×

NIC ASIA

खडेरीले पर्यटकीय राजधानीमा उकुसमुकुश

पोखरामा खानेपानीको हाहाकार: काकाकुल स्थानीय, ट्यांकरलाई भ्याइ नभ्याइ

कास्की | बैशाख २१, २०८१

Prabhu Bank
NTC
Premier Steels

पोखरा–९ नयाँबजारका किसान रानाको घरमा पानी नआएको पाँच दिन भयो । धारामा पानी नआएपछि किसानले पानी ट्यांकर मगाएर काम चलाएका छन् । पानी नभएका कारण दैनिकीमा प्रभाव परेको उनी बताउँछन् ।  

Muktinath Bank

‘पर्यटकीय राजधानी घोषणा भएको र सुन्दर शहर भनेर चिनिने पोखरामै पानीको हाहाकार हुनु दुखद् हो । दैनिकीमा पानी सबैभन्दा धेरै प्रयोग हुन्छ । त्यही पानी नै नभए गाह्रो हुने भयो,’ किसानले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिबेला पोखराका विभिन्न स्थानमा पानीको अभाव देखिएको छ । पोखरा–२ विन्ध्यवासिनी, धारापानी मार्गका स्थानीयले पनि पानीको अभाव झेलिरहेका छन् । पोखरा नदिपुरकी कविता भण्डारीले अन्य समयमा ट्यांकरको पानी प्रयोग गरेकी हुन्थिन् । केही दिनयता पानीको ट्यांकरमा समेत पालो कुर्न परेको उनले बताइन् । 


Advertisment
Nabil box
Kumari

‘अरुबेला धारामा पानी आए पनि पुग्थेन । हामीले ट्यांकरको पानी नै चलाउँछम् । अहिले त ट्यांकरले पनि बिजी भएर छिटो पानी ल्याउन सक्दैन भन्छ,’ कविताले भनिन् । 

Vianet communication

चन्दा आचार्यको दैनिकी आजकल धेरैजसो खानेपानी संस्था वा वडा कार्यालयमै बित्छ । पानीको समस्या समाधान गर्न वडा २ धारापानी मार्गका स्थानीय र चन्दा गुनासो गर्न कार्यालय पुगिरहन्छन् । चन्दाको घरमा पानी नआएको चार महिना बितिसकेको छ । यसबीच कहिलेकसो उनको घरमा पानी आउँछ । फेरि सुकिहाल्छ  । खानेपानी संस्थानका कर्मचारीले खडेरीका कारण पानीको अभाव भएको जानकारी दिन्छन् । त्यसै भनि स्थानीयलाई फर्काउँछन् । चन्दा भने वितरणमा समस्या भएको जिकिर गर्छिन् । 

‘गर्दै छम्, सुख्खा खडेरी छ । यस्तो लामो टाइम खडेरी भयो । फोर्सले नपुगेर हो भन्नुहुन्छ । पोहोर हुने थिएन । अहिले मात्र हो । मेरो घरमा मंसिरबाट हो,’ उनले भनिन्, ‘त्यो धारामा सिस्टम नचलेर हो । आसपास छिमेकीकोमा अल्लोपल्लो गाउँ जान्छ हाम्रोमा सिस्टम नभएर हो । वितरण नै खराब हो भन्छौँ पटकपटक ।’

null

महिना दिनदेखि पानी नआएपछि उनले वितरणमा नै समस्या रहेको देखेकी छिन् । सम्बन्धित निकायलाई पटकपटक गुनासो गरे पनि उनको समस्या समाधान भएको छैन । ‘आज बिहान हाकिम सरकोमा गइयो । हामी आफैँ तातेर यति धाएको छौँ । एकछिन कराइयो हाकिम सा'ब नभएपछि आइयो । वडाध्यक्षलाई कराइयो । यो सिस्टम नभएको हो । पानी नभएको होइन,’ उनले भनिन् । 

खडेरीका कारण पोखरामा  भएको नेपाल खानेपानी संस्थान पोखरा प्रमुख आशिष कार्कीले बताए । पानी नपरेको र मुहान सुकेकाले पोखरामा पानी आपूर्तिमा समस्या भएको उनको भनाइ छ । यसबाहेक केही वितरणका पुरानो पाइप लाइनमा समस्या भएका कारण पनि पानी नपुगेको उनले स्वीकार गरे । चन्दाले पानी वितरणमा समस्या रहेको गुनासो गरिरहँदा कार्कीले पनि यो समस्या रहेको स्वीकार गरेको छन् । 

‘कुनैकुनै लाइन पुरानो र पाइप ठुलो छ । कतै–कतै उहाँहरूले भनेको पनि ठिक हो । कतै एरियामा सानो पाइप छ । अर्को ठाउँमा ठुलो । यसले गर्दा पनि हो,’ कार्कीले भने । 

तर, यतिबेला पोखराले खडेरीको झेलेको भने सत्य हो । खडेरीका कारण मुहानमा पानीको सतह घट्दा पानी पुर्‍याउन कठिनाइ भएको छ । उसै त खानेपानी संस्थानले माग भएको पानी पोखरामा वितरण गर्न सकिरहेको छैन । त्यसमा मुहान सुक्दा थप समस्या झेल्नुपरेको हो । पोखरामा दैनिक ७ करोड लिटर खानेपानी माग छ । संस्थानले ४ करोड ७० लाख हाराहारीमा पानी दिइरहेको छ । चाहिएको माग पुर्‍याउन नसकिरहेको समयमा वर्षा नहुँदा समस्या भोग्नुपरेको प्रमुख कार्कीले बताए । 

‘यो वर्ष अलि लामै खडेरी भइदियो । अलि अलि समस्या नहुने होइन । हुन्थ्यो यस्तो चाहिँ हुन्थेन । ठ्याक्कै भन्न सकिन्न । भोटेखोला मुहान, कालीमुढा मुहान, बालधारा मुहानहरूको आधा पानी घटेको छ अहिले,’ उनले भने । 

यी मुहान पोखराको पानीका लागि सानो स्रोत हो । मुख्य भनेको मद्री खोला योजना हो । यसको पानीको सतह भने घटेको छैन । अझै पानी नपर्ने हो भने सानो मुहानको स्रोत घट्ने उनले सुनाए । ‘विभिन्न ठाउँमा भएको मुहान आधा नै घटेको छ । १०–१५ दिन आकाशबाट पानी परेन भने त्यो पनि पूरै सुक्छ,’ उनले भने ।

खडेरीको समयमा पोखराले भोग्नुपरेको पानीको अभावले दीर्घकालीन समस्या समाधान आवश्यक रहेको देखाउँछ । साद्रीखोलाबाट पाइप ल्याउन सके पानीको समस्या समाधान हुने प्रमुख कार्की सुनाउँछन् । ‘पहिल्यैदेखि माग पनि गरेको हो । वैकल्पिक दीर्घकालीन समस्या समाधानको लागि साद्री खोला छ यो भुजुङभन्दा माथि त्यहाँबाट पानी ल्याउने हाम्रो सोच छ । अबको वर्षमा थोरै बजेट छुट्याउँछ कि भन्ने थोरै आशा गरेको छौँ हामीले,’ उनले भने । 

पोखरामा यसवर्ष पर्नुपर्ने जति पानी परेको छैन । जल तथा मौसम पूर्वानुमान शाखा पोखराले दिएको जानकारी अनुसार प्रि–मनसुन शुरू भएयता पोखरामा जम्मा ८३.८ मिलिमिटर पानी परेको छ । मार्चदेखि आजसम्मको मितिमा पोखरामा जम्मा ८३.८ मीमी वर्षा भएको छ । यो वर्षा अघिल्लो वर्षको तुलनामा १८७.८ मीमीले कम हो । 

सन् २०२३ मा यो समयमा मार्चदेखि आजको मितिसम्म २७१.६ मीमी पानी परेको थियो । त्यस्तै प्रि–मनसुनको अवधिमा ५ सय ८.३ मीमी पानी परेको थियो । २०२२ मा प्रि–मनसुनको समयमा कम वर्षा भएको रेकर्ड थियो, जसलाई २०२४ ले पछाडि पारेको छ । सन् २०२२ मा अप्रिलको समयसम्म ११७.८ मीमी पानी परेको थियो । प्रि–मनसुनको अवधिभर ४०४.३ मीमी वर्षा भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x