असोज ३०, २०८०
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
काठमाडौं – शनिवार, नेपाली चलचित्र कलाकारको लागि एक विशेष दिन । चलचित्र कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको निर्वाचन । ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व पाउने दिने ।
शनिवार आर्मी अफिसर्स क्लबमा हुने निर्वाचनबाट संघले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पाउँदैछ । नेतृत्वमा पुग्न अध्यक्ष पदका लागि अभिनेता रविन्द्र खड्का र अभिनेत्री सरिता लामिछाने चुनावी मैदानमा छन् ।
को हुन् रविन्द्र र सरिता ?
अभिनेता रविन्द्र खड्का विगत ४ दशकदेखि कलाकारितामा सक्रिय छन् । उनी कलाकार संघका संस्थापक अध्यक्ष समेत हुन् ।
काभ्रे जिल्लामा जन्मिएका रविन्द्रले २०३३ सालदेखि कलाकारिता यात्रा शुरू गरेको बताउँछन् । ‘रंगमञ्च, टेलिचलचित्र हुँदै चलचित्रमा आएको हुँ,’ रविन्द्रले लोकान्तरसँग भने ।
रविन्द्रले चलचित्र अभिनेताका रुपमा भने २०४३ सालबाट अभिनय यात्रा शुरू गरेका हुन् । ‘माया पिरती’ चलचित्रबाट अभिनेतामा डेब्यू गरेका रविन्द्रले त्यसयता दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।
अभिनेत्री सरिता २ दशकअघि तुलसी घिमिरे निर्देशित टेलिचलचित्र ‘मुक्ति’बाट कलाकारिता क्षेत्रमा होमिएका हुन् । त्यसयता उनले थुप्रै टेलिचलचित्र, आधा दर्जन चलचित्रमा अभिनय गरेकी छन् । उनी टेलिचलचित्रमा विशेष रुचाइएकी कलाकार हुन् । अहिले पनि उनी अभिनित टेलिचलचित्र ‘दृष्टि’ प्रदर्शनमा छ । हाल चलचित्र कलाकार संघको महासचिव रहेकी सरिताको जन्म झापामा भएको हो ।
संघ नै फुट्ने अवस्थामा पुगेको देखेपछि उम्मेद्वारी दिए : रविन्द्र
रविन्द्र खड्का संघ नै फुट्ने अवस्थामा पुगेपछि आफूले उम्मेद्वारी दिएको बताउँछन् । लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘म अध्यक्ष पदमा उठ्ने सोचमा थिइनँ तर संघ नै फुट्ने अवस्थामा पुगेपछि मैले उम्मेद्वारी दिएको हुँ ।’
उनी कलाकार संघमा धेरै असन्तुष्टि र भाड्भैलो भएको बताउँछन् । भन्छन्, ‘असन्तुष्टि र भाडभैलोले संघ नै फुट्ने अवस्थामा पुगेको देखेर त्यसलाई मिलाउन उम्मेद्वारी दिए ।’
रविन्द्रले आफ्नो उम्मेद्वारी किन र केका लागि भन्ने २१ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । जुन प्रतिवद्धतामा कलाकार संघको भवन निर्माण गर्नेदेखि कलाकारको हितका लागि काम गर्नेसम्मका प्रतिवद्धता उल्लेख छन् । उनी आफू लामो समयदेखि कलाकारितामा सक्रिय भएको, परिवारभन्दा चलचित्र क्षेत्रलाई माया गरेको र समय दिएको हुनाले आफूले जित्ने दाबी गर्छन् ।
लोकान्तरसँग उनले भने, ‘४ दशक बढी समयदेखि कलाकारितामा सक्रिय छु । आफ्नो परिवारभन्दा चलचित्रलाई माया गर्दै आएको छु । त्यसैले विश्वस्त छु । साथीहरूले मलाई जिताउनुहुनेछ ।’
उनले कलाकर्मीको वरिष्ठताक्रम निर्धारण गर्ने, संघलाई राजनीति र राजनैतिक विचारबाट अलग राख्ने बताउँछन् ।
चलचित्र कलाकार संघप्रतिको वितृष्णा हटाउँछु : सरिता
संघमा महासचिव भएर काम गर्दा देखेका सम्भावनालाई पूरा गर्न आफूले उम्मेदवारी दिएको अभिनेत्री सरिताले लोकान्तरलाई बताइन् । ‘मैले मेरो जीवनको सुन्दर ३ वर्ष चलचित्र कलाकार संघमा महासचिव भएर बिताए,’ लोकान्तरसँग सरिताले भनिन्, ‘सो क्रममा मैले केही सम्भावनाहरू देखेकी छु । ती सम्भावनालाई पूरा गर्न नै अध्यक्षमा उम्मेदवारी दिएकी हुँ ।’
सरिताले कलाकार संघको भवन निर्माण र कलाकारलाई पेन्सनको व्यवस्था गर्न पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताइन् । ‘कलाकार संघको ३० वर्षको इतिहासमा आफ्नै भवन छैन । मैले संघको भवन निर्माणमा जोड दिनेछु,’ सरिताले अगाडि थपिन्, ‘हामी कलाकारहरूले एउटा उमेरसम्म काम गरिरहेका हुन्छौं तर उमेर घर्केपछि काम गर्न सक्दैनौं र कोही कलाकारहरू बिरामी पर्दा सहयोग उठाएर उपचार गर्नुपर्ने अवस्था छ । त्यसैले जतिसक्दो चाँडो कलाकारलाई पेन्सनको व्यवस्था गर्न जोड दिनेछु ।’
सरिताले आफूले भोलिका दिनमा काम गर्ने वातावरण पाए चलचित्र संघको आफ्नै भवन ठड्याउने बताइन् । सरिताले नयाँ पुराना कलाकारहरू मिलेर चलचित्र क्षेत्रको हितमा अगाडि बढ्नुपर्ने बताइन् । ‘संघ किन र भन्ने खालको वितृष्णा पनि कलाकारमा छ । मैले पछिल्लो पुस्ता र हिजोको पुस्ता बुझेकी छु,’ सरिताले भनिन् ‘पुराना र नयाँ पुस्तालाई मिलाएर कलाकार संघका कमजोरीहरू सच्याउँदै अगाडि लैजानेछु ।’ सरिताले चुनावलाई युद्धको रुपमा भने नलिएको बताइन् ।
को बलियो ?
यी दुवै उम्मेदवार बलिया मानिन्छन् । रविन्द्र कलाकारको समस्यामा लागिपरिरहने अभिनेता हुन् । उनलाई पुराना कलाकारको साथ बढी देखिन्छ ।
यता सरिता पनि कलाकारको समस्यामा लागिरहने अभिनेत्रीमा पर्छिन् । उनलाई विशेषगरी नयाँ कलाकार र महिला कलाकारको साथ देखिन्छ । यसर्थ पनि यी दुईको कडा प्रतिस्पर्धा हुने अग्रज कलाकार आकलन गर्छन् ।
संघको उपाध्यक्ष मनोज केसी, सानुकुमार ताम्राकार, विनोदकुमार भट्टराई र रेजिना उप्रेती भिड्दैछन् । महासचिवमा चेतबहादुर सिंह र सञ्जय खतिवडाको प्रतिस्पर्धा हुनेछ । सचिव पदनमा ३ जनाको उम्मेदवारी परेको छ । कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारी सचिव पदमा प्रतिस्पर्धा गर्नेछन् । कोषाध्यक्ष पदमा कलाकार सुनिल कटुवाल निर्विरोध चयन भएका छन् ।
सहकोषाध्यक्षमा अभिनेत्री पवित्रा आचार्य र बिडी बम्जनको प्रतिस्पर्धा हुनेछ । सदस्य पदका लागि १२ जना कलाकारले उम्मेदवारी दिएका छन् ।
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...