×

NMB BANK
NIC ASIA

राष्ट्रियसभामा कांग्रेसले सिट गुमायो, यी हुन् विजयी सदस्यहरू (नामावलीसहित)

माघ ९, २०७६

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभामा सिट गुमाएको छ। 

Muktinath Bank

राष्ट्रिय सभाका १८ सिटका लागि बिहीबार निर्वाचन भएकोमा कांग्रेसले ७ सिट गुमाएको हो। १८ सिटमध्ये नेकपाले १६ र राजपाले २ सिटमा बाजी मारेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी २० फागुनमा  नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ गरी १८ सदस्यको पद रिक्त हुने भएपछि चुनाव भएको हो।


Advertisment
Nabil box
Kumari

प्रदेश २ मा नेकपा र राजपाबीच चुनावी गठबन्धन भएको थियो। प्रदेश २ मा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहका १-१ जना गरी ४ सदस्यका लागि चुनाव भएकाेमा नेकपा र राजपाले २-२ सिट बाँडेका हुन्। बाँकी प्रदेशमा नेकपाले जित हासिल गरेको हो।

Vianet communication

 प्रदेश २ मा नेकपा उम्मेदवारहरू महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानले जीत हात पारेका हुन्। प्रदेश २ बाट राजपाका उम्मेदवार मृगेन्द्रसिंह यादव र  शेखरकुमार सिंह विजयी बनेका छन्।

प्रदेश १ मा महिला, दलित र अन्य समूह गरी ३ सदस्यका चुनाव भएको थियो। यो प्रदेशमा तीनै जना नेकपाका उम्देवारले जितेका छन्।  नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल विजयी भएको निर्वाचन समितिले जनाएको छ।

बागमती प्रदेशमा नेकपामा उम्मेदवार विजयी भएका छन्। महिला सदस्यमा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल विजयी भएका हुन्।

राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन्।

प्रदेश नम्बर ५ मा बिहीवार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवारले बाजी मारेका छन् । नेकपाका तर्फबाट अपांग र अल्पसंख्यक कोटाबाट जगप्रसाद शर्मा, महिलातर्फ नेकपाका तर्फबाट विमला घिमिरे र तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपाल भट्टराई विजयी भएका छन्।

२ सिट रहेको कर्णाली प्रदेशमा पनि नेकपाले जितेको छ। नेकपाका उम्मेदवारद्वय मायाप्रसाद शर्मा र सुमित्रा विसी विजयी भएका छन् ।

सुदूरपश्चिममा महिला र अन्य समूहका दुई सिटका लागि चुनाव भएकोमा नेकपाका उम्मेदवारले जितेका छन्। नेकपाबाट उम्मेदवार खुलातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टले जितेका हुन् । 

प्रदेशगत रूपमा सम्बन्धित प्रदेशको प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट राष्ट्रिय सभा सदस्य चुनिएका हुन्।

अब निर्वाचित भएकाहरुले २१ फागुनबाट जिम्मेवारी सम्हाल्नेछन्। उनीहरुको पदावधि ६ वर्ष हुनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x