कात्तिक २४, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
मंसिर २५, २०७६
सुदूरपश्चिम प्रदेश सरकारले दरबन्दी अनुसारको कर्मचारी नहुँदा कार्यसम्पादनमा असहजता भएको भनिरहँदा कतिपय अड्डामा भने भएका कर्मचारी निकै फुर्सदिला देखिएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको चौथौं तथा बर्खे अधिवेशन समापन भएको ३ महिना बित्नै लाग्दा समेत हिउँदे अधिवेशन आह्वान नहुँदा प्रदेशसभा सचिवालयका कर्मचारी निकै फुर्सदिला भएका हुन् ।
बुधबार रिपोर्टिङको क्रममा लोकान्तरकर्मी सहितका केही सञ्चारकर्मी प्रदेशसभा सचिवालय पुगेका थिए । सञ्चारकर्मीसँगै रहेका प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले क्यान्टिन अगाडि बसेका कर्मचारीतर्फ औला तेर्स्याउँदै भने, ‘उहाँहरूको फोटो खिच्नुस् त ! विना टाइम त्यत्तिकै चिया खाँदैछन् ।’ ती कर्मचारी १ नबज्दै घाम तापेर चिया खाँदै गफिएका थिए ।
गत भदौ १ गते प्रदेश सभाको चौथौ अधिवेशन समापन भएको थियो तर हालसम्म प्रदेश सरकारले हिउँदे अधिवेशन तोक्न नसकेको हो । प्रदेश सचिव धामीले संसदले बिजनेश नपाउँदा बैठक बस्न नसकेको प्रतिक्रिया दिए । पुस १० गतेदेखि हिउँदे अधिवेशन शुरू गर्नेबारे छलफल चलिरहेको सचिव धामीले बताए ।
बैठक चल्न नसक्दा प्रदेशसभा सदस्य औपचारिक कार्यक्रममा व्यस्त देखिएका छन् । गैरसरकारी संस्थाको तालिम, गोष्ठी, सभा, समारोह, मेला, महोत्सव उद्घाटनमा मन्त्री, सांसद व्यस्त देखिएका हुन् ।
बैठक चल्न नसकेको अवस्थामा आजभोलि कार्यक्रममै व्यस्त भएको बताउँदै एक जना प्रदेशसभा सदस्यले भने, ‘बैठक कहिले बस्ने ठेगान छैन । बैठक नबसेपछि जनताले बोलाएको कार्यक्रममा जानैपर्यो नि !’
प्रदेशसभा सचिवालयका अनुसार हालसम्म ३२ वटा विधेयक दर्ता भएका छन् । ती सबै विधेयक पास भएर प्रमाणीकरण समेत भइसकेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...