×

NMB BANK
NIC ASIA

टीकापुर घटनासम्बन्धी मुद्दाको फैसला : २७ प्रतिवादीमध्ये क–कसलाई के सजाय ? [नामावलीसहित]

फागुन २२, २०७५

NTC
Premier Steels

धनगढी –जिल्ला अदालत कैलालीले टीकापुरमा भएको हिंसात्मक घटनाका दोषिलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

Muktinath Bank

रेशम चौधरीका अलावा हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, ब्रिजमोहन डंगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम डंगौरालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा १३ (३) बमोजिम जन्मकैदको फैसला सुनाइएको छ । यी प्रतिवादीमध्ये श्रवण चौधरी नाबालक देखिएकोले निजलाई बालबालिका सम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार आधा सजायँ अर्थात् १० वर्ष कैद हुने फैसलामा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, प्रतिवादीहरू लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डंगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरी समेत १२ जनालाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७ (३) नम्बरबमोजिम ३ वर्ष कैद हुने ठहर अदालतले गरेको छ ।


Advertisment
Nabil box
Kumari

यी प्रतिवादीमध्ये चुन्नीराम चौधरी २०७५ फागुन ३० गते थुनामुक्त हुने र अन्य ११ जनाको कैद अवधि भुक्तान भईसकेकाले बुधबार नै थुनामुक्त गर्ने फैसला अदालतले सुनाएको छ ।

Vianet communication

प्रतिवादी करन चौधरीलाई बालबालिका ऐन, २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने ठहरेकोमा निजको पनि कैद भुक्तान भैसकेकोले आजै थुनामुक्त हुनेछन् ।

अन्य प्रतिवादी नुरुलअलि जागा भन्ने तहाँवर अलिजागा, विश्राम चौधरी (कुश्मी) र रामनरेश चौधरीले सफाई पाएको जिल्ला अदालत कैलालीका श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए ।

श्रेष्तेदार कठायतका अनुसार प्रस्तुत मुद्दामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी ३ वटा बारदातको अभियोग लगाइएकोमा डाँका चोरीतर्फ सबै जनाले सफाई पाएका छन्, भने कर्तव्य ज्यान तथा जन्मकैद हुने ठहरेका १० जना प्रतिवादीले ज्यान सम्बन्धी महलको १५ नम्बरको कसुर अपराधमा तजविजी ५ वर्ष समेत थप सजाय र नाबालक श्रवण चौधरीलाई २ वर्ष ६ महिना कैद हुने ठहरे पनि मुलुकी ऐन दण्ड सजायको ४१ नम्बर बमोजिम ठूलो कलमको कैद तोकिएकोले प्रस्तुत कैद तोकी रहनु नपर्ने समेत फैसाला भएको छ ।

फरार रहेका ३१ जनाको मद्दा मुलतवीमा राखिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x