×

NMB BANK
NIC ASIA

न्याय खोज्दै गोकुल बाँस्कोटा

मिश्रविरुद्धको मुद्दामा बाँस्कोटाले मुछे प्रचण्डको नाम, ७ पेजको आरोपपत्रमा २ ठाउँमा उल्लेख !

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा न्यायका लागि भन्दै अदालको ढोका ढक्ढक्याउन पुगेका छन् । बाँस्कोटाले अडियो सार्वजनिक गर्ने स्विस कम्पनीका एजेन्ट भनिएका विजयप्रकाश मिश्रविरुद्ध शुक्रवार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका हुन् ।

Muktinath Bank

'प्रतिवादीले विद्युतीय तथा अन्य आमसञ्चारका माध्यमहरूबाट झूटा लाञ्छना लगाई गाली–बेइज्जती गरेको र प्रतिवादीबाट भएको कार्य मुलुकी अपराध संहिताको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीत भएको हुँदा सोही ऐनको २९३(२), दफा ३०५(३) तथा ३०७(१) एवं कानूनका मान्य सिद्धान्त बमोजिम हदैसम्म सजाय गरी सोही उपदफा २ बमोजिमको क्षतिपूर्ति रकम फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ४१ को उपदफा (१) र (२) बमोजिम निर्धारण गरी क्षतिपूर्ति भराई प्रस्तुत मुद्दा दायरीदेखि अन्तिम हुँदासम्मको मुद्दा गर्दा लागेको खर्च समेत विपक्षीबाट दिलाई भराई पाउँ,' बाँस्कोटाका तर्फबाट वारेस राजेन्द्र बोगटीले शुक्रवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'प्रतिवादीबाट सृजित कथित अडियो टेपमा कुनै सत्यता छैन । रकम लेनदेन गर्ने हिसाबले कसैसँग मैले कुरा गरेको छैन । मलाई फसाउने उद्देश्यले रचिएको प्रपञ्च हो भन्ने कुरा यस सम्बन्धमा मैले लिएको निर्णय र कार्यबाट नै स्पष्ट भैसकेको छ,' बाँस्कोटाका तर्फबाट दायर मुद्दामा अगाडि भनिएको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

७ पृष्ठ लामो फिराद पत्रमा बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम २ पटक उल्लेख गरेका छन् । प्रचण्डको नाम उल्लेख भएपनि सुरक्षण मुद्रण विकास समिति गठनयताका अन्य प्रधानमन्त्री र तिनका पालामा अघि बढेका प्रक्रिया र भएका निर्णयहरूबारे भने केही उल्लेख छैन । जबकि यसबीचमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि टेण्डर समेत भइसकेकोमा त्यसलाई रद्द गरी वर्तमान सरकारले जीटूजी (सरकार र सरकारबीच) सम्झौता गर्ने निर्णय गरेको थियो । यसो गरेर लागत बढाइएको आरोप विपक्षीहरूले लगाउँदै आएका छन् ।

पहिलोपटक बाँस्कोटाले फिराद पत्रको बुँदा नम्बर ३ मा प्रचण्डको नाम उल्लेख गरेका छन् । उक्त बुँदामा सुरक्षण मुद्रण विकास समितिको गठन प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को निर्णयको आधारमा भएको उल्लेख छ । तर, बाँस्कोटा जोडिएको प्रकरण भने विकास समिति गठन भइसकेर खरिद प्रक्रिया समेत अघि बढिसकेपछिको हो । 

'म संलग्न भएको मन्त्रिमण्डल गठन हुनुअगावै वि.सं. २०७३ कार्तिकमा तत्कालीन अवस्थामा मौजुदा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण विकास समिति गठन गर्ने निर्णय गरेको रहछे । सोही निर्णयबमोजिम २०७३ कार्तिक ८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ मार्फत सुरक्षण मुद्रण विकास समिति गठन भएको रहेछ । उक्त सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ को दफा ५ बमोजिम सुरक्षण मुद्रणसम्बन्धी सम्पूर्ण कामहरू सुरक्षण मुद्रण केन्द्रबाट सम्पादन गर्नेगरी उल्लेख गरिएको रहेछ,' बाँस्कोटाका तर्फबाट दायर मुद्दाको बुँदा नम्बर ३ मा भनिएको छ ।


दोस्रोपटक प्रचण्डको नाम बाँस्कोटाले बुँदा नम्बर ७ मा उल्लेख गरेका छन्, जसमा प्रचण्ड लगानी बोर्डको अध्यक्ष (बहालवाला प्रधानमन्त्री लगानी बोर्डमा पदेन अध्यक्ष हुन्छन्) रहेको बेलामा पत्र प्राप्त व्यक्तिका रूपमा मिश्रले आफूसँग परिचय गरेको भनेर उल्लेख गरिएको छ ।

मिश्रले आफूसँग भेटेपनि नाजायज प्रस्ताव राखेपछि अस्वीकार गरेको उल्लेख बाँस्कोटाले गरेका छन्, जबकि बाँस्कोटासँग त्यही बेला भएको संवाद भनी सार्वजनिक भिडियोलाई भने उनले 'फेक' भनेका छन् ।

बाँस्कोटाका तर्फबाट दायर मुद्दाको बुँदा नम्बर ७ मा भनिएको छ–

'सुरक्षण मुद्रणसम्बन्धी जानकारी दिने भन्दै प्रतिवादी विजयप्रकाश मिश्रले मलाई भेट गरेका हुन् । उनले मसँग भेट गर्न आउँदा आफू KBA-Notasys 'SA'को नेपाल प्रतिनिधि हुँ भनी परिचय दिएका थिए । तत्कालीन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल सरकार लगानी बोर्डको अध्यक्ष हुनुभएको समयमा मिति २०७३/०९/२४ मा बसेको लगानी बोर्डको पच्चिसौं बैठकबाट निर्णय भई मिति २०७३/१०/०२ मा लगानी बोर्डबाट सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न पत्र प्राप्त भएको व्यक्ति हुँ भनी उनले जानकारी गराएका थिए । उनले भेट गर्ने क्रममा नाजायज प्रस्ताव राखेपछि नेपाल राज्य विरुद्धमा कुनै कार्य गर्नु मेरो इमान, राजनैतिक नैतिकता तथा मन्त्री हुँदा लिएको  शपथ विरुद्धमा हुने भएकाले प्रतिवादी तथा निजले प्रतिनिधित्व गरेको कम्पनीको हितमा कुनै कार्य मन्त्रालयबाट गरिएन र गर्न दिइएन  ।'

मुद्दा दायर भएपछि लोकान्तरसँग कुरा गर्दै बाँस्कोटाले आफू न्यायका लागि अदालत पुगेको बताए ।

'न्यायका लागि अदालत पुगेको छु । मलाई लाञ्छना लगाउनेहरूविरुद्ध मुद्दा दायर गरेको छु,' लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै बाँस्कोटाले भने ।

यस्तो छ, आरोपपत्र : [पूर्णपाठ]

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x