×

NMB BANK
NIC ASIA

दशैंको रौनक

दैनिक २० हजारले जन्मभूमि टेक्दै : सीमामा सहज, बाटैभरि सास्ती

असोज १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – दशैंको उल्लास छाएसँगै कामको शिलशिलामा भारत पसेका नेपालीहरू फर्किने क्रम बढेको छ ।

Muktinath Bank

मुलुकको अन्य सीमा नाकामा जस्तै कैलालीको त्रिनगर भन्सार नाका हुँदै भारत बसेका सुदूरपश्चिमेली फर्किने क्रम निकै बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतबाट फर्किने नेपालीले विगतमा जस्तो चालू वर्षमा सीमा नाकामा सहज वातावरण भएको बताएका छन् । विगतको वर्षमा भारतीय प्रहरीबाट चेकजाँचको नाममा लुटिने समस्या भएपनि यो वर्ष सहज रुपमा फर्किएको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

दशैं मनाउन भनी भारतको जम्मुबाट फर्किएकी कैलालीको गोदावरी नगरपालिकाको मालाखेतीकी मुनादेवी राउत पनि परिवारसँगै घर फर्किएकी छिन् । उनले विगतका वर्षमा चेकजाँचको नाममा भारतीय प्रहरीले धेरै दुःख दिएको स्मरण गरिन् तर चालू वर्षमा सहज रुपमा फर्किन पाएको बताइन् ।

Vianet communication
Laxmi Bank

भारतबाट फर्किने नेपालीलाई लक्षित गर्दै सीमा नाकामा २ देशीय संयुक्त सहायता कक्ष स्थापना गरिएको छ । कैलालीको त्रिनगर भन्सार नाकामा स्थापना गरिएको सहायता कक्षमा नेपालको तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) बस्दै आएको छ ।

सशस्त्र प्रहरीका सई राजेन्द्रबहादुर सिंहले संयुक्त सहायता कक्ष स्थापना गरिएयता हालसम्म सीमानाका समस्या तथा सास्तीबारे घटना सुन्नमा नआएको जानकारी दिए । सहायता कक्षमार्फत आफूहरूको रोहबरमा भारतीय पक्षबाट चेकजाँच हुँदै आएको सई सिंहले बताए ।

उनका अनुसार त्रिनगर नाका हुँदै दैनिक २०/२५ हजार नेपाली घर फर्किंदै आएका छन् । बिहान ५ बजेदेखि राति ८ बजेसम्म आउने क्रम जारी रहने जनाइएको छ । 

एसएसबीको गौरीफन्टा चेकपोस्टका प्रहरी निरीक्षक निरजकुमार सिंहले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फर्किने नेपालीको सामान चेकजाँच गर्दै आएको बताए तर कुनै पनि नेपालीबाट असूली हुन नदिनतर्फ सजग रहेको उनले बताए ।

भारतबाट फर्किने नेपालीलाई विगतको वर्षमा जस्तो सीमा नाकामा समस्या नभएपनि भारतकै विभिन्न स्थानमा सास्ती पाउँदै आएका छन् । २ वर्ष भारत बसेर दशैं मनाउन घर फर्किरहेका डोटी जिल्लाको आदर्श गाउँपालिका–६ का किरणबहादुर बिष्टले सीमा नाकामा समस्या नभएपनि भारतको विभिन्न स्थानमा सास्ती खेप्नुपरेको बताए ।

‘भारतको दिल्लीबाट सोझै धनगढी पुर्‍याइदिने भन्दै बसवालाले भाडा लियो । आफ्नो भिजिटिङ कार्ड पनि दियो तर भारतकै आनन्द बिहारमै छोडियो । पुनः अर्को बस बूक गरेर फर्किंयौं,’ उनले भने । डोटीको आदर्श गाउँपालिका–६ का शेरबहादुर कार्कीले भारतको विभिन्न स्थानमा नेपालीलाई हेरीहेरी चेकजाँच हुने गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय कैलालीले भारतबाट घर फर्किंदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरेको हो । नेपालीलाई घर फर्किंदा सीमामा कुनै पनि समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

कामको शिलशिलामा परिवारजनबाट टाढिएकाहरू धमाधम फर्किन थालेपछि दशैंको उल्लाह बढेको छ । गाउँघर, शहर बजारमा दशैंको रौनकता बढेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x