×

NMB BANK
NIC ASIA

टीकापुर घटना मुद्धाका २३ जना प्रतिवादीद्वारा पुनरावेदन

जेठ २, २०७६

NTC
जिल्ला अदालत कैलालीमार्फत मुद्दाको पुनरावेदन गर्दै प्रतिवादीहरू
Premier Steels

धनगढी- टीकापुर घटना मुद्धा अन्तर्गत थरुहट नेतासहित २३ जनाले मुद्धाको पुनरावेदन गरेका छन् । जिल्ला अदालत कैलालीले फागुन २२ गते गरेको फैसला विरुद्ध उनीहरूले मुद्धाको पुरावेदन गरेका हुन् ।

Muktinath Bank

जिल्ला अदालत कैलालीका निमिक्त श्रेष्तेदार नरबहादुर नेगीले जिल्ला अदालत कैलालीको फैसला चित्त नबुझेपछि १२ जना प्रतिवादीले बिहीवार जिल्ला अदालतमार्फत नै उच्च अदालत दिपायलमा मुद्धा पुरावेदन गराएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार उच्च अदालतमा मुद्धा दर्ता गराउनेमा थरुहट नेता लक्ष्मण थारु, थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरी, विश्राम चौधरी, रामप्रसाद चौधरी, सन्तोष चौधरी, प्रेमबहादुर चौधरी, दिलबहादुर चौधरी, रामकुमार चौधरी, चुनीराम चौधरी, किसनलाल चौधरी, सन्तराम चौधरी र जीतबहादुर चौधरी रहेका छन् ।


Advertisment
Nabil box
Kumari

यी १२ जनालाई जिल्ला अदालतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७ (३) नम्बरबमोजिम ३ वर्ष कैद फैसला सुनाएको थियो । मुद्धाको पुर्पक्षकै क्रममा ३ वर्ष कैद भुक्तान गरिसकेकाले १२ जनालाई रिहाइ गरिएको छ । तर मुद्धाप्रति चित्त नबुझेको तथा बिनाकारण सजाय सुनाएकोले न्यायको लागि मुद्धा पुनरावेदन गरेको थरुहट नेता लक्ष्मण थारुले बताए ।

Vianet communication

यसअघि रेशम चौधरीसहित ११ जनाले जिल्ला अदालतको फैसला विरुद्ध मुद्धाको पुनरावेदन गरेका छन् । रेशम चौधरीको चैत २१ गते र १० जनाको वैशाख १७ गते नै मुद्धा पुनरावेदन भएको छ । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा १३ (३) बमोजिम जन्मकैदको फैसला सुनाइएको भन्दै उनीहरूले कारागारमार्फत नै मुद्धाको पुनरावेदन गरेका थिए ।

वैशाख १७ गते मुद्धा पुनरावेदन गर्नेमा हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, ब्रिजमोहन डंगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम डंगौरा रहेका छन् ।

कारागारभित्र रहेका दोषीले कारागारमार्फत र बाहिर रहेका दोषीले फैसलाप्रति चित्त नबुझेको अवस्थामा फैसला भएकै अदालतबाट मुद्धाको पुनरावेदन गर्ने प्रावधान रहेको छ । प्रतिवादी तर्फबाट मुद्धा हेरिरहेका अधिवक्ता गजेन्द्र केसीले मुद्धा पुरावेदन गर्ने कार्य सकिएको जानकारी गराउँदै असार १० गते उच्च अदालत दिपायलले तारेख तोकेको बताए ।

त्यसपछि जिल्ला अदालतबाटै अनलाइन तारेख हुने र पेसी तोकिने अधिवक्ता केसीले जनाए । थरुहट आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । सो मुद्धा अन्तर्गत जिल्ला अदालतको फैसलाप्रति चित्ता नुबुझेपछि प्रतिवादीहरूले मुद्धाको पुनरावेदन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x