×

NMB BANK
NIC ASIA

सभामुखसँग प्रतिपक्षको आग्रह– स्वतन्त्रता प्रतिकूल विधेयक संसद्‍बाट पास गर्न नदिनूस्'

माघ १४, २०७६

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद्मा ल्याएका स्वतन्त्रता प्रतिकूलमा विधेयक पारित गर्नबाट रोक्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । 

Muktinath Bank

नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिने क्रममा मंगलवार संसद् बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा निष्पक्ष भूमिकाको अपेक्षा रहने समेत बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभामुखमा हामीले उम्मेदवार नउठाउनुको कारण सभामुख पद निष्पक्ष र तथष्ठ हुनुपर्छ भनेर हो । संसद् विपक्षको भन्ने मान्यता संसारभर रहेको छ । सदन विपक्षको भन्ने कुरालाई ध्यान दिएर अगाडि बढ्नु जरुरी छ,’ उनले भने, ‘सरकारले केही स्वतन्त्रता प्रतिकूल विधेयक ल्याएको छ, यसमा हाम्रो पहिलैदेखि विरोध छ । विना प्रेस स्वतन्त्रता र मानवअधिकार लोकतन्त्र सफल हँुदैन । जहाँ प्रेसमाथि नियन्त्रण हुन्छ, त्यहाँ लोकतन्त्र चल्न सक्दैन ।’


Advertisment
Nabil box
Kumari

नागरिक अधिकार कुण्ठित गर्ने, टेलिफोन ट्यापिङ गर्ने जस्ता स्वतन्त्रता प्रतिकूल विधेयक सदनले पास गर्न दिन नहुने उनले बताए । 

Vianet communication

‘प्रधानमन्त्रीले यहाँ लोकतन्त्रको कुर गर्नुभयो, खुशी लाग्यो । लोकतन्त्रको खिलापका विधेयक किन ल्याएको ? फिर्ता गर्नुहोस्,’ देउवाले भने ।

देउवाले विपक्षीलाई विश्वासमा लिएर काम गर्न र सदनमा उठेका कुरा गम्भीरताका साथ सम्बोधन गर्न सभामुखको ध्यानाकर्षण गराए । 

‘शान्ति प्रक्रियाका काम सम्पन्न गर्न छ, यस काममा पनि सभामुखबाट सपोर्ट हुने विश्वास लिएका छौं,’ देउवाले भने । 

सभामुख भइसकेपछि कुनै पार्टीको सभामुख होइन, दमननाथ ढुंगानाजस्तै सबैलाई विश्वासमा लिएर अगाडि बढ्न उनले सापकोटालाई सुझाव दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x