बैशाख २९, २०८१
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
हसुलिया – कैलालीको कैलारी गाउँपालिका–४ ‘के गाउँ’ पश्चिम टोलकी श्यामलाली चौधरी गोलाप्रथामार्फत गएको माघ महिनामा भलमन्सा (गाउँ प्रमुख) मा चुनिन् ।
पश्चिम तराईको थारु समुदायमा हरेक वर्ष माघ महिनामा हुुने माघी डेवानी कार्यक्रममा भलमन्सा बन्ने चिठ्ठा उनकै हातमा परेपछि गाउँको जिम्मेवारी उनकै काँधमै थपियो ।
श्यामलालीका पति कामको शिलशिलामा भारत पसेका थिए । चुल्हो चौकोदेखि छोराछोरीको पालनपोषणसम्म घरको पूरै जिम्मेवारी उनकै काँधमा थियो । त्यसमाथि भलमन्सा बन्ने चिठ्ठाले बोझमाथि बोझ थपियो । तर उनले इन्कार गरिनन् । सहर्ष स्वीकार गरिन् ।
‘सदियौंदेखिको नियम पनि पालना गर्नैपर्यो । जे परे पर्ला भनेर भलमन्साको जिम्मेवारी पनि सम्हालें,’ उनले भनिन्, ‘तर समाजमा महिलालाई चुनौती नै चुनौती छ ।’ विकासका कार्यमा गाउँलेलाई परिचालन गर्दा महिलालाई नटेर्ने गरेको उनले अनुभव सुनाइन् ।
भलमन्साको जिम्मेवारी बहन गरेयता उनले समाजमा हुने जन्म, मृत्यु र विवाहब्रतलगायत सामाजिक गतिविधि र सडक, पुल पुलेसो निर्माणको कार्यमा अगुुवाइ गर्दै आएकी छिन् भने सम्बन्धित सरोकारवाला निकायसँग आफ्नो टोलको विकासको लागि बजेट तथा कार्यक्रम माग गर्दै आएकी छिन् । उनी आफ्नो टोलको ३७ घरधुरीको नेतृत्व गर्दै आएकी छिन् ।
हालै वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्षको ध्यानाकर्षण गराउँदै श्यामलालीले भनिन्, ‘अरु टोलका सबै सडक ग्राभेल छन् तर हाम्रो टोलमा किन छैन अध्यक्षज्यू ? वर्षात्मा हिलाम्मे, वैशाखमा धुलाम्मे हुन्छ । ग्राबेलको व्यवस्था होस् ।’
कैलारी गाउँपालिका–४ ‘के गाउँ’ मनेहरा टोलकी सटनी चौधरीले पनि चिठ्ठामार्फत भल्मन्साको जिम्मेवारी पाइन् । गाउँको नेतृत्व गर्नु चानचुने काम नभएको बताउँदै उनले महिला भएकै कारण धेरैले आफूलाई नटेरेपनि हालसम्म सबैलाई मिलाएर लगेको अनुभव सुनाइन् ।
‘समाज अझै पनि महिलाको नेतृत्वमा काम गर्न रुचाउँदैनन् । जसले गर्दा हिनताबोध पनि हुुन्छ । तर पुरुषले गर्न सक्ने महिलाले किन गर्न नसक्ने ? भन्ने सोचले काममा लाग्न अभिप्रेरित गर्छ,’ उनले अगाडि थपिन् ।
आफ्नो टोलको ३५ घरधुरीको नेतृत्व गर्दै आएकी उनले मौका मिले आउँदो दिनमा स्थानीय तहको निर्वाचनमा समेत भाग लिने बताउन थालेकी छिन् । भलमन्सा तथा बरघर प्रथा थारु समुदायमा चल्दै आएको परम्परागत शासन पद्धति नै हो । प्रजातान्त्रिक विधिमार्फत सञ्चालन हुने पद्धतिको नेतृत्वमा पछिल्लो समय महिला मात्रै होइन, थारु बस्तीमा गैरथारु भलमन्सा नेतृत्व गर्दै आएका छन् । जसलाई समाज रुपान्तरणको प्रक्रियाको रुपमा लिनुपर्ने बताइन्छ ।
कैैलारी गाउँपालिका–४ ‘के गाउँ’ घुम्टी टोलका भलमन्सा तीर्थप्रसाद नेपाल भलमन्सामार्फत सामाजिक गतिविधि गर्न निकै सजिलो भएको बताउँछन् । गाउँ टोललाई नमूना बनाउन भलमन्साको सबैभन्दा ठूलो भूमिका रहने गरेको उनको भनाई छ ।
भलमन्सा नेपालले आफ्नो टोलको करीब १ सय घरधुरीको नेतृत्व मात्रै गरेका छैनन्, यतिबेला वडा नम्बर ४ मा रहेका १९ जना भलमन्साको नेतृत्व समेत गर्दै आएको बताउँछन् ।
विकास निर्माणको जिम्मेवारी भलमन्साकै !
यतिबेला ग्रामीण भेगमा विकासका कार्य धमाधम भइरहेका छन् । सडक निर्माण, विद्यालय, स्वास्थ्य चौकीलगायत सार्वजनिक निकायको भौतिक संरचना निर्माण, खानेपानी, विद्युत् विस्तार लगायतका कार्य धमाधम भइरहेका छन् । थारु बाहुलबाहेक क्षेत्रमा कतै टेन्डर तथा कतै उपभोक्ता समितिमार्फत विकासका कार्य भइरहेका छन् । तर थारु बस्तीमा हुने अधिकांश विकास निर्माणका गतिविधि भने भलमन्साकै नेतृत्वमा हुुँदै आएको बताइन्छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकास्थित सबै विकास निर्माणका गतिविधिमा भलमन्साकै भूमिका रहने गरेको बताए । भलमन्साको जिम्मेवारीकै कारण जनश्रमदान गराउनेदेखि लिएर विकास निर्माणमा जनसहभागिता गराउने, योजना छिटोछरिटो ढंगले अगाडि बढाउनमा निकै सहजता हुुँदै आएको अध्यक्ष चौधरीको भनाई छ ।
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...