×

NIC ASIA

बाबुरामको टिप्पणी - रेशम, सीके र विप्लव प्रकरणमा सरकार नराम्ररी चिप्लियो

चैत १३, २०७५

Prabhu Bank
NTC
Premier Steels

धनगढी- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारले रेशम चौधरी, सिके राउत र विप्लव प्रकरणमा निकास दिन नसकेको बताएका छन् ।

बुधवार धनगढीमा आयोजित खुला अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती तीन प्रकरणमा राज्यले निकास दिन नसकेको दावी गरेका हुन् । ‘एकातिर देशलाई नै २ टुक्रा बनाउछु् भन्ने पृथकतावादी सिके राउतलाई अत्यन्त अपारदर्शी ढंगले जेलमै रहेको बेला प्रधानमन्त्रीले भेट्ने, भित्रभित्रै सम्झौता गर्ने गर्ने र अदालतमा सेटिङ मिलाएर मुक्त गरिदिने । अनि भोलिपल्ट ठूलो तामझामका साथ प्रचार गर्ने, मानौं कि सिके राउत महानायक हुन्’, उनले आक्रोश व्यक्त गरे, ‘शान्ति प्रक्रियामा आएका छन् भने हामी स्वागत गर्न चाहन्छौं । तर यति नाटक किन गर्नुपरेको? अदालतलाई नै प्रभावित गरेर छुट्न लगाउने, भोलिपल्ट सम्झौता गर्ने ? हतार–हतारमा गर्नुको पछाडि केही छ भनेर जनताले शंका गरेका छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिके राउतसँग भएको सहमतिको २ नम्बर बु्ँदामा ‘जनअभिमत आधारित लोकतान्त्रिक विधि’ उल्लेख भएको बताउँदै उनले लोकतन्त्रमा जनअभिमतमा आधारित भन्नुको औचित्य नभएको औंल्याए । जसबाट दोहोरो अर्थ लगाएर राष्ट्रियतामाथि खेलवाड समेत भएको डा. भट्टराईको भनाइ थियो ।


Advertisment
Rupse Holidays
Nabil box

त्यस्तै, उनले टीकापुर घटनालाई आपराधिक रुपमा अदालतमा लैजानु गलत भएको बताएका छन् । सरकारले राजनीतिक रुपमा समस्या समाधान गर्नुपर्नेमा अदालत लगेकोमा भट्टराईले दुःख व्यक्त गरे ।

Vianet communication

‘प्रदेशको सीमांकनको विषयमा असन्तुष्टी लिएर र पहिचानका लागि गरेको थारुहरुको आन्दोलन राजनीतिक आन्दोलन थियो’, उनले भने, ‘टीकापुर आन्दोलनलाई सरकारले राजनीतिक रुपमा समाधान गर्नुपर्छ र यो नै बुद्धिमानी हुन्छ । दण्ड दिएर झन् घाउ मात्रै चहर्याउँछ र थप द्वन्द्वको वातावरण बनाउँछ ।’

यसैबीच उनले टीकापुर घटनाबारे नयाँ खुलासा गरेका छन् । नेपाल रेडक्रसका एक जनाबाट पाएको जानकारीलाई उदृत गर्दै भने, ‘सांसद् रेशम चौधरीलगायत जन्मकैद सुनाइएका ११ जनामध्ये ५ जना घटना घट्नुभन्दा पहिला प्रहरीबाट चलाएको गोलीबाट घाइते भएर अस्पताल भर्ना भएका थिए ।'

तर तिनीहरुलाई जन्मकैद सुनाइएकोप्रति भट्टराईले असन्तुष्टि जनाए । उनले विप्लव समूहलाई पनि दमन गरेर समस्या समाधान नहुने बताएका छन् । भट्टराईले विप्लवले हिंसात्मक गतिविधि गरेर राजनीतिक उपलब्धी प्राप्त गर्न नसक्ने बताए । विप्लव समूह र सरकारले आफ्नो नीतिमा पुनर्विचार गरी निरन्तर बहस संवाद गरेर समस्या समाधान गर्नुपर्ने भट्टराईको भनाइ छ । टीकापुर घटनाबारे चिरफार गर्न सांसद रेशम चौधरी पत्नी रञ्जितासहित कैलाली पुगेका भट्टराईले कैलालीको टीकापुर र धनगढीमा खुला अन्तरसंवाद गरी बुधवार काठमाडौं फर्केका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x