राजधानीको पशुपति क्षेत्रमा दुई वटा बम फेला

सन्दर्भ तस्वीर
असोज ३, २०७६

काठमाडौं–राजधानीको पशुपति क्षेत्रमा दुई वटा बम फेला परेको छ।  शुक्रबार साँझ पशुपतिस्थित विश्वरुपा जाने बाटो र गेटबाहिर  बम फेला परेको हो । 

बम फेला परेको खबर पाएसँगै नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पारेको छ । 


ADVERTISEMENT

सो बम सकेट बम भएको पशु्पति क्षेत्र विकास कोषका एक अधिकारीले जानकारी दिए ।

देशभर संविधान दिवस मनाइरहेको बेला बम कसले र किन राख्यो भन्नेबारे खुल्न सकेको छैन । प्रहरीले यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । 
 

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस