×

NMB BANK
NIC ASIA

द्‌याम्बुली त ओढल्याँहा पो गएछ ! (कविता)

फागुन १०, २०७५

NTC
Premier Steels

दिल थापा

Muktinath Bank

मंसिरे रोगी शितको मिठो स्पर्शसंगै 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेकबाट झरेका दयारिहरु


Advertisment
Nabil box
Kumari

दाँइ हाल्न श्रीगणेश गर्छन् । 

Vianet communication

खलाको समिपमा रहेको कुन्नीयोलाई फोडेर ।

जाँडको तरुनी छोक्‍र्रालाई सम्झदै

रक्सीको पेन्सन पत्तालाई सम्झदै

कुहिरो लागेको फाँटतिर बसेर ।

घामले कुहिरोलाई चिर्ने आसमा । 

महर्षि वेदव्यास ऋषिले तपस्या गरेको भूमिको माथितिरबाट मगरको लाडी बग्छ।

सेती र मादीको संगममा 

स्नान गरेको वेदव्यास ऋषिको गिदीलाई स्पर्श गर्नलाई 

च्वाँचेको बोसोको सावुनले 

शरीर चोखो बनाई रहेकी 

मगर्नी यूवतीको सेतो तिघ्रालाई वेवास्ता गर्दै ।

हिन्दुस्थानको समुन्दमा मिसिन l

च्वाँचेको बोसोको सावुनले होला । 

दमौलीघाटको बगरहरु 

डाँडाखुदीबाट तलतिर आँखाहरु चराउदा 

अजिवको चम्किलो देख्छु ।

दमौली फाँटको औलले पाकेको दरै बाजेको चिल्ला छाला जस्तै

दमौलीको बगरबाट उता उता आंखा चराउदा देखिन्छ 

छाब्दी बराहा थान।

बैदीको मगर दाइले 

दमौली आउंदा 

मास्दी घाटमा अर्नी खान्छ। 

च्वाँचेको बोसोको तेलले

 मसाज गरेको बटुक 

अलिकति चोखे फालेर

गोलभेडाको अचारमा चोपेर

 छाब्दी बराहा पूजा गर्न आउंदा ।

उसलाई पर्खदै होला कोइदीमघाटमा 

तरुनी आंखाहरु 

सेती नदीको बगाईसंगै

वर्षौंको चोपिलो सम्झना बोकेर l

माघ फागुनतिरबाट 

मानुहुम र खुदीतिर कौराको श्रीगणेश हुन्छ । 

गाँउका रोदीघरहरुमा

त्यो बेला व्यास ऋषिलाई ध्यानमग्न हुन गाह्रो हुंदो हो। 

मानुहुममा पोलेको च्वाँचेको गन्धले । 

चार वेद आठार पुराण लेख्न मन नलाग्दो हो। 

खुदीमा बज्ने खैजडीको 

सेतीले लिई आउने संगीतहरुले ।

हिजो मेरो बाउ बाजेले चिनेको भूमि । 

आमाको हातहरुले मलिलो बनाएको भूमि ।

पुर्खाहरुको पैतालले डोबिएको भूमि । 

मगरातको गर्भिलो गन्ध आउने भूमि l

द्‌याम्बुली त ओढल्याँहा पो गएछ !  

कौराहाको खाल उठ्न नपाउँदै

रातारात व्यासभूमि पो भएछ !

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x