असोज १९, २०८०
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
महानगरीय प्रहरी कार्यालय मातहत कार्यालयमा आउने सेवाग्राहीको सहजीकरणको लागि बुधवारदेखि नागरिक सहजकर्ता सेवाको शुरूआत गरिएको छ ।
प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकास्थित मुद्दा चल्ने हरेक प्रहरी कार्यालयमा कार्यालय समयमा नागरिक सहजकर्ताको ‘ब्याच’ लगाई कार्यालयको गेटमा नागरिकलाई सेवादिने गरी बस्ने व्यवस्था शुरू गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।
विभिन्न प्रहरी कार्यालयबाट कार्यमा खटिएका प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिँदै भने, ‘हामी अन्यायमा पर्नेको साथी, सहयोगीका पक्षधर हौं । न्यायको लागि आउने जो कोही नागरिकलाई दिने हाम्रो सेवा सहज, सरल, समान, पारदर्शी, निष्पक्ष र छिटोछरितो हुनुपर्छ ।’
कार्यालयमा आएका सेवाग्राहीले न्यायको लागि मसँग राज्य, सरकार, प्रहरी संगठन छ भन्ने अनुभूति गर्ने गरी बोली वचन र सहयोगी भावना सहितको सेवा दिन निर्देशन दिएका छन् ।
नागरिक सहजकर्ताले सम्बन्धित कर्मचारी र शाखा समक्ष पुर्याउन सहयोग गर्ने पोखरलले बताए । सेवा प्रवाहमा उच्चताका साथ काम गर्न निर्देशन दिँदै कोही कसैबाट कमजोरी भएमा वा सेवा प्राप्तिका लागि आउने नागरिकहरू असन्तुष्ट भएमा सम्बन्धित कर्मचारी जिम्मेवार हुने बताए ।
नागरिक सहजकर्ताको सेवा बुधवारैबाट पहिलो चरणमा ३ वटै महानगरीय प्रहरी परिसर, ट्राफिक महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसर, अपराध महाशाखा र परिसर मातहतका सबै वृत्त र प्रभागमा शुरूआत गरिएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...