×

NMB BANK
NIC ASIA

कोरोनाको इपिसेन्टरबाट फर्किएकाहरूको कथा

एक नेपाली विद्यार्थीको संस्मरण : चीनको इन्सीदेखि वुहान हुँदै खरिपाटी क्वारेन्टाइनसम्म

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरकी रोजिना यादव एमबीबीएस अध्ययनका लागि सन् २०१४ मा चीन गएकी थिइन् ।

Muktinath Bank

चीनको हुबेई प्रान्तस्थित इन्सी शहरको हुबेई मिञ्जु विश्वविद्यालयमा अध्ययनरत उनी आफ्नो अध्ययनको अन्तिम वर्षमा रहेकाले त्यहीँको अस्पतालमा इन्टर्नशीप गर्दै थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही बीचमा चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा कोरोना भाइरसको संक्रमण फैलियो । संक्रमण बढ्दै उक्त प्रान्तका अन्य विभिन्न शहरसम्म पनि पुग्यो ।


Advertisment
Nabil box
Kumari

चीनमा कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका १७५ जना नेपालीलाई नेपाल सरकारले गत साता उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

Vianet communication
Laxmi Bank

नेपाल फर्किएपछि गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस नेगेटिभ देखिएको जानकारी सरकारले औपचारिक रूपमै गराइसकेको छ । यद्यपि १४ दिनसम्ममा उक्त भाइरसको संक्रमण देखिनसक्ने भएकाले उनीहरूलाई क्वारेन्टाइनमा नै राखिएको छ ।

१४ दिनपछि फेरि उनीहरूको घाँटी र खकारको स्वाब परीक्षण गरिने छ । त्यसको रिपोर्ट आउन थप २ दिन लाग्ने बताइएको छ । सबै कुरा सामान्य भएमा क्यारेन्टाइनमा रहेकाहरू १७औं दिनमा घर फर्किन पाउने छन् ।

खरिपाटीस्थित क्वारेन्टाइनमा बसिरहेकीमध्ये एक हुन्, रोजिना यादव । चीनमा त्रासदीपूर्ण जीवन ब्यतित गरेर स्वदेश फर्किएकी रोजिनाले लोकान्तरसँग फोनमा कुरा गरेकी छन् ।

कसरी बिते त्रासदीपूर्ण ती दिनहरू, अहिले कस्तो छ दैनिकी ? जान्नुहोस् उनकै शब्दमाः

जनवरी १० देखि नै चीनको वुहानमा कोरोना भाइरसबारे हल्ला फैलिसकेको थियो । २१ जनवरीदेखि त त्यसको संक्रमण ठूलै स्तरमा फैलियो । २५ जनवरी चीनको नयाँ वर्ष हो । चिनियाँहरूले त्यो दिनलाई सबैभन्दा ठूलो पर्वको रूपमा मनाउने गर्छन् । नयाँ वर्ष भएका कारण धेरै मानिसहरू विभिन्न प्रान्तमा यात्रा गर्छन् । अन्य शहरमा गएका चिनियाँहरू त्यो पर्व मनाउन केही दिन अगाडिदेखि नै आफ्नो घर आउन थाल्छन् । त्यसै कारण उक्त संक्रमण विभिन्न प्रान्तमा फैलिएको हुनसक्ने आशंका गर्न थालियो । 

त्यसो त २२ जनवरीमा वुहान शहरलाई पूर्णरूपमा बन्द गरियो । त्यो शहरमा न त कोही आउन सक्ने भयो न त त्यहाँबाट अन्यत्र जान । सबै मानिसलाई आ–आफ्नै घरमा मात्र बस्न तथा बाहिर कुनैपनि हालतमा ननिस्कन त्यहाँको प्रशासनले निर्देशन दिएको थियो । ५० लाख जनसंख्या वुहान शहरमा बसोबास गर्छन् । र, करीब १० लाख जति मानिसहरू नयाँ वर्ष मनाउनका लागि एक प्रान्तबाट अर्को प्रान्तमा यात्रा गरिसकेको हुन सक्ने त्यहाँको प्रशासनको अनुमान थियो । त्यसैले अत्यन्तै कडाइका साथ शुरूमा वुहान शहर र पछि पूरै पछि हुबेई प्रान्तका शहरहरूलाई बन्द गरियो । आवागमन ठप्प हुनुका साथै कोही पनि घरभन्दा बाहिर आउने/जाने स्थिति थिएन ।

म बसेको शहर पनि २४ जनवरीदेखि पूर्णरूपमा ठप्प भयो । जबकि म बसेको इन्सी शहर भने प्रभावित भएको थिएन । हाम्रो अस्पताल प्रशासनले कडा निर्देशन जारी गर्दै होस्टेलबाट कुनै पनि हालतमा बाहिर ननिस्कन भनेको थियो । धेरै नै इमर्जेन्सी भएको अवस्थामा त्यहाँका प्रशासकसँग अनुमति लिएर १ घण्टाका लागि सुपरमार्केटबाट खाद्यान्नसहित दैनिक उपभोगका सामाग्री किनेर होस्टेलमा फर्किसक्नुपर्ने निर्देशन दिइएको थियो । बाहिर जाँदा मास्क लगाएर जानैपर्ने बताइएको थियो । कोठामा बस्दा पनि मास्क अनिवार्यरूपमा लगाउनै पर्ने निर्देशन दिइएको थियो ।

मैले १ महिनाका लागि रासनसहित विभिन्न सामानहरू किनेर राखिसकेको थिएँ । हाम्रो कलेजमा हिउँदे बिदा भएका कारण धेरैजसो विद्यार्थीहरू पहिलेदेखि नै आ–आफ्नो घर गइसकेका थिए । त्यहाँ विदेशी विद्यार्थीहरू मात्र थियौं । मेरो कलेजमा कुल ५० जना जति विद्यार्थीहरू थियौं । प्रभावित शहर नभएपनि हामीलाई के डर लागिरहेको थियो भने यदि यो संक्रमण ‘पिक’ मा गयो वा ‘एक्स्ट्रिम’ भयो भने त हामी पनि पक्कै प्रभावित हुन्छौं ।

वुहानमा रहेका नेपाली विद्यार्थीहरू भने धेरै नै त्रासमा थिए । त्यहाँको सामाजिक सञ्जाल ‘वी च्याट गु्रप’ मा हामीहरूको कुराकानी हुँदा नेपालीसहित विभिन्न देशबाट आएका विद्यार्थीहरूमा त्रास बढ्दै गएको थाहा हुन्थ्यो । सबै जनालाई आ–आफ्नो देशबाट घर परिवारका सदस्यहरूले समेत जसरी पनि स्वदेश फर्केर आऊ भन्ने सन्देश पठाएका कारण झनझन चिन्ता र छट्पटी बढेको थियो । जब भारतले आफ्नो देशका नागरिकलाई उद्धार गरेर स्वदेश फिर्ता लग्यो, अमेरिका, इन्डोनेसिया लागयतका देशले फिर्ता लगे त्यसपछि त हामी झनै डरायौं । हामी सबैले त्यही ‘वी च्याट गु्रप’मार्फत चीनस्थित नेपाली राजदूतावाससँग सम्पर्क गर्दै जसरी पनि नेपाल फर्काउन आग्रह गरिरह्यौं । 

हामीहरूले प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्री र सरोकारवाला मन्त्रीहरूलाई फोन गर्ने, म्यासेज पठाउने काम पनि गर्‍यौं । हाम्रा अभिभावकहरूले पनि काठमाडौंमा दबाब दिन थाल्नुभयो । एकपटक नेपालको परराष्ट्र मन्त्रालयका सचिवसँग चीनमा रहेका विद्यार्थीहरूको प्रत्यक्ष फोन संवाद भयो । ‘तपाईंहरू चिन्ता नगर्नुस्, नेपाल सरकारले सबै तयारी गरिरहेको छ । नेपाली दूतावासको सम्पर्कमा निरन्तर रहनुस्, छिट्टै तपाईंहरूलाई हामीले स्वदेश ल्याउछौं,’ फोनमा उहाँले यसै भन्नुभएछ । त्यसपछि केही आशा भने जागेको थियो ।

पाकिस्तानले आफ्ना नागरिकलाई नलैजाने भनेर भनिसकेको रहेछ । चीनको वुहानमा लगाइएको पहिलो क्वारेन्टाइनबाट पनि संक्रमण नियन्त्रणमा आएको थिएन । हामी नेपाल फर्किनुभन्दा २ दिनअघि मात्र त्यहाँ दोस्रो क्वारेन्टाइन पनि लगाइएको थियो । यति सबै हुँदा पनि चाँडो उद्धारका लागि आफ्नो सरकारलाई आग्रह गर्नु र प्रतिक्षा गर्नुको विकल्प हामीसँग थिएन । 

अन्ततः नेपालीहरूलाई स्वदेश फर्काउने तयारी पूरा भएको जानकारी हामीले पायौं । हाम्रो सम्पूर्ण अभिलेख तथा विवरण दूतावासमा थियो । दूतावाससँग हामी निरन्तर सम्पर्कमै थियौं । हामीलाई ल्याउन दूतावासले कलेजको अस्पतालमा बस नै पठाएको थियो । मैले पढ्ने कलेजको अस्पतालले हामीलाई सुरक्षाका सबै उपकरणहरू ओभर कोट, आइ ग्लास, मास्क, क्याप लगायतका सामग्रीहरू दिएको थियो, जबकी त्यहाँ अस्पतालमा नै ती सबै उपकरणको अत्यन्तै खाँचो थियो । 

जब नेपाल आउने कुरा भयो तब थप नयाँ चिन्ता कुन कुराले थपिदियो भने त्यो बस प्रभावित रहेको वुहान शहर भएरै जाने कुरा भयो ।  अन्तर्राष्ट्रिय विमानस्थल वुहानमै थियो । अन्य विकल्प पनि थिएन । जाऊँ कि नजाऊँ भन्ने द्विविधामा धेरैजना परे । केही साथी त्यसै डरका कारण आएनन् । प्रभावित शहरको भित्री भागमा नलगेर छेउछाउ हुँदै वीमानस्थल लग्ने कुरा भनियो, अनि हामी तयार भएका थियौं । सुरक्षाका सबै उपकरण लगाएर हामीहरू विमानस्थल प्रस्थानका लागि बसमा चढ्यौं ।

बसमा हाम्रो अस्पतालका डीन हामीलाई ‘सी अफ’ गर्न आएका थिए ।’ डीनले ताली बजाएर हामीलाई बिदाइ गर्दै भनेका थिए, ‘चीन सरकारले कुनै न कुनै उपाय निकाल्छ र सबै समस्या छिट्टै समाधान हुन्छ अनि छिट्टै हामी क्लासमा भेटिन्छौं ।’ त्यो बस अन्य विभिन्न शहरहरूमा रहेका विद्यार्थीहरूलाई पिक गर्दै वुहान विमानस्थलमा पुग्यो । त्यहाँ नेपाल एयरलाइन्सको चार्टर्ड विमान पार्क गरेर तयारी अवस्थामा राखिएको थियो ।

वुहान विमानस्थलमा परीक्षण  

त्यहाँ विमानस्थलमा चालक दलसहितका टीम भने जहाजभित्रै बसेका थिए । कोही पनि जहाजभन्दा बाहिर उत्रिएका थिएनन् । विमान चढ्नुअघि विमानस्थलमा हामी सबै जनाको थर्मल स्क्यानिङ गरिएको थियो । त्यहाँका चिकित्सकले पालैपालो सबै जनाको चेकजाँच गरे । शरीरको तापक्रम सामान्यभन्दा अलिकति पनि बढी भएको खण्डमा स्वदेश फर्किन नपाउने जानकारी हामीलाई थियो ।

तापक्रम सामान्य देखिएपछि हामी विमानस्थलभित्र प्रवेश गर्‍यौं तर विमानमा हामीलाई स्वागत गर्न कुनै पनि एयर होस्टेज थिएनन् । उनीहरू विमानमा भने थिए, तर हामीसामु आएनन् । विमानको हरेक सीटलाई प्लास्टिक कभरले ढाकिएको थियो । सबैको टेबुल अगाडि नास्तापानी राखिएको थियो । हामी सबैको छुट्टाछुट्टै सीट भएपनि आ–आफ्ना शहर तथा कलेजका विद्यार्थीहरू बस्यौं । सबै सीटअगाडि एउटा फर्म भर्नका लागि राखिएको थियो । १ महिना अघिसम्म कहाँ–कहाँ यात्रा गरेको हो, तपाईंको शरीरको तापक्रम कुनै दिन बढेको थियो वा थिएन, यसअघि कुनै औषधि खानुभएको थियो वा थिएन लगायतका विभिन्न प्रश्नहरू सहितको फर्म हामीले भर्नुपरेको थियो ।

जब नेपालका लागि विमान उड्यो तब त्यहाँभित्र रहेका हामी सबैजनाले जोडले चिच्याउँदै ताली बजाएर खुशी जाहेर गर्‍यौं । अन्ततः नेपाल फर्किने भयौं भन्दै हामी सबैले नेपाल सरकारलाई धन्यवाद दिएका थियौं । विमानभित्रै ४ जना नेपालका चिकित्सकहरू पनि थिए । ५ घण्टा जतिको यात्रा पूरा गरेर आइतवार बिहान साढे ३ बजे हाम्रो विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो । विमान ल्याण्ड गरेपछि फेरि हामीले ताली बजाउँदै नेपाल सरकारलाई धन्यवाद दियौं । हाम्रो खुशीको भने ठेगान नै थिएन । ठूलै युद्ध जितेर आएको जस्तो भएको थियो । ज्यान जोगियो भनेर सबैले खुशी व्यक्त गरेका थियौं ।

काठमाडौंमा विमानबाट ओर्लिनुभन्दा पहिले विमान भित्र रहेका ४ जना चिकित्सकले हामीलाई पुनः पालैपालो चेक गरे । ओर्लिएपछि त्यहाँ ५ वटा बस थियो । हामी सबै बसमा बस्यौं । ह्याण्ड क्यारी ब्याग सँगै लिएर बसमा चढेका थियौं । तर, लगेज भने धेरैले लिन पाएनन् । पछि ट्रकमा ती लगेज हामी बसेको क्वारेन्टाइनमा पुर्‍याइएको थियो । पर्यटक बसमा हामीलाई बसाएर ल्याइएको थियो । अगाडि प्रहरीको एउटा गाडी र पछाडि प्रहरीका ४ वटा गाडीसहित स्कर्टिङ गरेर खरिपाटीस्थित क्वारेनटाइनसम्म ल्याइएको थियो ।

चीनमा रहेको नेपाली दूतावासले नै हामी सबैलाई नेपालमा कसरी बस्ने ब्यवस्था मिलाएको छ भन्ने कुरा जानकारी दिएको थियो । यहाँ क्वारेन्टाइनमा ए, बी र सी गरेर कुल ३ वटा ब्लक छुट्याइएको छ । सबै ब्लकमा छुट्टाछुट्टै फ्ल्याट छन् । कुन कोठामा को–को बस्ने भन्ने कुराको नामसहितको सूची पहिलेदेखि नै टाँसिएको थियो । वुहानबाट आएकाहरूलाई बी ब्लकमा राखिएको छ । गल्र्सहरूलाई छुट्टै ए ब्लकमा राखिएको छ । बाँकीलाई सी ब्लकमा राखिएको छ । हामी आउँदा फ्ल्याटभित्र कोही मानिस थिएनन् । आजसम्म न त बाहिरी कुनै मानिसलाई देख्न पाएका छौं ।

प्रत्येक कोठामा सबै जनाका लागि ब्रस, टुथपेस्ट, स्यानिटरी प्याड, काइँयो, ब्ल्यांकेट, हिटर लगायतका सामानहरू राखिएको थियो । बिहान आउनेबित्तिकै हामी सबै फ्रेस भयौं । ब्रेड, अण्डा र चनासहितको खाजा दिइयो । कोठाभित्र बस्दा पनि हामी मास्क लगाएर नै बस्ने गरेका छौं । जबसम्म हाम्रो स्वाबको परीक्षण भएको थिएन तबसम्म हामी सबैजना निकै नै प्यानिक भएका थियौं । सबै डराएका थियौं । तर, स्वाबको नमूना परीक्षणपश्चात राहत महसूस आएको छ । हामी सबैको नमूनामा कोरोना भाइरस नेगेटिभ देखिएको जानकारी प्राप्त भएको छ ।

नेपाली सेनाले क्वारेनटाइनलाई पूर्णरूपमा नियन्त्रणमा राखेको छ । उनीहरूसँग हाम्रो एकदिन पनि भेट हुन सकेको छैन । उनीहरूले माइकिङ गरेर सूचना दिने गर्छन् । खानाखाजा केही दिनु पर्दा उनीहरूले माइकिङ गरेर हामी सबै जनालाई आ–आफ्नो कोठाभित्र जान निर्देशन दिन्छन् । हामी सबै कोठामा गइसकेपछि खाना राख्ने टेन्टमा सबैको खाना राखेर जान्छन्, अनि हामी खाना खाने गर्छौं ।

दिनमा दुईपटक खाजा र दुईपटक खाना दिने गरिएको छ । राम्रो खाना र खाजा हुन्छ । साकाहारीलाई दुईवटा तरकारी, दाल, भात, साग, अचार आदि दिने गरिएको छ भने मांसहारीलाई पालैपालो चिकन तथा मटन समेत दिने गरिएको छ । हामी आफू बसेको कोठालाई आफैं सफा गर्छौं । सफा गर्नका लागि केमिकल समेत उपलब्ध गराइएको छ ।

यहाँ वाइफाइको व्यवस्था त छ तर राम्रोसँग चलेको छैन । खेल्नका लागि ब्याडमिन्टन, लुँडो, क्यारमबोर्ड सहितका सुविधा छन् । न त हामी बाहिर जान सक्छौं, न त कोही भित्र आउन सक्छन्, अत्यन्तै कडाइ गरिएको छ । खुला जेलजस्तै छ अहिलेको हाम्रो जीवन ।

हामीले आफ्नो घरपरिवारका कुनै पनि सदस्यलाई अहिलेसम्म भेट्न पाएका छैनौं । मसँग नेपालको सिम थिएन । काठमाडौंमै बस्ने गरेकी साथी रोशनीलाई फोन गरेर नेपाली सिम र फेस वाश मगाएको छु । उनीसँग पनि भेट हुन भने सकेको छैन । सिम आएपछि जनकपुरमा आफ्ना घर परिवारका सदस्यहरूसँग नियमित कुराकानी गर्न पाएको छु ।

कुराकानी नहुँदासम्म उहाँहरू अत्यन्तै चिन्तित हुनुभएको थियो । अब ठीक छ । कुल १७ दिन बस्नैपर्ने हुन्छ । १४ दिन पूरा भएपछि फेरि स्वास्थ्य परीक्षण हुन्छ । अनि १७औं दिनमा मात्र हामी आ–आफ्नो घर फिर्ता हुन सक्नेछौं । कहिले त्यो दिन आउला भनेर हामी सबै बेचैन भएका छौं । १/१ दिन पहाड जस्तै बनेको छ ।

फर्किनेहरूमध्ये अधिकांश चिकित्साशास्त्रको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू छौं । कतिपय अन्य पेशाका पनि छन् । चीनको अवस्था कहिले सामान्य होला र हाम्रो अधुरो पढाइ पूरा गर्न पाइएला भन्ने चिन्ता छ । करियरको चिन्ता पनि थपिएको छ ।

*२०७६ फागुन १० गते अद्यावधिक गरिएको 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x