अविरल वर्षाका कारण देशभरमा के–के भयो ?

असार २७, २०७६

काठमाडौं – अविरल वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । 

बाढी पहिरो र चट्याङले गर्दा देशका पाल्पा, काठमाडौं, सुनसरी, महोत्तरी, सिन्धुली, रौतहट, पाँचथर, धनुषा, चितवन, मकवानपुर, सिन्धुली लगायत जिल्लामा क्षति पुर्‍याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

जनकपुरधाम उपमहानगरपालिका–२३ मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको कार्यालय पानीले क्षति पुर्‍याएको छ भने धनुषा हंशपुरमा बाढी पस्दा १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । हंशपुरकै प्रमोद मल्लिकको घरमा बाढी पस्दा १ लाख ३० क्षति भएको छ ।

रौतहटमा बाढी आउँदा पूर्वपश्चिम राजमार्ग बन्द भएको छ भने पाल्पाको प्रभासमा सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मीमा पहिरो खस्दा आवतजावत बन्द भएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–१ बीपी राजमार्गको घ्याम्पेखोलमा बिहान ९ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस