख्थे । कक्षामा पनि चित्र बनाउने काममा प्रथम हुने गर्थे ।


Advertisment
Nabil box
Kumari

झन् माध्यमिक तहमा पुग्दा पूर्वव्यावसायिक शिक्षा पढेर हस्तकलाका सामग्री बनाउने, विभिन्न चित्र बनाउने काममा बढी ध्यान दिन थाले ।

Vianet communication
Laxmi Bank

घरमा आमाले पूजाका लागि बनाउने ‘अरिपण’ले उनको ध्यानाकर्षण गरायो । घरमा पूजा गर्नका लागि ‘अरिपण’ बनाउने गरिन्छ । माटोलाई गोबरले पूजा गरेर पूजा सामग्री राख्नका लागि चामलको पिठो (पिठार) सहित विभिन्न ज्यामितीय आकारको अष्टदल सहितको बनाइने चित्रलाई मिथिलामा ‘अरिपण’ भनिन्छ । त्यसै अरिपणमा पूजा सामग्री राखेर पूजा गर्ने मिथिलामा प्रचलन छ ।

घरमा विद्रोह !

आमाले अरिपण बनाउँदा अजितले ध्यानपूर्वक हेर्थे र घरमा उनी आफैं पनि सोही किसिमको अरिपण बनाउँथे । अजितको त्यो बानी देखेपछि आमाबुवा सबैले अजितलाई गाली गर्दै ‘यो महिलाले गर्ने काम हो । पुरुषले यस्तो किसिमको चित्र बनाउँदैन’ भनेर भन्ने गर्थे । तर पनि उनको चित्रकला प्रतिको रुची भने घटेन । आमाबुवा भने छोरा बिग्रियो, महिलाले गर्ने काम गर्न थाल्यो भन्दै चिन्ता लिन थाले । आमाबुवाले जति गरेपनि अजित भने रोकिएनन् ।

अजितका बुवा फूटबलको लोकप्रिय खेलाडी समेत थिए । नेपालको तर्फबाट भारतको कोलकातामा रहेको मोहन बगानमा फूटबल खेल्न जाने गर्थे । पछि उनी फूटबलको रेफ्री पनि बने ।

छोराले आफ्नो सबै प्रतिष्ठा गुमायो, समाजमा कसरी मुख देखाउने भन्ने जस्ता चिन्ताले बुवा ग्रस्त भइरहेकै बेला छोरा अजित चित्रकला सिक्न भन्दै काठमाडौं पुगे । चित्रकला तालिममा ‘थान्का’ सिक्न गएका थिए उनी । बौद्ध समुदायको ‘थान्का’ भन्दा पनि मिथिला चित्रकला सिक्न भन्दै उनलाई मिथिलाको सभ्यता, लोकसंस्कार, जीवनशैली आदिको अध्ययन गर्न प्रशिक्षकले सिकाए ।

क्यामेरा बोकेर गाउँगाउँ

तालिमपछि अजित जनकपुर फर्केर क्यामेरा लिएर गाउँगाउँ घुम्दै पर्खाल र ढोकामा महिलाहरूले बनाएका चित्रको फोटो खिचेर त्यसको चित्र बनाउन थाले । जनकपुरधाम क्षेत्रमा पूर्णिमाका दिन भक्तजनले गर्ने पूजाका दृश्य, मन्दिरमा बसेर च्यूरा दही खाइरहेको साधुसन्तको दृश्यदेखि अन्तगृही परिक्रमादेखि सीताराम विवाह पञ्चमीका सबै दृश्यलाई क्यामेरामा फोटो खिच्ने उनले कागजमा चित्र बनाउन थाले ।

उनी जनकपुरमा चित्र बनाउने र बिक्रीका लागि काठमाडौं पठाउने गर्थे । एक पटक काठमाडौंमा उनको २ जना विदेशी पर्यटकसँग भेट भयो । अमेरिकी नागरिक ग्लिन ग्ल्याफाबिन र जापानका राय मुरासँग भेट भएपछि चित्रकलामा कस्तो रङ हुनुपर्छ भन्ने टिप्स अजितले पाए । कस्तो डिजाइनको चित्र बनाउनुपर्छ, चित्रमा कस्तो–कस्तो रंग हाल्नुपर्छ भन्ने कुरा ती विदेशी पर्यटकले उनलाई सिकाए ।

‘चित्र हेर्दा अनौठो छ, पिकासो आर्ट र इजिप्टको आर्टसँग मिल्दोजुल्दो छ । तर रंगको संयोजन नमिल्दा चित्र त्यति धेरै आकर्षक हुन नसकेको उनीहरूले प्रतिक्रिया दिएका थिए,’ अजित भन्छन्, ‘त्यसपछि रंग समेतको संयोजन गर्दै जाँदा उनीहरूले चित्र किन्न थाले । उनीहरूले विदेशबाटै अर्डर दिन्थे र म चित्र बनाएर स्वच्छ ब्यबसायी संघलाई दिने गर्थे । त्यहीबाट जापान र अमेरिकामा मेरो चित्र विक्री हुन थाल्यो ।’

२०४१ सालमा काठमाडौंको एवन बजारमा चित्रकलासँगै हस्तकलाको प्रदर्शनी लागेको थियो । अजितले पनि आफ्नो चित्रकलाको स्टल साना हस्तकलाको छेउमै लगाएका थिए । तर ग्राहकको भीड भने साना हस्तकलामा नगएर अजितकै स्टलमा आउन थाल्यो । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लाग्ने गरेको स्टलमा दिनको करीब ४० देखि ४५ हजार रुपैयाँसम्मको चित्र बिक्री गरेको अजितले बताए । त्यसपछि साना हस्तकलाले अजितलाई चित्रकला बनाएर आफूलाई बिक्री गर्न आग्रह गरे । त्यसपछि उनले साना हस्तकलाका लागि चित्र बनाउन थाले ।

ऐना, टेबल क्ल्थ, कुशन कभर, पेन स्ट्याण्ड, फोटो फ्रेम, बेड सीट, वाल पोकेट लगायतका विभिन्न सामग्रीमा मिथिला चित्रकलाको चित्र बनाएर साना हस्तकलालाई बिक्री गर्न थाले । अजित भन्छन्, ‘अहिले करीब २ सय ३० वटा आइटममा मिथिला चित्रकला बनाएको छु । सबै आइटम देशविदेशमा बिक्री भइरहेको छ ।’

जापानमा चित्रकलाको प्रदर्शन

सन् २००३ मा जापानमा साप्लानियर नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको चित्रकला प्रदर्शनीमा नेपालको तर्फबाट अजितले आफ्नो चित्रकलाको प्रदर्शनी गर्ने मौका पाए । संस्थाले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रदर्शनीमा अजितको खुबीको प्रसंसा गरियो र बिक्री पनि खुब भयो ।

टोकियोको कम्पो म्युजियममा भएको प्रदर्शनी साथै एकल प्रदर्शनीका क्रममा उनले  करीब २२ दिन जति जापानमा बसे । जापान बसाइको क्रममा उनले एन्सियेन्ट मिथिला नामक चित्रकलाको प्रदर्शनी गरेका थिए । त्यहाँ उनले जापानका मानिसले कस्तो किसिमको चित्र मन पराउँछन् भन्ने कुराको अध्ययन गर्नुका साथै उमेर हिसाबले समेत फरक–फरक रंग, डिजाइनको चित्र मन पराउने गरेको कुराको भेद उनले पाए ।

चित्रकलाको विकास र विस्तार

जनकपुर फर्किएपछि उनले जनकपुर आर्ट एण्ड क्राफ्ट्स नामक संस्था दर्ता गरे । जनकपुरका महिलालाई चित्रकला सिकाउँदै काम दिन थाले । अहिले उनको संस्थामा ३४ जना महिला काम गर्छन् ।

चित्रको स्केच बनाउनेदेखि रंग भर्ने लगायतको काम सिकाएर मासिक पारिश्रमिक दिने गरिएको छ । उनको पत्नीले हस्तकलाको काम हेरिरहेकी छन् । उनले बनाउने चित्र अमेरिका, जापान, श्रीलंका, अस्टेलिया लगायत विभिन्न देशमा निर्यात हुने गरेको छ ।

क्लिन्टनको कार्यालयमा अजितको पेन्टिङ

अजितले बनाएको मिथिला पेन्टिङ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनदेखि नेपालको प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयमा झुन्डिएको छ । १० वर्षअघि साना हस्तकलामा अमेरिकी राजदूत आएर क्लिन्टनका लागि ४ वटा पेन्टिङ किनेका थिए । प्रतिपेन्टिङ १० हजार रुपैयाँमा बिक्री भएको अजितले बताए ।

क्लिन्टनलाई दिएको ४ वटा चित्रमध्ये एउटा चित्रमा मिथिलाको परम्परागत रूपमा ढिकी कुट्ने, धान कुट्ने, च्युरा कुट्ने चित्र थियो भने दोस्रो चित्रमा मिथिलाका पर्वहरू छठ, झिझिया, सामा चकेबा लगायतको चित्र बनाइएको अजित बताउँछन् । तेस्रो चित्रमा अरिपण, कोहबर, गहबा संक्रान्ति र चौथोमा गोदनाको चित्र बनाइएको उनले स्मरण गरे ।

नेपालका प्रधानमन्त्री ओलीको कार्यालयमा रहेको मिथिला पेन्टिङमा मिथिलाको जीवनशैली, पूर्वप्रधान मन्त्री माधवकुमार नेपालको घरमा रहेको पेन्टिङमा छठको चित्र, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइको घरमा मिथिला ट्रे र दैनिक जनजीवनको चित्र झुन्डिएको अजित बताउँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयमा झुण्डिएको चित्रकलामा मिथिलामा महिलाले लगाएको घुम्टो र मर्यादा तथा लज्जालाई चित्रमा दर्शाइएको उनले बताए ।

हालसम्म सबैभन्दा बढी महंगो चित्र अमेरिकामा बिक्री भएको उनले सुनाए । अमेरिकाको आईबा प्रान्तको डेमोइन शहरका १ जना प्रोफेसरले भगवान विष्णुको चित्र १ लाख ७० हजार रुपैयाँमा किनेको उनले बताए । ३५ देखि ४० फिट लामो चित्रमा भगवान विष्णुको अनौठो रुप सहितको चित्र कोरिएको थियो ।

ख्याती देखेर बुवा खुशी

अजितले विभिन्न देशमा गएर एकल मिथिला पेन्टिङ गरिसकेका छन् । जब उनले चित्रकलाको माध्यमले देश विदेशमा नाम कमाउन थाले, उनका बुवाले बल्ल आएर छोराले राम्रो काम गरेको छ भनेर झन् हौसला बढाएको उनले स्मरण गरे । उनका बुवाको केही वर्षअघि निधन भयो ।

२ वर्षअघि २०७३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनको प्रतिभालाई कदर गर्दै राष्ट्रिय प्रतिभा पुरष्कारले सम्मान गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मानित गरेका थिए । उनलाई विभिन्न संस्थाले कदर, सम्मान गर्नुका साथै पुरष्कृत गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x