चैत ८, २०८०
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
भालुको आतंक बढेपछि रसुवामा प्रहरी परिचालन गरिएको छ। भालुले घरघरमा पसेर त्रास फैलाउन थालेपछि जीउज्यानको सुरक्षाका लागि सम्भावित क्षेत्रमा प्रहरी गस्ती परिचालन गरिएको हो।
जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार जङ्गली पार्नाका साथै केही स्थानमा आक्रमणसमेत गरेकाले थप सुरक्षा संयन्त्र परिचालन गरिएको हो ।
नागरिकलाई भयरहित वातावरण सिर्जना गर्न मानिस हिँड्ने पैदलमार्गअन्तर्गत भालु आउने सम्भावित गौंडामा प्रहरी गस्तीसमेत व्यवस्थापन गरिएको बताइएको छ । हिमाली भेकमा चिसोपन बढिसकेकाले न्यानो स्थान खोज्दै जङ्गली भालु बेंसीतर्फ झर्ने समय भएका कारण बिहान बेलुका एक्लैदुक्लै यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।
कुनै समय यात्रा गर्नु पर्दा थप सुरक्षा चाहिएमा जिल्ला प्रहरी कार्यालय रसुवाको शुल्क नलाग्ने फोन १०० वा ०१० ५४०१९९ मा खबर गरी पूर्ण सुरक्षित तवरले यात्रा गर्न गराउन समुदायमाझ आग्रह गरिएको प्रहरी प्रमुख ढकालले बताए।
चालू आर्थिक वर्षको साउनदेखि हालसम्म भालुको आक्रमणबाट पाँच जना घाइते भएको तथा त्यसले बृद्धिम तथा खाम्जिम गाउँका चार घरभित्र प्रवेश गरी खाद्य सामग्री नष्ट बनाइसकेको बताइएको छ ।
भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई, हाकु लुम्वुडाँडाकी एक वृद्धा, धुञ्चे भिमलीका एक पुरूष र पारच्याङमा एक घाइते भइसकेका छन् । हाकुको लुम्बुडाँडामा घरमा पालिएका बाख्रासमेत भालुले आक्रमण गरी मारेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
रसुवा जिल्लाको गोसाइँकुण्ड धार्मिकमार्ग अन्तर्गतदेउराली, खन्तीपाखो, बोकेझुण्डा, ठाडे, भिमल,पानास्युङखोलाआसपास, नागुङ, खोपाङ, भार्खु, ठूलोस्याफ्रु, ब्राबलसमेतका स्थानका जङ्गलमा भालुले बास स्थान लिने क्षेत्र रहेको बताइएको छ ।
यसै गरी बृद्धिम, टिमुरे, खैदी, थुमन, चिलिमे, गतलाङ, हाकु, तिरू, ग्राङ, राम्चे, हाँडीफोरा तथा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रसमेतका स्थानमा भालुको बासस्थान हुने भएकोले सावधानीपूर्वक हिँड्न उपयुक्त हुने ज्येष्ठ नागरिकले सुझाव दिएका छन् ।
यात्राका क्रममा भालुसँंग जम्काभेट भएमा परैबाट उसले बेजोडले थुक्दै आउने र उसको पिरोथुक मानिसका आँखामा परेपछि आक्रमण गर्ने गरेको विगतमा भालुबाट आक्रमित व्यक्तिले अनुभवसमेत सुनाएका छन् ।
यसैगरी लेकमा बस्ने बँदेल पनि अहिले न्यानो स्थान खोज्दै बेंसीतर्फका भूभागमा आउँछन् । भालु र बँदेल दुवै जनावरबाट सावधान रहन जरूरी भएको समेत ज्येष्ठ नागरिकहरू बताउछन्। मानवलाई भालुले टाउका र बँदेलले पेटमा आक्रमण गर्ने गरेको बताइन्छ।
दुईचार जना साथी साथमा हिँड्दा भालु र बँदेल देखिएमा जोडले हाईहाई र हुईहुई गरी कराएमा पछि हट्दै भाग्ने गरेको अनुभव स्थानीयवासीको छ । भालु र बँदेलले जङ्गल आसपासका बारमिा लगाइने अन्नबालीसमेत नोक्सान गर्ने गरेको किसानको गुनासोसमेत बढ्न थालेको पाइएको छ।
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...