×

NMB BANK
NIC ASIA

प्रवृत्ति परिवर्तन हुन नसक्दा अपेक्षित सफलता भएनः अध्यक्ष दाहाल

भदौ ३०, २०७६

NTC
Premier Steels

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट शासन प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा भौतिक पूर्वाधारका क्षेत्रमा अपेक्षित सफलता हासिल गर्न नसकिएको बताउनुभएको छ । 

Muktinath Bank

    नेपाल निर्माण व्यवसायी सङ्गठनको प्रथम एकता वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘भौतिक पूर्वाधार विकास र नेपाली निर्माण व्यवसायको अवस्था’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले राजनीतिक परिवर्तन पछाडि ऐन, कानून, नीति, नियम र शैली परिवर्तन हुनुपर्नेमा फेरि पनि राजनीतिक नेतृत्वलाई पूरानै ऐन, कानूनको परिबन्धमा पार्ने गतिविधि भइरहेको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    “जनताको त्याग, तपस्या र बलिदानबाट मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन भए, परिवर्तनपछि समग्र राज्य संयन्त्र परिवर्तन हुनुपर्नेमा त्यसो हुन सकेन”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “राजनीतिक परिवर्तनअनुसार संरचना परिवर्तन हुन सकेन, उल्टो त्यसले नेतृत्वलाई नै परिबन्धमा पार्ने गतिविधि भइरहेको छ, पूरानै सोच हाबी भइरहेको छ ।”


Advertisment
Nabil box
Kumari

    ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न गुणस्तरीय भौतिक पूर्वाधार अपरिहार्य रहेको उल्लेख गर्दैै उहाँले परम्परागतरुपमा रहेका कानूनी झमेलाको अन्त्य गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक खरीद ऐनमा आवश्यक सुधार गरिनुपर्छ, यसलाई सरलीकृत नबनाए तथा ठेक्का प्रणालीलाई नबदलेसम्म पूर्वाधार निर्माणका क्षेत्रमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन ।”

Vianet communication

    अध्यक्ष दाहालले नीति, कार्यक्रम तथा बजेटमार्फत विकास निर्माणमा देखिएको समस्या सम्बोधन गरिएको भए पनि अहिले फेरि पुरानै अवस्था पुनरावृत्ति भएकामा चिन्ता व्यक्त गर्दै विकास निर्माणका क्षेत्रमा देखिएको बेथिति र विसङ्गतिको अन्त्य गर्न इमान्दार प्रयासको खाँचो औँल्याउनुभयो । “राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नगर्नेलाई दण्डित नगरेसम्म अपेक्षित सुधार हुन सक्दैन”, उहाँले भन्नुभयो ।

    अध्यक्ष दाहालले सार्वजनिक खरीद ऐन, पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न आफूले छिटोभन्दा छिटो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वर्तमान सरकारले छोटो समयमा जनताको जीवनस्तरमा सुधार ल्याउने गरी राम्रा कामको थालनी गरे पनि प्रचारप्रसार गर्न नसक्दा केही तत्वले जनतामा भ्रम छर्ने काम गरिरहेको उल्लेख गर्दै उहाँले ‘धमिलो पानीमा माछा मार्ने’ उदण्ड प्रवृत्ति रोक्न निर्माण व्यवसायीको ठूलो जिम्मेवारी रहेको बताउनुभयो । 

उहाँले इमान्दारिता, पारदर्शीता, राष्ट्र र जनताको सेवाभावले काम गर्न निर्माण व्यवसायीलाई निर्देशन पनि दिनुभयो । 

    नेकपाका महासचिव विष्णु पौडेलले निर्माण व्यवसायीका समस्यालाई सरकारले आफ्नो समस्यका रुपमा बुझ्ने र समस्याको दीर्घकालीन समाधान खोज्ने बताउनुभयो । “पूर्वाधार निर्माणमा देखिएका व्यवधान हटाएर अगाडि बढ्नुपर्छ, कानूनी उल्झन हटाउनुपर्छ”, उहाँले भन्नुभयो, “सरकार र निर्माण व्यवसायी नदीका दुई किनार होइन, एकै ठाउँमा बसेर छलफल गर्दै समस्या समाधान गरेर अगाडि बढ्नुपर्छ ।”

    सङ्घीय संसद्को विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले जनताको आवश्यकता र भूगोलको आधारमा भन्दा पनि पहुँच र प्रभावका आधारमा आयोजनाको प्राथमिकता तोकिँदा समग्र विकास निर्माण प्रभावित भएको बताउनुभयो । 

    उहाँले विकास निर्माणसम्बन्धी कानूनका केही कमजोरीलाई देखाएर व्यवसायी पन्छिन नहुने बताउनुभयो । “न्यून कबोलका कारण कतिपय आयोजना अलपत्र परेका छन्, ठेकेदारको क्षमता पनि हेरिँदैन”, समितिले पूर्वसम्भाव्यता हेरेर मात्र ठेक्का स्वीकृति गर्न निर्देशन दिएको उल्लेख गर्दै सभापति खड्काले भन्नुभयो, “ठेक्का लिनेलाई पनि हतारो, दिनेलाई पनि हतारो, भोलि काम सम्पन्न हुन्छ कि हुँदैन कुनै अध्ययन छैन” 

    राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले नयाँ परिस्थिति अनुसार निर्माण व्यवसायी चल्नुपर्नेमा जोड दिँदै नयाँ नेपाल निर्माण गर्न निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्वाधार क्षेत्रका जानकार राजेन्द्रप्रसाद अधिकारीले सार्वजनिक खरीद ऐन÷नियमावलीका साथै निर्माणसँग सम्बन्धित कानूनको सरोकारवाला निकाय र सम्बन्धित विज्ञसँग छलफल गरी समसामयिक सुधार गर्नुपर्ने बताउनुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x