×

NMB BANK
NIC ASIA

न्यायिक विवाद

न्यायाधीशमाथि आर्थिक लेनदेनको गम्भीर आरोप, बारद्वारा बेन्च बहिष्कार

पुस १६, २०७६

NTC
Premier Steels

न्यायिक विचलन भएको भन्दै महोत्तरी जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलास पुस १६ गते बुधवारबाट कानून व्यवसायीले बहिष्कार गरेका छन् ।

Muktinath Bank

न्यायाधीश अधिकारीको न्यायिक आचरण नभएको भन्दै उनको बेन्च बहिष्कार गर्ने कानून व्यवसायीले निर्णय नै गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस १५ गते नेपाल बार एसोसिएसन महोत्तरीका अध्यक्ष रामशंकर प्रसाद साहको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सम्पूर्ण कानून व्यवसायीले न्यायाधीश अधिकारीको इजलास बहिष्कार गर्ने निर्णय गरेका हुन्  । 


Advertisment
Nabil box
Kumari

‘न्यायाधीश अधिकारीमा कार्यक्षमता, न्यायिक विवेक समेत नपाइएको, आचरण व्यवहार कुशल नरहेको, अदालतको मान मर्यादा कायम राख्न नसकेकाले इजलास पुस १६ गतेबाट बहिष्कार गर्ने निर्णय गरिएको छ,’ बारको निर्णयमा लेखिएको छ, ‘कुनै पनि कानून व्यवसायीले उहाँको इजलासमा बहस, पैरवी लगायत अन्य कार्यहरू नगर्ने गरी उहाँको इजलास बहिष्कार गर्ने सर्वसम्मतबाट निर्णय गरिएको छ ।’

Vianet communication

आवश्यक निकासका लागि महोत्तरी जिल्ला अदालत, नेपाल बार एसोसिएसन जनकपुर, नेपाल बार एसोसिएसन केन्द्र, न्याय परिषद्, सर्वोच्च अदालत लगायतलाई कानून व्यवसायीले आग्रह समेत गरेका छन् । 

झगडियालाई निवासमै बोलाएर आर्थिक सौदाबाजी गर्ने गरेको र आदेश तथा फैसला समेत कानून बमोजिम नभएकाले बेन्च बहिष्कार गर्ने निर्णय गर्न कानून व्यवसायी बाध्य भएको नेपाल बार एसोसिएसन महोत्तरीका पूर्व अध्यक्ष विजय ठाकुर बताउँछन् । ‘गत पुस ११ गते शुक्रवार समकक्षी न्यायाधीशहरूलाई समेत राखेर उहाँले गर्नुभएको १९ वटा मुद्दाको आदेश तथा फैसला हेरायौं,’ ठाकुरले भने, ‘त्यहाँ उनकै समकक्षी न्यायाधीशहरूले पनि ती आदेश तथा फैसला कानून बमोजिम नभएको निष्कर्ष समेत निकालेका थिए ।’ 

महोत्तरीमा ५ जना न्यायाधीश छन् । २ नम्बरका न्यायाधीश केशव बास्तोला विदेश गएका कारण उनीबाहेक १ नम्बरका बिष्णु सुवेदी, ३ नम्बरका अधिकारी आफैं, ४ नम्बरका न्यायाधीश सुमन न्यौपाने र ५ नम्बरका हरि श्रेष्ठ समेत बार बेन्चको बैठकमा उपस्थित रहेका थिए ।

कानून व्यवसायीको जिकिर 

कानून व्यवसायी ठाकुरका अनुसार भन्सार सम्बन्धित विदेशी मुद्रा अपचलन मुद्दामा बिगो बमोजिम धरौटी लिएर रिहा गर्नुपर्ने कानूनी व्यवस्था नै छ तर उनले एउटा मुद्दामा बिगो बमोजिम नलिएर ३ गुणा धरौटी लिएका छन् ।

एउटा ज्यान मार्ने उद्योगको मुद्दामा उच्च अदालत जनकपुरबाट कुटपिट मुद्दामा परिणत गरिएको थियो । खुट्टामा सामान्य चोटपटक लागेको सरकारी अस्पतालको मेडिकल रिपोर्ट समेत रहेको मुद्दामा मूल अभियुक्तलाई सफाइ दिएको तथा फरार रहेका सहायक अभियुक्त पछि हाजिर हुँदा उनलाई २ लाख रुपैयाँ धरौटी लिएर छाडिएको थियो । खुट्टामा सामान्य चोट भन्ने सरकारी अस्पतालको रिपोर्ट हुँदाहुँदै पनि न्यायाधीश अधिकारीले त्यस्तो आदेश गरेका छन् ।

एउटा अर्को चोटपटकको मुद्दामा सरकारी अस्पतालको रिपोर्ट लेसरेसन (खोस्रिएको) अवस्थामा ६ जना अभियुक्तलाई जनही १५ दिन कैद तथा ५ सय रुपैयाँ जरिवाना गरेका छन् । महोत्तरीकै गौशालाको एउटा ज्यान मुद्दामा गरेको आदेश पनि विवादास्पद छ । ‘त्यस मुद्दामा जाहेरी पनि छैन, सरकारी अस्पतालको पोस्टमार्टम रिपोर्टमा पनि विष सेवनबाट मृत्यु भएको भनेको छ । मृत्यु हुने बेला मृतकले अस्पतालमा आफैं विष सेवन गरेको भनेर बयान दिँदा पनि अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएका छन्,’ बारका पूर्व अध्यक्ष ठाकुरले लोकान्तरसँग भने, ‘विभिन्न मुद्दामा उहाँले कानून बमोजिम नगरेर आफूखुशी जथाभावी निर्णय गर्ने गरेका छन् । आर्थिक चलखेल गर्ने, पैसा दिए थुनामा जानुपर्नेलाई पनि सफाइ दिने, पैसा नदिए सफाइ पाउनेलाई पनि कैद तथा जरिवाना गर्ने गरेका छन् ।’

न्यायाधीश अधिकारीले भने बारले गरेको बेन्च बहिष्कारको निर्णयबाट आफू अचम्ममा परेको बताए । ‘भेटेर नै सल्लाह गरौं, त्यसपछि बताउँला,’ न्यायाधीश अधिकारीले भने, ‘कसैलाई पनि कानूनी राज्य चाहिएको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x